निक्षेप संकलन र कर्जा प्रवाहमा वृद्धि ! तर पनि सिटिजन्स बैंकको खराब प्रदर्शन कायमै, मुनाफामा गयो पहिरो
आर्थिक संवाददाता
साउन ३०, २०७७ शनिबार १:४२:३२
२९ वैशाख, काठमाडाैं । सिटिजन्स बैंक इन्टरनेशनलले आर्थिक वर्ष ०७६/७७ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेकाे छ । अघिल्ला त्रैमासमा जस्तै बैंकको आरोलो यात्रा भने कायम नै छ । खुद मुनाफामा पहिरो गएसँगै बैंकको प्रतिशेयर आम्दानी दिन प्रतिदिन नाजुक अवस्थामा पुग्दैछ ।
खराब कर्जामा आएको वृद्धिको कारणले गर्दा बैंकले जोखिमवापत धेरै रकम व्यवस्था गर्नु पर्दा बैंकको खुद मुनाफामा पहिरो गएको हो । यसरी बैंकको हालको प्रगति हेर्दा लगानीकर्ताले सिटिजन्स बैंकलाई विकास बैंकसँग दाज्न थालेका छन्। बैंक व्यवस्थापनदेखि बैंक संचालक समितिमा अब्बल बैंकर पृष्ठभूमिका व्यक्तिहरूकाे नेतृत्व भएपनि बैंकलाई सोचे जस्तो दिशामा लाग्न बैंक व्यवस्थापन र बैंक संचालक समिति पूर्णरुपमा असफल भएको देखिन्छ।
बैंकमा संचालक समितिकाे अध्यक्षमा बैंकका संस्थापक सीईओ एवं वरिष्ठ चार्टर्ड एकाउण्टेन्ट राजनसिंह भण्डारी छन् । बैंकको नयाँ संचालक समितिमा प्रतिष्ठित व्यवसायी प्रवलजंग पाण्डेदेखि चर्चित बैंकर सुदेश खालिङ, प्रकाशचन्द्र मैनाली, बिजयध्वज कार्की, साजन शर्मा, सीता कार्की केसी रहेका छन् ।त्यस्तै बैंकको उच्च व्यवस्थापनमा सीईओ गणेशराज पोखरेलदेखि डेपुटी सीईओमा बोधराज देवकोटा रहेका छन् ।
बैंकका ठुला शेयरधनी :
२०७६ असार मसान्तसम्मको तथ्याङ्क हेर्दा ० दशमलव ५ प्रतिशत भद्ना धेरै स्वामित्व रहेका ३४ जना शेयरधनी रहेका छन् । जसमध्ये सिटिजन इन्भेस्टमेन्टको नाममा सर्वाधिक ३७ लाख ६१ हजार कित्ता शेयर रहेको छ ।
सिटिजन्स बैंकको आर्थिक वर्ष ०७६/७७ को चैाथो त्रैमास र आर्थिक वर्ष ०७५/७६ को चौथो त्रैमासलाई दाँजेर हेर्दा :
✍ खुद मुनाफामा गिरावट :
बैंकको खुद मुनाफामा ठूलो गिरावट आएको छ । आर्थिक वर्ष ०७६/७७ को चौथो त्रैमाससम्म बैंकले १ अर्ब ११ करोड मात्र खुद मुनाफा आर्जन गरेको छ भने आर्थिक वर्ष ०७५/७६को चौथो त्रैमाससम्म बैंकले १ अर्ब ४६ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको थियो । यसरी खुद मुनाफामा २४ प्रतिशतको गिरावट आएको छ।
✍ प्रमुख आम्दानीको श्रोतमा ७ प्रतिशतको वृद्धि हुँदा पनि किन घट्यो मुनाफा ?
