प्रभु क्यापिटल लिमिटेडले ल्यायाे ३ वर्षे निःशुल्क डिम्याट खाता योजना
नेपालबहस संवाददाता
साउन १४, २०७७ बुधबार २१:३४:२८
१४ साउन, काठमाडौं । पूँजी बजारमा मर्चेन्ट बैंकरको रुपमा कार्यरत प्रभु क्यापिटल लिमिटेडले श्रावण महिनाभरी डिम्याट खाता खोल्ने ग्राहकहरुको लागि ३ वर्षे निःशुल्क डिम्याट खाता योजना सञ्चालन गरेको छ । “प्रभु क्यापिटलसँग जोडौं नाता, पाउँ ३ वर्षसम्म निःशुल्क डिम्याट खाता” भन्ने नाराका साथ सञ्चालित यस योजना अन्तर्गतको निःशुल्क डिम्याट खाता सुविधा प्रभु क्यापिटल लिमिटेडको कार्यालय, कमलादी तथा प्रभु बैंक लिमिटेडको नेपाल भरी रहेका २१० वटै शाखाबाट लिन सकिने व्यवस्था मिलाइएको छ ।
लगानीकर्तालाई खाता खोल्ने प्रक्रियालाई छिटो, छरितो र कम झण्झटिलो बनाउने अभिप्रायले यस क्यापिटलले अनलाइनबाटै डिम्याट तथा मेरो शेयर खाता खोल्न सकिने सुविधा समेत सञ्चालन गरेको छ ।
https://dematapply.prabhucapital.com डोमेनबाट अनलाइन फारम खोली ग्राहकहरुले आवश्यक सबै विवरणहरु राखेर फारम सबमिट (submit) गरेपछि पाउने रिफरेन्स कोड (Reference Code) राखेर नजिकैको प्रभु बैंकको शाखा वा प्रभु क्यापिटलको कार्यालय कमलादीमा आफ्नो सक्कली नागरिकताका साथ आफैं उपस्थित भई खाता भेरिफाई गर्नुपर्नेछ । यसरी अनलाइनबाट बुझाएको डिम्याट खाताको आवेदन भेरिफाइ भएको २ घण्टा भित्रै ग्राहकले डिम्याट नं. पाइसक्ने व्यवस्था क्यापिटलले मिलाएको छ ।
यसका साथै क्यापिटलले ग्राहकहरुलाई डिम्याट खाताका सम्बन्धमा रहेका जिज्ञासा तथा समस्याहरुको सहजीकरण तथा निराकरण गर्ने अभिप्रायले भाइबर तथा फेसबुक पेज मार्फत ग्राहकहरुलाई परेका विभिन्न समस्याहरु जस्तै डिम्याट खाता सम्बन्धी जानकारी, नविकरण सम्बन्धी जानकारी, पासवर्ड रिसेट सम्बन्धी जानकारी तथा खाता ब्लक अनब्लक सम्बन्धी जानकारी तथा आवश्यक सेवाहरु प्रदान गर्ने व्यवस्था मिलाएको हुँदा प्रभु क्यापिटलमा डिम्याट खाता खोल्ने ग्राहकले आगामी दिनमा एकदमै छिटो सेवा लिन पाउने व्यवस्था मिलाएको प्रबन्धक कृष्ण गिरीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुमारी बैंकका ग्राहकलाई फिट लाईफ क्लबबाट प्रदान गरिने सेवाहरुमा १५% छुट
जेठ २, २०८१ बुधबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ३, २०८१ बिहिबार
भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने
जेठ ३, २०८१ बिहिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’
जेठ ३, २०८१ बिहिबार
अब संसदीय छानबिन समिति नबनेसम्म सदन अघि बढ्दैन : कांग्रेस
जेठ ३, २०८१ बिहिबार
बलात्कारको जाहेरी परेपछि एमाले नेता विदुर शर्मा फरार
जेठ ३, २०८१ बिहिबार
सुनसरीमा प्रहरीले लागूऔषध कारोबारीलाई गोली हानेर नियन्त्रणमा लियो
जेठ ३, २०८१ बिहिबार