६ सय प्रतिशतले बढ्यो तरकारीको मूल्य !
नेपालबहस संवाददाता
साउन १५, २०७७ बिहिबार १९:५७:३२
१५ साउन, काठमाडौं । लकडाउनपछि काठमाडौंमा तरकारीको मुल्य ह्वात्तै बढेको छ । आलु, गोलभेडा, काउली, भण्टादेखि धनियाँ लगायतको मूल्य हुवात्तै बढेको हो । केही तरकारीको मूल्य त ६ सय प्रतिशतसम्म बढेको हो । कालीमाटी तरकारी बजारले तोक्ने थोक मूल्य र उपभोक्ताले खरिद गर्ने हरेक तरकारीको मूल्यमा धेरै अन्तर छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारीको मूल्य तोक्ने गर्छ । असार १ देखि साउन १५ सम्म विभिन्न ४१ तरकारीको मूल्य तोकिएको छ । यसबीचमा लगभग सबै तरकारीको मूल्य आकाशिएको छ । भान्सामा अति आवश्यक आलुको मूल्य थोकमै ७० देखि १०९ प्रतिशतसम्म मूल्य बढेको छ ।
असारमा ३३ रुपैयाँ किलोमा थोक बिक्री भएको रातो आलुको भाउ साउन १४ मा प्रतिकिलो ६९ रुपैयाँ पुगेको छ । यस्तै मुडेको आलु सोही सामयमा ३४ रुपैयाँ किलोमा पाइने मुडेको आलु प्रतिकिलो ५८ रुपैयाँसम्म पुगेको छ ।
यस्तै हरियो धनियाँको मूल्य सबै भन्दा धेरै ६८४ प्रतिशतले बढेको छ । असार एकमा प्रतिकिलो ६५ रुपैयाँ रहेको हरियो धनीयाको भाउ साउन १४ मा पाँच सय १० रुपैयाँ पुगेको छ । अकबरे खुर्सानी, भारतीय प्याज, गाँजर, बन्दा, काउली, मुलालगायतको मूल्य थोक बजारमै बढेको छ ।
अधिकांश तरकारीको मूल्य बढे पनि यस अवधिमा कुरिलो, न्यूरो, चुकुन्दर, पुदिना, तामा, इमली, तोफु, गुन्द्रुकलगायतको तरकारीको मूल्य भने थोक बजारमा स्थिर छ । असार १ मा २५५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको कुरिलोको भाउ साउन दोस्रो सातासम्म पनि उस्तै छ ।
यस अवधिमा निगुरो प्रतिकिलो १०५ रुपैयाँ, चुकुन्दर ५५, इमली १३५ र तामा ११५ रुपैयाँ मूल्य रहेकोमा खुद्रामा पनि खासै भाऊ नबढेको कालीमाटी तरकारी बजार विकास समितिले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार