तेब्बर बजेटले पनि कृषि नाराको सार्थकतामा शङ्का
नेपालबहस संवाददाता
साउन ९, २०७७ शुक्रबार २१:४७:३१
◊ राजकुमार पराजुली
९ साउन, काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिकाले चौथो नीति तथा कार्यक्रमसम्म आइपुग्दा कृषि क्षेत्रमा तेब्बर बजेट विनियोजन गर्यो । नगरको कषि क्षेत्र उकास्न ‘पाँचखाल नगर, कृषि शहर’को नारा घन्काउँदै आइएको पनि चार वर्ष लागिसक्यो, चालू वर्ष २०७७र७८ का लागि कृषिमा विनियोजित बजेटबाट नाराले सार्थकता पाउनेमा पनि शङ्का नगर्ने कमै होलान्।
यसअघिका वर्ष नारामा रुमलिएका पाँचखालका कृषक कृषि क्षेत्रमा चालू आर्थिक वर्षका लागि छुट्याइएको बजेटबाट ‘आशा गर्ने’सम्म मात्रै रहेको बताउँछन् । “नयाँ संरचनामा स्थानीय तह शुरुसँगै नारा घन्काइएपछि सोहीअनुसार बजेट विनियोजन हुनुपथ्र्यो, चौथो वर्ष लाग्दा बजेट बढाउनु कृषक लोभ्याउनु मात्रै हो”, वडा नं ६ का रामेश्वर सापकोटाले भने । उनका अनुसार यो वर्षदेखि थपिने बजेट केवल निर्वाचनलक्षित मान्नुपर्न देखियो ।
चालू वर्षमा कृषि क्षेत्रका लागि रु ९० लाख बजेट छुट्याइएको छ । यो विगत वर्षभन्दा तेब्बर हो । आर्थिक वर्ष २०७६र७७ का लागि नगरले कृषिमा रु ३० लाख बजेट विनियोजन गरेको थियो । त्यसअघिका वर्षमा सोही हाराहारीमा बजेट छुट्याइएको थियो । “तेब्बर बजेटले नारालाई सार्थकता दिने विषयमा हामी पनि बेलाबेलामा छलफलमा बस्ने गरेका छौँ”, वडा नं ७ का वडाध्यक्ष पुष्कर ढकालले भने । चालू वर्ष र अर्को नयाँ आर्थिक वर्षमा बजेट बढाउँदा नाराको सूत्रधार मात्रै बन्ने ढकालको तर्क गर्छन्।
ढकालका अनुसार वर्षेनी न्यून बजेटले पाँचखाल नगरको नाराले सार्थकता त पाउँदैन, कृषकको आधारभूत अपेक्षा पनि पूरा गर्न सकिँदैन । नारालाई सार्थकता दिन चालू आवका विनियोजित बजेट पनि न्यून भएको उनी जिकिर गर्छन् । “यही अनुपातमा बजेट विनियोजित भए पाँच वर्षमा करिब रु अढाइ करोड मात्रै हुन्छ, अढाइ करोडले कसरी कृषि सहर बन्छ रु”, उनी नै प्रतिप्रश्न गर्छन् ।
भर्खरै बितेको आवमा नगरको कृषि शाखा निकै व्यस्त रहन्थ्यो । कारण कृषकका माग निकै हुन्थ्यो । सीमित बजेटले कृषकका माग सम्बोधन गर्न हम्मे मात्रै पर्दैनथ्यो, कतिपय अवस्थामा कृषकसँग विवाद भएका उदाहरण पनि निकै छन् । शाखाको तथ्याङ्कले कृषकको माग वर्षेनी बढ्दोदरमा रहेको देखाउँछ । तर नपाको न्यून बजेटले कृषकका माग सम्बोधन गर्न नसकेको शाखा प्रमुख ईश्वर अधिकारीले बताए । उनले भने, “माग धेरै हुन्थ्यो, सीमित बजेटले धान्नै मुस्किल ।” माग भएकामध्ये करिब ३० प्रतिशत कृषकलाई सम्बोधन गर्न सकिएको उनले बताए । उनका अनुसार कृषकलाई आधुनिकता तथा व्यावसायिकतातर्फ लैजाने यान्त्रिकरणलगायत सामग्रीको माग बढ्दो छ ।
त्यसो त नगरको नारा र कृषिमा विनियोजित वार्षिक बजेटको तारतम्य नमिलेको प्रष्टै देखिन्थ्यो । “बजेट कम हुँदा कृषकको माग सम्बोधन गर्न सकिएको थिएन, अबको तेब्बर बजेटले केही राहत मिल्ला कि रु”, अधिकारीले अपेक्षा व्यक्त गरे । उनका अनुसार कृषिअन्तर्गत फलफूलका क्षेत्रमा पर्याप्त बजेट नहुँदा कार्यक्रम प्रभावित बन्दै आएको थियो ।
नगरप्रमुख महेश खरेल वर्तमान कार्यकालमा नगरको नारालाई सार्थकता बनाउने जिकिर गर्छन् । उनी भन्छन्, “पहिलेका वर्षमा बजेट बढाउने प्रयास गर्यो तर सकिएन, हालदेखि बढाएका छौँ, आगामी वर्षको बजेटका लागि पनि अहिल्यैदेखि तयारी गर्दै जानेछौँ ।” उनले कृषि र पशुपालन क्षेत्रमा लगानीकर्ता भित्र्याउने योजना बनाइने बताए । रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारको प्राथमिकताः गोलीगठ्ठा उत्पादनमा स्वदेशमै आत्मनिर्भर
जेठ १, २०८१ मंगलबार
प्रधानमन्त्री छोरी कार्यक्रम सुन्दा हाँसे सांसद
जेठ १, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार