प्रभु बैंकको ऋणपत्र माग गरेबामोजिम सबैले पाए, केही आवेदन भने रद्द
नेपालबहस संवाददाता
साउन ३२, २०७७ आइतबार २२:९:४७
३२ साउन, काठमाडौं । प्रभु बैंक लिमिटेडले बिक्रीका लागि राखेको २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बाँडफाँड भएको छ । ऋणपत्र नबिल इन्भेष्टमेन्ट बैंकिंङ्ग लिमिटेडको कार्यलयमा गत शुक्रबार बाँडफाँड गरिएको थियो । बैंकको ऋणपत्रमा सर्वसाधारण समूहलाई सात लाख ६० हजार कित्ता ऋणपत्र खरीद आह्वान गरिएकोमा २ हजार ३०८ जना आवेदकहरुबाट कूल सात लाख ३० हजार ३६५ कित्ता ऋणपत्रको लागि आवेदन परेको थियो। बैंकको ऋणपत्रमा माग गरिएको भन्दा ३.०७ गुण बढीले आवेदन परेको नबिल क्यापिटलले जानकारी दिएको छ ।
नबिल क्यापिटलका अनुसार ४१७ जना आवेदकहरुबाट आवेदन पर्न आएको जम्मा तीन लाख ५१ हजार २३१ कित्ता ऋणपत्र विभिन्न कारणवश रद्द भएको हुँदा रितपूर्वक १ हजार ८९१ जना योग्य आवेदकहरुलाई मात्र माग गरे बमोजिम नै बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ। रितपूर्वक १ हजार ८९१ जना योग्य आवेदकहरुलाई कूल ३ लाख ७९ हजार १३४ कित्ता ऋणपत्र बाँडफाँड गरिएको हो ।
त्यसैगरी व्यक्तिगत तवरबाट १२ लाख कित्ता ऋणपत्र खरिद आह्वान गरिएकोमा ४५ जना योग्य आवेदकहरुलाई सर्वसाधारण समूहबाट बाँकी रहेको ३ लाख ८० हजार ८६६ कित्ता समेत गरी कूल १५ लाख ८० हजार ८६६ कित्ता ऋणपत्र बाँडफाँड गरिएको छ।
बैंकले गत श्रावण १९ गतेदेखि श्रावण २३ गतेसम्म एक हजार रुपैयाँ अंकित दरमा “१० प्रतिशत प्रभु बैंक डिबेन्चर २०८४” निष्काशन गरेको थियो। जसमा १२ लाख कित्ता डिबेन्चरले हुन आउने कूल१ अर्ब २० करोड ऋणपूँजी रकम बरावरको विभिन्न व्यक्ति वा संघ संस्थाहरुलाई व्यक्तिगत तवरबाट र ८ लाख कित्ता डिबेन्चरले हुन आउने कूल ८० करोड ऋण पूँजी रकमको ५ प्रतिशत अर्थात ४०,००० युनिट सामुहिक लगानी कोषका लागि बाडँफाँट गरी गरिएको थियो । बाँकी रहेको ७,६०,००० कित्ता डिबेन्चर सर्वसाधारण नेपालीहरुको लागि निष्काशन खुल्ला गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविनिमय दर: डलर स्थिर रहँदा युराे र पाउण्ड घट्याे
बैशाख २०, २०८१ बिहिबार
विदेशी मुद्राको विनिमय दर : आज कतिमा हुँदैछ कारोबार ?
बैशाख १७, २०८१ सोमबार
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
बैशाख १३, २०८१ बिहिबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ३, २०८१ बिहिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’
जेठ ३, २०८१ बिहिबार
अब संसदीय छानबिन समिति नबनेसम्म सदन अघि बढ्दैन : कांग्रेस
जेठ ३, २०८१ बिहिबार
बलात्कारको जाहेरी परेपछि एमाले नेता विदुर शर्मा फरार
जेठ ३, २०८१ बिहिबार
सुनसरीमा प्रहरीले लागूऔषध कारोबारीलाई गोली हानेर नियन्त्रणमा लियो
जेठ ३, २०८१ बिहिबार
कांग्रेसले बोलायो संसदीय दलको बैठक
जेठ ३, २०८१ बिहिबार