पर्यटन विकासमा प्रदेश सरकारले ध्यान दिएको छ : मन्त्री लम्साल
नेपालबहस संवाददाता
साउन १२, २०७७ सोमबार १५:२८:५३
१२ साउन, पोखरा । गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले ग्रामीण क्षेत्रमा लुकेका पर्यटनलाई विश्व बजारमा पु¥याउन सक्नुपर्ने बताएका छन । महेन्द्र गुफा परिसरमा महेन्द्र गुफा पूर्वाधार निर्माण समितिले आइतबार आयोजना गरेको वृक्षरोपण कार्यक्रमका उनले पर्यटनको विविधताको पहिचान र प्रवद्र्धन गर्दै विश्व बजारसँग प्रतिस्पर्धा गर्न खालको पर्यटनको खाँचो औँल्याए ।
“पर्यटन विकासमा प्रदेश सरकार केन्द्रित भएको छ” उनले भने, “कोरोनाका कारण प्रभावित पर्यटन व्यवसायलाई माथि उकास्न सरकारले विशेष योजना तय गरेको छ, अब छिट्टै पर्यटन व्यवसाय माथि उकासिन्छ ।”
कार्यक्रममा प्रदेशसभा सदस्य कृृष्ण थापाले सबैको सामूहिक प्रयासबाट मात्र विकासको गतिविधि अगाडि बढ्ने बताए । उनले विकासमा राजनीति गर्नु गलत भएको धारणा राखे । अर्का प्रदेशसभा सदस्य विन्दुकुमार थापाले कोरोनाले प्रभावित पर्यटन क्षेत्रलाई माथि उकास्न सरकारले राहत प्याकेज ल्याउनुपर्नेमा जोड दिए । प्रदेश सांसद प्रभा कोइरालाले प्रदेशका पर्यटकीय गन्तव्यको पहिचान गरी प्रवद्र्धनमा जोड दिनुपर्ने सुझाव राखे ।
वातावरण संरक्षण गर्ने उद्देश्यले आयोजना गरिएको वृक्षरोपण कार्यक्रममा पारीजात, कल्की, कपुर, गोदाबरी, धुपीलगायतका विभिन्न प्रजातीका १५० वटा विरुवा रोपिएको समितिका अध्यक्ष गुरुदत्त भट्टराईले जानकारी दिए।
महेन्द्र गुफाभित्र हालै प्रदेश सरकारको सहयोगमा ४८ लाखको लागतमा बाल उद्यान उद्यान समेत निर्माण भएको छ । महेन्द्र गुफा र चमेरे गुफा कोरोनाका कारण गतचैतको पहिलो सातादेखि बन्द रहेको छ । चार महिनामा रु एक करोड ७४ लाख आम्दानी गुमाएको गुफा सचिवालयले जनाएको छ ।
अनशनमा ऐक्यबद्धता
गण्डकी पोखरा विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रार नियुक्तिको माग गर्दै नेपाल विद्यार्थी सङ्घले चार दिनदेखि गरिरहेको अनशनमा नेपाली काँग्रेस कास्कीले ऐक्यबद्धता जनाएको छ । विश्वविद्यालयमा करिब १० महिनादेखि ती दुईपदमा नियुक्ति नहुँदा विद्यार्थीको भविष्य अन्योलमा परेको जनाउँदै सङ्घले अनशन जारी राखेको छ ।
कांग्रेस कास्कीका सभापति कृष्ण केसीले आइतबार अनशनरत विद्यार्थी राजीव भण्डारी, फिरोज सुवेदी र दीपेन्द्र गौतमलाई भेटी जायज मागसहित गरिएको अनशनप्रति पार्टीको ऐक्यबद्धता व्यक्त गरे ।
विद्यार्थीको भविष्यमाथि खेलबाड नगर्न आग्रह गर्दै उनले विद्यार्थीको जायज मागप्रति बेवास्ता गरे अवस्था गम्भीर आउन सक्ने चेतावनी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार