यस वर्ष अदुवाको भाउ स्थिर, किसान हर्षित
नेपालबहस संवाददाता
साउन १३, २०७७ मंगलबार १७:४२:५९
१३ साउन, इलाम । वर्षेनी घटबढ भइरहने अदुवाको भाउ यस वर्ष गत वर्षकै तुलनामा आएपछि किसान हर्षित भएका छन् । एउटै अनुपातमा भाउ आएपछि किसान आशावादी भएका हुन् ।
धेरै किसानले अदुवाबाट अपेक्षाकृत आम्दानी लिन सकेका थिएनन् । तर गत वर्ष र यस वर्ष भने उस्तै मूल्य आएपछि किसान अदुवा बेच्न इच्छुक रहेका छन् । वर्षेनी मूल्यमा उतारचढाव भइरहन्छ । गत वर्षदेखि एकै किसिमको भाऊ आउँदा यस वर्ष अदुवाबाट सोचेजस्तै आम्दानी लिने इलाम बरबोटेका किसान चन्द्र घिमिरे जानकारी दिए ।
सबै त खनिसकेको छैन, तर बीउ अदुवा हो यति नै त भन्न सकिन्न”, उनले भने, “तर जति फले पनि अदुवाको मूल्य राम्रै पाउने अपेक्षा छ ।” उनले यस वर्ष मात्रै झण्डै २० मन ‘एक मनमा ४० किलो’ रोपेका छन । भाउ आए पनि अहिले किसानले बजारमा अदुवा ल्याउन भने सकेका छैनन् । ग्रामीण भेगका सडक भत्किएका र हिलाम्मे बन्दा सवारी सञ्चालन नभएपछि किसानले अदुवा बजारसम्म ल्याउन नसकेको इलाम बिब्ल्याँट्टेका व्यवसायी कृष्ण पौडेलले बताए । सडक अवरोधका कारण अदुवा बजार ल्याउन नसक्दा लामो समयसम्म पनि भाउ उही दरमा रहेको उनले जानकारी दिए ।
“गत वर्षसम्म यस मौसममा ठूलो परिमाणमा अदुवा आइसक्थ्यो तर यसपटक आउन सकेकै छैन”, उनले भने, “धेरै किसानले अस्ती बिक्री नभएपछि रोपे । अनि नयाँ अदुवा अभाव हुँदा अहिले बीउ अदुवाको भाउ राम्रो आयो ।” उनका अनुसार अहिले पनि किसानको भकारीमा ठूलै परिमाणमा अदुवा भए पनि बजार निकाल्न सकस परेको छ । अदुवा बजार निकाल्न नसक्दा किसानको भकारीमै कुहिने डर भएको पौडेलको भनाइ छ ।
किन घटबढ भएन त भाउ ?
भारतीय बजारमा अदुवा नआएको र बन्दाबन्दीमा किसानले अदुवाखेती गरेकाले भाउ नबढेको व्यवसायीको अनुमान छ । सब्जीमा दैनिक खपत हुने भएकाले अत्यावश्यक वस्तुमा पर्नाले पनि अदुवाको भाउ नघटेको व्यवसायी पौडेलको भनाइ छ ।
सानो अदुवाको भाउ उचित आए पनि ठूलो ‘विकासे’ अदुवाको भने उचित भाउ नआएको किसानको गुनासो छ । सानो अदुवाजस्तो फाइदाकारी नहुने, अदुवा कम बिक्नाका कारण भाउ नआएको र कम दाममै अदुवा बेच्न बाध्य भएको अदुवा किसान सरोज पोखरेलको भनाइ छ ।
आफ्नो बारीमा विकासे अदुवा फस्टाएर फल्नाले विकासे अदुवा रोपे पनि अहिले भाउ नआउँदा मनको रु एक हजार ८०० मै बिक्री गर्न बाध्य भएको उनको भनाइ छ । करिब २० मन अदुवाखेती गरेका उनले राम्रै आम्दानी भए पनि अपेक्षाकृत भाउ नपाएको दुखेसो गरे । व्यवसायीले विकासे अदुवा सानो अदुवाको तुलनामा बढी फल्नाले श्रमअनुसार भाउ औषत रहेको बताएका छन् । कम लागतमै ठूलो परिमाणमा उत्पादन हुने भएकाले विकासे अदुवाको भाउ सन्तोषजनक रहेको व्यवसायीको भनाइ छ ।
नेपालमा उत्पादन हुने अदुवा विदेश निर्यात हुने गर्छ । विदेश निर्यात हुने क्रममा वर्षेनी भारतीय सीमामा विभिन्न बहानामा अवरोध हुनाले अदुवा निर्यातमा समेत समस्या पर्ने गरेको छ । यस वर्ष पनि समस्या दोहोरिन पुग्यो । लामो समय बन्दाबन्दीका कारण निकासी ठप्प भएको अदुवा केही महिनाअघि पनि भारतीय अवरोध खेप्नुप¥यो । बन्दाबन्दी खुले पनि भन्सारबाट कृषिजन्य वस्तु निर्यात हुन नसक्दा व्यवसायीले अनेक दुःख खेप्नुप¥यो । बन्दाबन्दी खुलेपछि कृषिजन्य वस्तु बोकेर झापाको मेची भन्सार पुगेका ट्रक भारत प्रवेश गर्न नसकेपछि मेची नदीको पुलमा लामो समय अड्केका थिए ।
नेपाल–भारतको छलफलपछि अवरोध खुलेपछि कृषिजन्य पदार्थ पुनः भारत प्रवेश गरेका थिए । निकासी किन रोकिएको थियो भन्ने आधार भने फेला पार्न सकिएन । बिना आधारै नाकामा सामग्री रोकिँदा पटक–पटक व्यवसायीले करोडौँ घाटासमेत व्यहोर्नुपरेको छ । नेपालतर्फबाट जाने कच्चा पदार्थ नाकामा रोकिँदा बिग्रिने हुँदा राम्रो बजार नपाउने गरेको व्यवसायीको भनाइ छ । इलामसहित पाँचथर, ताप्लेजुङ तेह्रथुमलगायत पूर्वी पहाडका जिल्लामा व्यावसायिकरूपमा अदुवाखेती गरिँदै आएको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार