सडक अवरुद्ध हुँदा बागलुङ बजारमा दूधको अभाव
नेपालबहस संवाददाता
साउन ९, २०७७ शनिबार १:६:४२
◊ तारानाथ आचार्य
९ साउन, बागलुङ । पहिरोले बाटो अवरुद्ध हुँदा बागलुङ बजारमा दूधको अभाव भएको छ । सदरमुकामबाट पश्चिम र दक्षिण जोड्ने सडकमा पहिरो झरेर अवरुद्ध भएपछि ढुवानी हुन नसक्दा बागलुङ बजारमा दूधको अभाव भएको हो । तीन दिनयता सडक अवरुद्ध हुँदा दूधको ढुवानी रोकिएको र बजारमा दूधको अभाव भएको बागलुङ दुग्ध उत्पादक सहकारी सङ्घले जनाएको छ ।
मध्यपहाडी लोकमार्गको बागलुङ अक्षेते खण्डमा ठाउँठाउँमा झरेको पहिराका कारण काठेखोला गाउँपालिकाबाट बागलुङ बजारमा बिक्री वितरणका लागि आउने दूध रोकिएको छ । सडकको अन्य विकल्प नभएका कारण काठेखोलाको बिहुँ, भीमापोखरालगायतका ठाउँका किसानले उत्पादन गरेको दूध रोकिएको सङ्घका अध्यक्ष दीपक गौतमले बताए । उनका अनुसार बागलुङका दुग्ध उत्पादक सहकारीले उत्पादन गर्दै आएको दूध बजार पठाउने काम ठप्प भएको छ ।
कालिगण्डकी करिडोरसमेत पहिराकै कारण अवरुद्ध हुँदा जिल्लाको दक्षिण क्षेत्रको दूध ढुवानी रोकिएको छ । दक्षिणका बलेवा, कुश्मीशेरालगायत क्षेत्रका किसानले उत्पादन गरेको दूध ढुवानीमा समस्या भएको कालिगण्डकी दुग्ध उत्पादक सहकारी संस्थाले जनाएको छ । संस्थाका अनुसार सवारी साधनमार्फत ढुवानी गरी सदरमुकाम बागलुङ बजार र पर्वतको सदरमुकाम कुश्मा बजारमा बिक्री हुँदै आएको दूध सडक अवरुद्ध हुँदा किसानकै घरमा रोकिएको छ । दूध उत्पादन गर्दै आएका किसानले भने गाईभैँसीलाई नै दूध खुवाउनु पर्ने अवस्था आएको बताइएको छ ।
पल्लोपाखा, नवनमूना, नारायणस्थान र कालीगण्डकीले एकमुष्ट दूध सङ्कलन गरेर बिक्री गर्दै आएका थिए भने जैमिनीले अलग्गै बजार पठाउने गरेको थियो । चार सहकारीले प्रत्येक दिन उत्पादन गरेको एक हजार लिटर दूध र जैमिनीले उत्पादन गर्ने ५०० लिटर दूध गाउँमै रोकिएको हो ।
बलेवाबाट झोलुङ्गे पुलमार्फत पर्वत सदरमुकाममा केही दूध ढुवानी भएको भए पनि बागलुङ बजारमा दूध आएको छैन । “सहकारी ल्याएको दूध बेचिन्थ्यो तीन दिन भयो दूध आएको छैन”, मिलन डेरीका सञ्चालिका हिरादेवी शर्माले भने, “पोखराबाट दूध ल्याएर बेच्नुपर्ने अवस्था आइसक्यो ।” ढुवानी रोकिएपछि किसानको दूध खेर गएको छ भने बजारका उपभोक्ता दूध पाउनबाट बञ्चित भएका छन् ।
“थोरै दूध हुनेले त मोही बनाएर घ्यू निकालेका छन्”, बागलुङ पशु स्रोत विकास फार्मका अध्यक्षसमेत रहेका गौतमले भने, “फार्मको दूध खोलामा बगाउनुको विकल्पै छैन ।” बागलुङ बजारमा दैनिक तीन हजार ५०० देखि चार हजार लिटरसम्म दूधको खपत हुने गरेको छ । त्योमध्ये झण्डै दुई हजार ५०० लिटर दूध किसानले बनाएका सहकारीमार्फत नै बजारमा वितरण हुने गरेको गौतमले बताए ।
“बाटो खुलाउने अझै छाँटकाँट छैन, पानी परिरहेकाले पहिरो झरेको झरै छ”, उनले भने, “जनतन एक हजार लिटर दूध मात्रै पछिल्लो तीन दिनयता बजारमा बिक्री भएको छ ।” मध्यपहाडी लोकमार्गको बोक्सेमा गएको पहिरो पञ्छाउने काम भइरहेको भए पनि पहिरो झरिरहेकाले थप समस्या भएको प्रहरीले जनाएको छ ।
कालिगण्डकी करिडोरको पहिरो पञ्छाइनसक्दै पहिरो थपिने गरेकाले सवारी आवतजावतमा समस्या छ । बाढी र पहिराका कारण सडक अवरुद्ध भएर दूधको ढुवानीमा समस्या हुँदै सबैभन्दा धेरै मर्कामा व्यावसायिक किसान परेका छन् ।
अभावको मौका छोपेर सदरमुकाममा रहेका केही डेरी पसलले उपलब्ध भएको थोरै दूधलाई समेत दही बनाएर राखेका छन् । दूधकोभन्दा दहीको मूल्य बढी पर्ने भएकाले ठूला डिलरले दही बनाउँदा साना डिपोमा दूधको अभाव भएको डिपो सञ्चालकको आरोप छ ।रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार