लकडाउनका कारण अहिलेसम्म कृषकले पाएनन् युरियामल
नेपालबहस संवाददाता
साउन १८, २०७७ आइतबार १६:१९:५५
१८ साउन,चितवन । चितवनमा युरियामलको चरम अभाव भएको छ । साउन महिनाको आधा समय सकिँदासमेत धानका लागि कृषकले मल पाउन सकेका छैनन् । घण्टौँसम्म लाइन बस्दा डिएपी र पोटास मलपाए पनि युरिया मल पाउन नसकेको उनीहरुले गुनासो गरेका छन् ।
माडी नगरपालिका–७ का कृषक चन्द्रप्रसाद काफ्लेले भरतपुरमा सबैतिर चहार्दा युरियामल पाउन नसकेको गुनासो गरे । युरियामल जिल्लाका कुनै पनि स्थानमा पु¥याउन नसकिएको कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय भरतपुरका प्रमुख रवीन्द्र गौतमले जानकारी दिए । उनका अनुसार धानखेतीका लागि मात्र जिल्लामा युरिया, पोटास र डिएपी गरी १५ हजार मेट्रिक टन मल माग भएको छ । तर अहिले साल्ट टे«डिङ र आफूहरुसँग युरियामल नभएको उनले बताए ।
उनका अनुसार जिल्लामा युरियामल मात्र तत्काल तीन हजार मेट्रिक टन आवश्यक छ । लकडाउनका कारण आपूर्ति असहज हुँदा पर्याप्त मात्रामा मल उपलव्ध गराउन नसकिएकोे कम्पनीले जनाएको छ । कम्पनीले गत वर्ष १० हजार मेट्रिक टन युरिया, पाँच हजार मेट्रिक टन डिएपी र एक हजार ५०० मेट्रिक टन पोटास बिक्री गरेको थियो ।
साल्ट ट्रेडिङले तीन हजार मेट्रिक टन युरियामल बिक्री गरेको थियो । अहिले दुवै संस्थामा मल नभएको प्रमुख गौतमले बताए । उनले भने, “धान रोप्ने समयमा नभए पनि गोड्ने समयसम्म आउँछ कि भनेको त्यो पनि बाटो कुर्नु मात्र भयो ।” लकडाउनले आउनुपर्ने मल रोकिएको हो । लकडाउन खुलेसँगै आपूर्ति सहज भए पनि मल आउन अझै समय लाग्ने उनको भनाइ छ ।
जिल्लामा बर्खेधान २७ हजार ७३५ हेक्टर र चैतेधान छ हजार हेक्टर क्षेत्रफलमा लगाइँदै आएको छ । बर्खेधान लगाउने समयमा मल नपाएपछि कृषक चिन्तित बनेका छन् । कृषि ज्ञान केन्द्र भरतपुरका प्रमुख राजन ढकालले मल अभाव अझै केही समय हुने बताए । मल हाल्ने समय भए पनि युरियामल उपलब्ध नहुँदा विकल्पका रूपमा चिनी मल प्रयोग गर्न सकिने उनले जानकारी दिए । अनुदानमा आउने मल सहकारीमार्फत र अनुदान नपाउने मल निजी क्षेत्रमार्फत बिक्री गर्ने गरिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआयआर्जन वृद्धि गर्न अतिविपन्नलाई बाख्रा अनुदान
जेठ ४, २०८१ शुक्रबार
कोदोखेतीतर्फ पर्वतका किसानको आकर्षण बढ्दै
जेठ ४, २०८१ शुक्रबार
बजारमा माग बढेपछि जुनेलो र फापरखेती गर्दै किसान
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार