आत्महत्या गर्न लागेकालाई प्रहरीले जोगायो, फेसबुकले दियो जानकारी !
नेपालबहस संवाददाता
साउन १३, २०७७ मंगलबार १५:५२:४४
१३ साउन, काठमाडौं । जीन्दगीदेखि विरक्तिएर आत्महत्या गर्छु भन्दै फेसबुकमा लेख्ने सुनिल अग्रवाललाई प्रहरीले उद्धार गरेको छ । महानगरीय प्रहरी वृत्त, महाराजगञ्ज र प्रहरी प्रभाग, बसपार्कको टोलीले झापाको अनारमनी–४ घर भएका अग्रवाललाई सोमबार उद्धार गरेको हो ।
सोमबार बिहान साढे ११ बजे उनले फेसबुकमा आत्महत्या गर्ने पोष्ट हालेका थिए । यतिसम्म कि उनले आफ्नो मृत्युको खबर घरमा नपठाउन पनि भनेका थिए । तर समयमै प्रहरीसम्म पुग्दा उनलाई आत्महत्या गर्नबाट जोगाइएको छ ।
फेसबुक पोष्टबारे जानकारी पाउनेवित्तिकै प्रहरीले उनलाई खोजी गर्दा गोंगबु बसपार्कको पश्चिम लुम्बिनी गेस्ट हाउसको ३०१ नम्बर कोठामा भेट्टाएको थियो । लगत्तै उनलाई उद्दार गरेर काउन्सिलिङ गर्दा उनी डिप्रेसनको शिकार भएको प्रहरीले जनाएको छ ।
घर परिवारसँग राम्रो सम्बन्ध नरहेका कारण उनी आत्महत्या गर्ने निष्कर्षमा पुगेका थिए । प्रहरीले उद्धार गरेर परामर्शका साथ परिवारको जिम्मा लगाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम प्रहरी चलाउने पक्षमा छैन, आईजी फेरिन्नः प्रधानमन्त्री
असार ३, २०८१ सोमबार
५१ प्रहरी कर्मचारीहरुलाई ट्राफिक प्रशासन तालिम प्रदान
असार २, २०८१ आइतबार
प्रहरी कर्मचारीका लागि आध्यात्मिक चिन्तन महत्वपूर्ण छ: प्रहरी महानिरीक्षक कुँवर
असार १, २०८१ शनिबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
नक्कली लाइसेन्स प्रकरणमा यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ५ जना पक्राउ
असार २, २०८१ आइतबार
जारी टी-२० विश्वकपको सुपर आठको समीकरण पुरा
असार ३, २०८१ सोमबार
पार्टीमा वैचारिक मतभेद छैनः अध्यक्ष नेपाल
असार ३, २०८१ सोमबार
विश्व बैंकको अनुदानमा बागलुङका तीन सडक कालोपत्र हुँदै
असार ३, २०८१ सोमबार
विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक ट्रोटसनबर्ग र अर्थमन्त्री पुनबीच भेटवार्ता
असार ३, २०८१ सोमबार
करेण्ट चाउचाउमा किरा भेटिएको समाचार कपोलकल्पित फण्डा मात्रः यशोदा फुड्स
असार ३, २०८१ सोमबार
राष्ट्रपति पौडेललाई बर्लिनमा गार्ड अफ अनर
असार ३, २०८१ सोमबार
बाँके र बर्दियामा उखरमाउलो गर्मी, जनजीवन प्रभावित
असार ३, २०८१ सोमबार