२५ बैंकको विवरण सार्वजनिक : नाफा घट्यो
नेपालबहस संवाददाता
साउन ३१, २०७७ शनिबार ६:४३:३२
३१ साउन, काठमाडौं । कोरोना कहरका कारण यतिबेला संसार नै आक्रान्त भएका बेला नेपाल पनि त्यसबाट अछुतो रहन सकेन । सरकारले गत चैत ११ गतेदेखि सरकारले कोरोनाको रोकथामका लागि गरेको लकडाउनका कारण मुलुकको समग्र आर्थिक क्षेत्र नराम्ररी प्रभावित भयो ।
अन्य क्षेत्र जस्तै बैंक तथा वित्तीय संस्थाको अवस्थासमेत कोरोनाका कारण समस्यामा परेका छन् । आर्थिक वर्ष ०७६/७७ मा हाल सञ्चालनमा रहेका २७ वाणिज्य बैंकको नाफामा उल्लेख्य गिरावट देखिएको छ । सञ्चालनमा रहेका कृषि विकास बैंक र प्रभु बैंकबाहेक २५ ‘क’ वर्गका वाणिज्य बैंकले आव २०७६÷७७ को वार्षिक विवरण प्रकाशित गरेका छन् । उनीहरूले आज सार्वजनिक गरेको विवरणअनुसार कोरोनाका कारण वाणिज्य बैंकको नाफामा समेत असर परेको छ ।
विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीले वाणिज्य बैंकको नाफामा प्रत्यक्ष असर पारेको छ । बैंकहरूले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार आव ०७६/७७ मा कूल रु ५१ अर्ब १७ करोड बराबरको नाफा गरेका छन् । अघिल्लो आवमा रु ५७ अर्ब ४४ करोड नाफा गरेका थिए ।
अघिल्लो आवको तुलनामा गत आवमा बैंकहरूको नाफा झण्डै ११ प्रतिशतले घटेको छ । विवरण अनुसार बैंकको नाफा रु छ अर्ब २७ करोडले घटेको हो । वित्तीय विवरण सार्वजनिक गरेका २५ वाणिज्य बैंकमध्ये कूल १८ बैंकको नाफा अघिल्लो आवको तुलनामा घटेको पाइएको छ । विवरणअनुसार सात वाणिज्य बैंकको नाफामा सामान्य वृद्धि भएको छ ।
आव ०७६/७७ मा सबैभन्दा कम नाफा गर्ने बैंकमा सिभिल बैंक रहेको छ । सो बैंकको नाफा ३५ प्रतिशतले घटेको छ । नेपाल एसबिआई बैंकको नाफा ३३.२२, कुमारी बैंकको ०.३१ प्रतिशत छ । विवरणअनुसार माछापुच्छ्रे २६.२२, सानिमाको २४.५६, सिटिजन्स बैंकको २३.७२, नेपाल इन्भेष्टमेन्टको २२.६३, बैंक अफ काठमाडौँको २२.२१ र नेपाल बङ्गलादेश बैंकको नाफा २०.७५ प्रतिशतले घटेको छ ।
यस्तै, स्ट्यान्डर्ड च्यार्टर्ड बैंकको १८.५१, सनराइजको १८.३५, एभरेष्टको १८.१४, नबिलको १५.८५ र राष्ट्रिय वाणिज्य बैंकको ११.७७ प्रतिशतले नाफामा गिरावट आएको छ । सिद्धार्थको ८.२६, हिमालयनको आठ, नेपाल बैंकको १.५५ र कुमारी बैंकको ०.३१ प्रतिशतले नाफा घटेको छ ।
त्यसैगरी सेञ्चुरी बैंकले ३३.९७, ग्लोबल आइएमईले ११, एनसिसीले १०.७४, प्राइमले ४.२७, एनआइसी एसियाले ३.२४ र एनएमबी बैंकले ०.५९ प्रतिशत मात्रै नाफा गरेको आज प्रकाशित विवरणमा समावेश छ । राष्ट्रिय वाणिज्य बैंकले रु चार अर्ब ४५ करोड नाफा आर्जन गरेको छ । सिभिल बैंकले रु ४५ करोड ७० लाख नाफा आर्जन गरेको छ । नबिल बैंकले रु तीन अर्ब ५६ करोड, एनआइसी एसिया बैंकले रु तीन अर्ब १२ करोड नाफा कमाएको छ ।
गत वर्ष जनता बैंकलाई गाभेको ग्लोबल आइएमई बैंकले रु तीन अर्ब आठ करोड कमाएको छ । यस्तै नेपाल इन्भेस्टमेन्ट बैंकले रु दुई अर्ब ५७ करोड नाफा कमाएको छ । हिमालयन बैंकले रु दुई अर्ब ५४ करोड नाफा गरेको छ । माछापुच्छ्रे बैंकले रु एक अर्ब २५ करोड, सानिमा बैंकले रु एक अर्ब ७० करोड नाफा गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्र बैंक भन्छ, ‘आर्थिक तथा वित्तीय सूचक सकारात्मक’
बैशाख ३०, २०८१ आइतबार
पौने ११ खर्ब रेमिट्यान्स, १९ खर्ब विदेशी मुद्रा सञ्चिति
बैशाख ३०, २०८१ आइतबार
तथ्यांक नआएको भन्दै मौद्रिक नीति समीक्षा अवधि बढाइयो, संशोधन भयो कार्यविधि २०७३
बैशाख २६, २०८१ बुधबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
आखिर कहाँबाट भयो ब्रह्माण्डको उत्पत्ति ? जहाँ केही पनि छैन, त्यहीँ सबथोक छ
कुसुम भट्टराई
बैशाख ३१, २०८१ सोमबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार
जसपा विभाजनमा निर्वाचन आयोगको निर्णय यथास्थितिमा राख्न सर्वाेच्चको आदेश
जेठ २, २०८१ बुधबार
ललितपुर मेयर कप महिला क्रिकेट : एपिएफ विजयी
जेठ ३, २०८१ बिहिबार
सत्तापक्ष गम्भीर भएन, संसद अवरोध हुन्छः कांग्रेस
जेठ ३, २०८१ बिहिबार
जग्गा विवादको क्रममा कोदालोले प्रहार गर्दा एक जनाको मृत्यु
जेठ ३, २०८१ बिहिबार
लुबाट बच्न व्यापक जनचेतना जरुरी
जेठ ३, २०८१ बिहिबार
नेप्से आज शून्य दशमलव ७९ अङ्कले उकालो
जेठ ३, २०८१ बिहिबार
शर्मालाई नीति अनुसन्धान प्रतिष्ठानको कार्यकारी अध्यक्ष, दुई जनाको सचिवमा बढुवा
जेठ ३, २०८१ बिहिबार