बैंकको प्रमुख आम्दानीको श्रोतमा रहेको खुद व्याज आम्दानीमा भने ७ प्रतिशतको वृद्धि देखिएको छ तर कम्पनीले जोखिमवापत ६७ करोड ७२ लाख व्यवस्थापन गर्नु परेको छ । आर्थिक वर्ष ०७५/७६ को चौथो त्रैमासमा बैंकले १३ करोड ८३ लाख मात्र फिर्ता गरेको थियो । यसरी प्रमुख आम्दानीको श्रोतमा रहेको खुद व्याज आम्दानीमा वृद्धि हुँदा पनि खराब कर्जा वृद्धि हुँदा धेरै रकम व्यवस्थापन गर्नु परेकोले बैंकको मुनाफामा असर परेको हो । खुद व्याज आम्दानी भने ७ प्रतिशतले वृद्धि भएर २ अर्ब ८८ करोड पुगेको छ।
✍ प्रतिशेयर आम्दानी घट्यो
कम्पनीको हाल चुक्ता पुँजी ९ अर्ब ०८ करोड रहेको छ । चुक्ता पुँजीमा ९ प्रतिशतको वृद्धि देखिएको र खुद मुनाफामा २४ प्रतिशतको गिरावट आएको कारणले गर्दा कम्पनीको प्रतिशेयर आम्दानी ३० प्रतिशतले कम हुँदै १२ रुपैयाँ २८ पैसामा झरेकाे छ । यसरी बैंकको प्रतिशेयर आम्दनी लाजमर्दो रहेको छ ।
✍ मूल्य आम्दानी अनुपात १६ गुणा :
कम्पनीको दोश्रो बजारमा श्रावण २९ गतेको बजार मूल्य १९८ लाई आधार मान्दा मूल्य आम्दानी अनुपात १६ दशमलव १३ गुणा रहेको छ । यो मूल्य आम्दानी अनुपात अलिकता महँगो नै हो।
✍ संचित मुनाफा घट्यो :
बैंकको संचित मुनाफा घटेको छ । बैंकको संचित मुनाफा ३० प्रतिशतले घटेर ८७ करोड ७४ लाख पुगेको छ भने जगेडा कोष २० प्रतिशतले वृद्धि हुँदै ३ अर्ब ३९ करोड पुगेको छ । शेयर प्रिमियम शिर्षकमा ४१ लाख २४ हजार रहेको छ।
✍ निक्षेप संकलन र कर्जा प्रवाह राम्रै :
निक्षेप संकलन २६ प्रतिशतले वृद्धि हुँदै ८८ अर्ब ५१ करोड पुगेको छ भने कर्जा प्रवाह २६ प्रतिशतले नै वृद्धि हुँदै ७९ अर्ब १६ करोड पुगेको छ ।
✍ खराब कर्जा वृद्धि :
खराब कर्जा २९ प्रतिशतले वृद्धि हुँदै १ दशमलव ४६ प्रतिशत पुगेको छ । आर्थिक वर्ष ०७५/७६को चौथो त्रैमासमा खराब कर्जा १ दशमलव १३ प्रतिशत मात्र थियो ।
✍ स्प्रेडदर घटाउन सफल :
नेपाल राष्ट्र बैंकले व्याजदर अन्तर अर्थात स्प्रेडदरमा आउने असार मसान्तसम्म ४ दशमलव ४० प्रतिशत कायम गर्नुपर्ने सीमा कायम गरेपछि बैंकको स्प्रेडदर घटेर ४ दशमलव ०३ प्रतिशतमा सिमित राखेर बैंकले राष्ट्र बैंककाे निर्देशन पालना गर्न सफल भएकाे छ ।
✍ किताबी मूल्य घट्यो :
कम्पनीको किताबी मूल्य वा प्रतिशेयर नेट्वर्थमा गिरावट आएको छ । प्रतिशेयर नेट्वर्थ १४९ रुपैयाँबाट घटेर १४७ रुपैयाँमा झरेकाे छ ।
✍ वितरण योग्य मुनाफा निकै कम :
कम्पनीले १ अर्ब ११ करोड खुद मुनाफा गरेपनि बैंकले विभिन्न जगेडामा रकम व्यवस्थापन, कर्मचारीलाई तालिम खर्च, रेगुलेटरी रिजर्व र सामाजिक उत्तरदायित्यवको लागि रकम राखेर जम्मा ८२ करोड ३९ लाख बाँकी रहन्छ । यही वितरण योग्य मुनाफालाई आधार मान्दा बैंकको लाभांश दिने क्षमता जम्मा ९ प्रतिशत मात्र रहेको छ । शेयर प्रिमियम शिर्षकमा थोरै रकम भएकाले सोबाट तान्न मिल्ने रकम नगन्य रहेको छ।
कम्पनीको सीसीडी अनुपात भने ७० दशमलव ६३ प्रतिशत रहेको छ । बैंकले आधार व्याजदर भने कम गराउन सफल भएको छ । आधार व्याजदर थोरै घटेर ९ दशमलव ०४ प्रतिशत पुगेको छ ।
निस्कर्ष:
यसरी बैंकको नाफा घटेसँगै प्रतिशेयर आम्दानी पनि एकदमै कम रहेको छ। कम्पनीको प्रतिशेयर आम्दानीको तुलनामा बजार मूल्य धेरै हुँदा मूल्य आम्दानी अनुपात १६ गुणा माथि रहेको छ । यसले कम्पनीको बजार मूल्य आम्दानीको तुलनामा निकै धेरै रहेको देखिएको छ । प्रमुख आम्दानीको श्रोतका रुपमा व्याज आम्दानी पनि खासै वृद्धि हुन सकेको छैन भने संचालन मुनाफा पनि घटेको छ । वितरण योग्य मुनाफा निकै कम हुँदा लगानीकर्ताले निकै कम प्रतिफल पाउने सम्भावना छ।
नोट : वित्तीय विवरणको आधारमा गरिएको विश्लेषण हेरे पश्चात पुन अध्ययन गरेर लगानीको निर्णय लिनु होला। यो विश्लेषण पूर्ण नहुन पनि सक्छ। लगानी गर्ने वा नगर्ने नेपालबहसले कुनै निर्णय दिएको हाेइन ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ३, २०८१ बिहिबार
भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने
जेठ ३, २०८१ बिहिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’
जेठ ३, २०८१ बिहिबार
अब संसदीय छानबिन समिति नबनेसम्म सदन अघि बढ्दैन : कांग्रेस
जेठ ३, २०८१ बिहिबार
बलात्कारको जाहेरी परेपछि एमाले नेता विदुर शर्मा फरार
जेठ ३, २०८१ बिहिबार
सुनसरीमा प्रहरीले लागूऔषध कारोबारीलाई गोली हानेर नियन्त्रणमा लियो
जेठ ३, २०८१ बिहिबार