कोरोनाका कारण स्थगित हाइकिङ पुनःसञ्चालन
नेपालबहस संवाददाता
साउन ११, २०७७ आइतबार २२:५२:१६
११ साउन, कास्की । हाइकिङका माध्यमबाट पोखरा आसपासका क्षेत्रको पर्यटन प्रवद्र्धनको उद्देश्यका साथ पोखरेली युवाको सक्रियतामा गत वर्षदेखि सञ्चालित हाइकिङ पुनः सञ्चालनमा आएको छ । महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण ‘स्वास्थ्य र पर्यटनका लागि हाइकिङ’ भन्ने मूल नाराका साथ प्रत्येक महिनाको तेस्रो शनिबार गर्दै आइएको हाइकिङ झण्डै चार महिनासम्म स्थगन भएको थियो ।
बन्दाबन्दी खुलेको अवस्थामा सामाजिक दूरी एवं मास्क र सेनिटाइजरको अनिवार्य प्रयोग गर्दै स्थगन हाइकिङ पुनःसञ्चालनमा ल्याइएको हाइकर्स क्लब नेपालका उपाध्यक्ष तथा हाइकिङ व्यवस्थापन संयोजक कृष्ण रानाभाटले जानकारी दिए ।
पुनःसञ्चालित हाइकिङको शृङ्खलाअन्तर्गत साउन महिनामा भने दोस्रो शनिबार हिजो पोेखरा महानगरपालिका– १६ स्थित पर्यटकीयस्थल महेन्द्र गुफादेखि घार्मी गाउँ, ढिकीडाँडा हुँदै हरिपाउसम्म हाइकिङ गरिएको रानाभाटले बताए । हाइकिङका सहभागीलाई हरिपाउमा स्वागत गर्दै घरवास सञ्चालक एकनाथ आचार्यले यहाँबाट देखिने पोखरा बजारसहितका रमणीय दृश्यले पर्यटकलाई लोभ्याउने गरेको बताए ।
यहाँबाट पोखरा बजार नेपालको राष्ट्रिय झण्डाको आकारमा देखिने बताउँदै उनले एक हजार ४९० मिटरको उचाइ रहेको यो ठाउँसँगै यहाँका मैदान पोखरी, कालिका देउराली मन्दिरलगायतका प्राकृतिक एवं सांस्कृतिकस्थललाई पर्यटनसँग जोड्न लागिएको उल्लेख गरे । यहाँबाट देखिने माछापुच्छ्रे, अन्नपूर्णलगायतका हिमाली दृश्यसहितका प्रकृतिसहित विद्यमान संस्कृतिलाई पर्यटन बजारमा लैजानुपर्ने आवश्यकता उनले औँल्याए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा
जेठ ५, २०८१ शनिबार
चनौटेडाँडा गर्मी छल्ने उपयुक्त गन्तव्य बन्दै
जेठ ५, २०८१ शनिबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा थापा निर्वाचित
जेठ ६, २०८१ आइतबार
इरानमा दुई महिलासहित सात जनालाई फाँसी
जेठ ६, २०८१ आइतबार
किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह
जेठ ६, २०८१ आइतबार
बुटवलमा एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुईजना घाइते
जेठ ६, २०८१ आइतबार