लेख्नै नसकेको शब्द “बुबा हार्दिक श्रद्धासुमन”
नेपालबहस संवाददाता
भदौ ३, २०७७ बुधबार १८:३४:६
बिहानै फेसबुकका भित्तामा हेरे, सबैका बुवाहरुको फोटो पोतिएका थिए । हरेकले फोटो र बखानसहित आआफ्ना बुबाप्रति श्रद्धा व्यक्त गरेको देखेर कता कता मलाई पनि “बाबा बुबाको मुख हेर्ने दिनको शुभकामना” भन्न मन लाग्यो ।
उठेर बुबाको सानिध्यमा गएर “बा ! मुख हेरे हैं ” भन्न मन थियो तर यो पटक यी सबै कुरा भन्न गर्न नपाउने भुलेको रहेछु ।
हुनत म बुबालाई बर्षको एकदिन मात्र सामाजिक संजालको भित्तामा राखेर सम्मान हुन्न भन्ने मान्छे तरपनि
मनभरी कता कता केही कुराले घोचिरहेको आत्मानुभुति भो र भक्कानिएको मनको कन्दराको भडारभित्र अनायासै आशुहरु टिलपिल हुँदै बन्द हुँदै थियो ।
बुबा ! सायद यो शब्द नै हो संसारमा आमा जत्तिकै प्यारो । जसको काखले जीवनका अनेकन पीडा र आशुहरु नामेट हुन्छ । जसको साथ मात्रैले पनि जीवनका हरेक मोड सफल हुन्छन् । केही अदृश्य घाउहरु मनका कन्दराहरुमा फलिरहेको आभास भैरह्यो ।
विवश छु, परिस्थिति या नियति सायद खुशी मदेखि अलग रह्यो । अनि केही अपुरणीय क्षतिको महशुस गर्दैछु । सम्झनाका मानसपटलमा केवल याद मात्र रह्यो भन्ने भान हुदाँ कुन कदम चालू कि फेरि म म बन्न सकु ? यी र यस्तै प्रश्नहरु मनमा खेलिरहेका थिए बुवाले हामीलाई छाडेर गएको पनि दश महिना भइसकेछ ।
नित्यकर्म सकेर एकछिन के बसेको थिए, अनायासै मन भावविह्वल भो ! सम्झनाका तमसुकहरु कोठाको भित्तामा रहेको बुबाको तस्बिरसङ्गै चाङ बन्दै रोदनको दरवार तयार भइसकेको थियो । कुडिएको मन सम्हालेरै भएपनि ती यादहरु भुल्न खोजिरहे ।
साच्चिकै बुवालाई भेट्न मन भो अनि बुबा सुत्ने बिस्ताराबाट उठेर अर्कै कोठामा गएर फोटो हेर्दै भने, बुवा तपाईले सिकाएको सत्यता, सादगी, निष्ठा, त्याग, समर्पण र सत नछाड्ने यी गुण छाडेको छैन् । बुबा हुनेहरुलाई त उत्सव होला तर
बुबाबिना पनि ताते ताते गर्दै लडिरहेका म जस्तालाई ? फगत खुशी हराएको दिन !
बाबाले दिएको पैसाबाट बाबालाई नै उपहार किनेर ल्याएर दिने दिनदेखि आजको दिनसम्म आउँदा जिन्दगीका अनेकन उतारचढाव बीच सम्झे, आफ्नो रित्तो गोजी राखेर पनि मेरो खुशीहरुले भरिदिदाँ कति खुशी हुन्थे ? बा ले गर्नुहुन्छ भनेर भनेका सबै कुरा अब मानस्पटलमा मात्र स्मृति बनेर रहेका छन् ।
सबैले आ–आफ्नो बुवाको मुख हेरे सामाजिक संजाल रङ्गाइसके मैले नि लेख्नुपर्ने कलम सार्नै मन भएन । अरुबेला बाबाको नाममा अनेक काव्य तयार गर्ने म आज साच्चिकै शब्द चयन गर्नै सकिन । अझ भनु लेख्नै सकिन । बाबा ! हार्दिक श्रद्धासुमन अर्पण गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रेम साधक होइन, बाधक हो !! ह्याप्पी भ्यालेन्टाइन !!
फागुन २, २०८० बुधबार
प्रदर्शनरत अभियन्ताहरू राजनीतिक स्वार्थले संवादमा आएनन् : मेयर शाह
असोज ८, २०८० सोमबार
नेम्वाङले ओलीलाई भनेका थिए, ‘संविधान जारी गर्नबाट रोकियो भने देश नै सकिन्छ’
भदौ २९, २०८० शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
ताप्लेजुङमा टपरी गाँस्ने प्रतियोगिता
जेठ ४, २०८१ शुक्रबार
काठमाडौँमा ‘न्यूयोर्क राइटर्स वर्कसप’ र ‘हिमालयन लिटरेचर फेस्टिभल’ हुँदै
जेठ ४, २०८१ शुक्रबार
गोरखामा पौडी खेल्ने क्रममा डुबेर दुईजनाको मुत्यु
जेठ ४, २०८१ शुक्रबार
बागमती प्रदेशसभाका चारवटा समिति सभापतिमा मनोनयन दर्ता
जेठ ४, २०८१ शुक्रबार
‘विद्युतीय सवारीसाधनको प्रयोग बढाउन आवश्यक’
जेठ ४, २०८१ शुक्रबार
लागुऔषधको कुलतबाट विद्यार्थी जोगाउन अभियान
जेठ ४, २०८१ शुक्रबार