सरकारले जनमत कदर नगरेको राप्रपा अध्यक्ष डा. लोहनीकाे टिप्पणी
नेपालबहस संवाददाता
साउन १८, २०७७ सोमबार २:१८:३३
१८ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सत्याग्रही युवाहरूको माग सम्बोधन नगरेर सरकारले गल्ती गरीरहेको बताएका छन् ।
कुनै आँखा रोग लागेको कारण नेपाल सरकारले जनमत कदर नगरेको उनको भनाइ छ । ‘अब जनता नउठी भएन,’ राप्रपाका अध्यक्ष लोहनीले आइतबार भने । ‘बसन्तपुरमा अनसन बसीरहेका युवाहरूको मागलाई कुन आँखा रोगको कारण नेपाल सरकारले देखिरहेको छैन ?’ लोहनीले ट्वीट गर्दै भने ।
कोभिड–१९ को सबल व्यवस्थापन माग गर्दै जारी इनफ इज इनफ अभियानप्रति ऐक्यवद्धता जाहेर गर्दै राप्रपाले गत बिहीबार प्रदर्शन गरेको थियो । बसन्तुपर डबलीमा सम्पन्न कार्यक्रमको दौरान सत्याग्रहीको जीवन रक्षा गर्न, युवा अभियन्तासँग सरकारले गरेको सहमति पूरा गर्न राप्रपाले सरकारको ध्यानाकर्षण गरेको थियो ।
युवा अभियन्ता ईःको सत्याग्रह आज १६ औं दिनमा प्रवेश गरेको छ । ईःसँगै समैरा श्रेष्ठले यस अघि ९ दिन र करण गुरुङले ७ दिन बिना खाना पानी सत्याग्रह गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
सिरोहिया पक्राउ बारे बोलेका महजोडीले चौतर्फी आलोचना भएपछि मागे माफी
जेठ १४, २०८१ सोमबार
सीमा सुरक्षा प्रहरी चौकी
जेठ १४, २०८१ सोमबार
एकीकृत समाजवादीले महाधिवेशनको दस्तावेज मातहतका कमिटीलाई पठाउने
जेठ १४, २०८१ सोमबार
मङ्गलबार गणतन्त्र दिवस मनाइँदै
जेठ १४, २०८१ सोमबार
‘योजना कार्यान्वयन नहुँदा विकासमा पछि पर्यो कर्णाली’
जेठ १४, २०८१ सोमबार
भारतको सहयोगमा पद्मकन्या विद्यालयमा बनेको छात्रावासको उद्घाटन
जेठ १४, २०८१ सोमबार
वनको घनत्वसम्बन्धी ११ सूचकमध्ये ६ को प्रगति न्यून, ४ को शून्य
जेठ १४, २०८१ सोमबार
विकल पौडेल अर्को भ्रष्टाचार मुद्दामा पनि दोषी ठहर
जेठ १४, २०८१ सोमबार