सिटौलाको प्रस्ताव: एक वर्षपछि महाधिवेशन, पौडेल नयाँ प्रधानमन्त्री
कुसुम सेञ्चुरी
साउन २४, २०७७ आइतबार ०:३२:३३
२४ साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस भित्रको अन्तरसंघर्ष अन्त्य गर्न तेस्रो धारका भनिएका कृष्णप्रसाद सिटौलाले पार्टी एकता मजबुत पार्न भन्दै गज्जबको फण्डा तयार गरेका छन् । आगामी चुनावमा कांग्रेसलाई नम्बर एक पोजिसनमा पु¥याउन भन्दै उनले संस्थापन भितर र संस्थापन इतर पक्षका लागि वीन वीन पोजिशन हुने गरी गज्जबको सूत्र तयार गरेका हुन् । उनले तयार गरेको सूत्रले पार्टी एकतामा बल पुग्ने र आम कार्यकर्तामा सक्रियता थप्ने दावी गरिएको छ ।
उक्त प्रस्ताव सिटौलाले पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समक्ष पु¥याएको स्रोतको दावी छ ।सिटौलाले प्रस्ताव गरेको सूत्रमा आगामी एक वर्ष सभापतिको कार्यकाल थप्ने र नेकपाको फुटपछि बन्ने गठबन्धन सरकारको प्रधानमन्त्री वरिष्ठ नेता पौडेललाई बनाउने उल्लेख छ । सिटौलाको प्रस्तावमा देउवा र पौडेल दुवै सकारात्मक रहेको बुझिएको छ । यसबारे निकट नेताहरुसँग परामर्श गर्नुपर्ने उनीहरुले बताएका छन् ।
कोरोनाको महामारीका बेला महाधिवेशन गर्न सहज नभएकाले एक वर्ष समयावधि थप्दा केही फरक नपर्ने भन्दै उनले पौडेललाई सहमत गराउन खोजेका छन् । साथै, पौडेललाई प्रधानमन्त्री बनाउँदा पार्टी कार्यकर्तामा राम्रो सन्देश जाने र एकता पनि सुदृढ हुने उनको तर्क छ । सत्तारुढ नेकपामा पछिल्लो समय उपाध्यक्ष बामदेव गौतमले ल्याएजस्तै मिलाप सूत्रका रुपमा सिटौलाले अस्त्रको प्रयोग गरेका हुन् ।
सिटौला निकट स्रोतका अनुसार, पार्टी एकताका लागि यो अचुक अस्त्र हो । यसले पार्टीलाई नयाँ गति दिने छ । नेकपाभित्रको रडाकोले पार्टी विभाजनको संभावना बढेकाले भोलि प्रचण्डसँग मिलेर जाने अवस्था आउन सक्ने भन्दै सिटौलाले यसका लागि तयारी अगाडि बढाएको स्रोतले बताएको छ । सत्तारुढ नेकपाको फुटपछि बन्ने सरकारमा जनता समाजवादी पार्टी जसपा लगायत अन्य साना दलहरुलाई पनि सामेल गरि दुई तिहाईको बनाउने तयारी थालिएको छ ।सिटौलाजीले यस्तो सम्भावनाबारे प्रचण्डसँग पटकपटक छलफल गरिसकेकाले जेपनि हुनसक्ने स्रोतको भनाई छ ।
कतिपयले चाहिं दक्षिणी छिमेकीको चाहना बमोजिम यस्तो फण्डा तयार भएको पनि अनुमान गरेका छन् । प्रधानमन्त्री ओलीसँगको अन्तसंघर्ष गहिरो हुँदै गएको अवस्था हेर्दा नेकपा कुनैपनि बेला विभाजित हुनसक्ने भन्दै यस्तो रणनीति तयार भएको हुनसक्ने सरोकारवालाहरुको बुझाई छ । तर सिटौलाको यस्तो प्रस्तावबारे देउवा र पौडेलका तर्फबाट कुनै प्रतिक्रिया आएको भने छैन ।
महाधिवेशनको पूर्व सन्ध्यामा संस्थापन पक्ष अलि सक्रिय भएको छ । रिक्त विभाग र पदाधिकारी पूर्ति गर्न संस्थापन पक्ष एकलौटी रुपमा अग्रसर भएको छ । तर संस्थापन इतर पक्ष भने सभापति शेरबहादुर देउवाको एकलौटी निर्णयको कडा प्रतिकार गर्ने पक्षमा दृढतापूर्वक उभिएको छ ।
यसले संस्थापन पक्षलाई आहत भएपछि अस्तिमात्र सभापति देउवाले असन्तुष्ट नेता रामचन्द्र पौडेलसहित कृष्णप्रसाद सिटौला समूहलाई समेत डाकेका थिए । लामै छलफल भएपनि क्रियाशील सदस्यता दोब्बर गर्ने विषयमा बाहेक अरु विषयमा भने कुनै सहमति जुटिसकेको छैन ।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थपराजनीतिमा पूर्वराष्ट्रपति भण्डारीको सम्भावना कति ?
बैशाख १९, २०८१ बुधबार
सर्वोच्चको आदेशपछि बहुमतमा कन्फ्युज हुन थाले राजनीतिक दल, ५० हो कि ५१ ?
बैशाख १९, २०८१ बुधबार
लगानी सम्मेलन कि विदेशीले नपत्याएको भेला ?
बैशाख १८, २०८१ मंगलबार
एसपीको ड्राइभर कि घुमुवा ?
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
बैशाख १९, २०८१ बुधबार
सशस्त्र प्रहरी बलका १६ डीआईजी र १८ एसएसपीको सरुवा, मधेश प्रदेशमा धौबजी र कोशीमा सुवेदी
बैशाख १९, २०८१ बुधबार
नेपालगञ्ज मेडिकल कलेजको शेयर संरचना परिवर्तन, अध्यक्षमा व्यवसायी खुमा अर्याल सर्वसम्मत
बैशाख १९, २०८१ बुधबार
जीबी राईको हत्या भएको भन्दै प्रचार गर्ने डिल्लीराम खनाल पक्राउ
बैशाख १९, २०८१ बुधबार
भावुक स्टाटस लेख्दै सन्दीप लामिछानेले भने- 'म षड्यन्त्रको सिकार भएँ'
बैशाख १९, २०८१ बुधबार
डढेलो निभाउने क्रममा मृत्यु भएकाका परिवारलाई आर्थिक सहयोग
बैशाख १९, २०८१ बुधबार
श्रमिकको कथामा चलचित्र ‘लेबर’ बन्ने घोषणा
बैशाख १९, २०८१ बुधबार
पोखरामा डढेलोले मौसम धुम्मिदा उडान अनियमित, पर्यटक आगमन ठप्प !
बैशाख १९, २०८१ बुधबार
नेपालको पत्रकारिता क्षेत्र लोकतन्त्रको जग : मुख्यमन्त्री कार्की
बैशाख १९, २०८१ बुधबार