हिमालयन बैंकको प्रमुख आम्दानीको मुहान नै घट्यो, मर्जरमा जान दवाव
आर्थिक संवाददाता
भदौ ४, २०७७ बिहिबार २२:४०:५७
४ भदाै, काठमाडाैं । निकै पुरानो बैंक भएपनि विगत केही वर्षदेखि हिमालयन बैंकले बजारमा आफुभन्दा पछि स्थापना भएका अन्य बैंकसँग प्रतिष्पर्धा गर्नसक्ने अवस्था देखिएको छैन । बैंकलाई अन्य बैंकसँग मर्जरमा जान राष्ट्र बैंकले लगातार प्रेसर गरेकाे तथा विभिन्न चरणमा मर्जरमा जान बैठक बसेको विभिन्न संचारमाध्यममा समाचार आएपनि बैंकको आफ्नो “इगो” समस्याले गर्दा बैंक मर्जरमा जान मानेको छैन् ।
आफु भन्दा निकै ढिलो व्यापार गरेका अन्य धेरै वाणिज्य बैंकले दिन प्रतिदिन व्यापार वृद्धि गर्दै लाँदा बैंकलाई भने अब मर्जरमा गएर ठूलो वाणिज्य बैंक बन्ने चुनौती थपिएको छ । बैंक आफैमा ठूलो वाणिज्य बैंक बन्न असम्भव जस्तो देखिएपछि बैंकलाई आफ्नो पुरानो साख जोगाउन र ठूलो वाणिज्य बैंकको रुपमा स्थापित हुन कुनै वाणिज्य बैंकसँग मर्जरमा जानैपर्ने बाध्यता थपिएको छ।
हिमालयन बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार आफ्नो व्यापार विस्तार गर्न पनि त्यति आक्रामक रुपमा प्रस्तुत भएको छैन् । निक्षेप संकलन जम्मा १५ प्रतिशतले वृद्धि भएको छ भने कर्जा प्रवाह १० प्रतिशतले मात्र वृद्धि भएको छ । त्यस्तै बैंकको प्रमुख आम्दानीको मुहान खुद व्याज आम्दानीमा पनि गिरावट आएसँगै बैंकको खुद मुनाफामा पनि ठूलै गिरावट आएको छ।
हाल हिमालयन बैंकको संचालक समितिको अध्यक्ष तुलसीप्रसाद गौतम छन् । त्यस्तै संचालक समितिको सदस्यमा फैसल एन ललानी, प्रचण्डबहादुर श्रेष्ठ, सुनिलबहादुर थापा, आशिष शर्मा, विजयबहादुर श्रेष्ठ, राधाकृष्ण पोटे रहेका छन् । त्यस्तै बैंककाे प्रमुख कार्यकारी अधिकृतमा अशोकशमशेर राणा छन् । राणा बैंकका स्थायी सीईओ जस्तै देखिएका छन् । त्यस्तै नेपाल रास्ट्र बैंकका पहिलाे गभर्नर हिमालयन शमशेर ज.ब.रा. संचालक समितिका सल्लाहकार रहेका छन्।
पहिलो गर्भनर भएकै कारण राष्ट्र बैंकले धेरै स्थलगत निरीक्षण प्रतिवेदन र अन्य स्रोतबाट बदमासी पत्ता लगाउँदा पनि हालसम्म कुनै कारवाही गर्न सकेको छैन् । सीईओ राणा उनै गभर्नर हिमालय शमशेरका सुपुत्र हुन् । बिगतमा संस्थापक सञ्चालकहरुको धेरै ठूलो लफडा भैरहने तथा हाल पनि सुसुप्त रुपमा बैंकका संस्थापक प्रोमोटरहरु बीच झगडा चलिरहेको बताइर्एको छ ।
हिमायालन बैंकको आर्थिक वर्ष ०७६/७७ को चैाथो त्रैमास र आर्थिक वर्ष ०७५/७६ को चौथो त्रैमासलाई दाँजेर हेर्दा :
✍ खुद मुनाफामा गिरावट :
हिमायालन बैंकको खुद मुनाफामा गिरावट आएको छ । आर्थिक वर्ष ०७६/७७ को चौथो त्रैमाससम्म बैंकले २ अर्ब ५४ करोड मात्र खुद मुनाफा आर्जन गरेको छ । जबकी आर्थिक वर्ष ०७५/७६को चौथो त्रैमाससम्म बैंकले २ अर्ब ७६ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको थियो । यसरी खुद मुनाफामा ८ प्रतिशतको गिरावट आएको छ ।
✍ प्रमुख आम्दानीको श्रोतमा ५ प्रतिशतको गिरावट
बैंकको प्रमुख आम्दानीको श्रोतमा रहेको खुद व्याज आम्दानीमा ५ प्रतिशतको गिरावट देखिएको छ । आर्थिक वर्ष ०७५/७६ मा ५ अर्ब ३ करोड खुद व्याज आम्दानी गरेकोमा आर्थिक वर्ष ०७६/७७ मा बैंकले ४ अर्ब ७५ करोड मात्र खुद व्याज आम्दानी गरेको छ ।
कम्पनीले जोखिमवापत ३० करोड ३१ लाख व्यवस्थापन गर्नुपरेको छ । आर्थिक वर्ष ०७५/७६ को चौथो त्रैमाससम्ममा बैंकले १३ करोड ३६ लाख मात्र व्यवस्थापन गरेको थियो । यसरी जोखिम बापत धेरै रकम व्यवस्थापन गर्नु पर्दा र प्रमुख आम्दानीको श्रोतमै गिरावट आएको कारणले गर्दा बैंकको खुद मुनाफामा गिरावट आएको हो । समिक्षा अवधिमा संचालन मुनाफा पनि १५ प्रतिशतले कम हुँदै ३ अर्ब ३४ करोड पुगेको छ।
✍ प्रतिशेयर आम्दानी घट्यो
कम्पनीको हाल चुक्ता पुँजी ९ अर्ब ३७ करोड रहेको छ । चुक्ता पुँजीमा १० प्रतिशतको वृद्धि देखिएको र खुद मुनाफामा ८ प्रतिशतको गिरावट आएको कारणले गर्दा कम्पनीको प्रतिशेयर आम्दानी १६ प्रतिशतले कम हुँदै २७ रुपैयाँ १३ पैसामा झरेकाे छ ।
✍ मूल्य आम्दानी अनुपात २० गुणा :
कम्पनीको दोश्रो बजारमा भाद्र २ गतेको बजार मूल्य ५५० लाई आधार मान्दा मूल्य आम्दानी अनुपात २० दशमलव २७ गुणा रहेको छ । यो मूल्य आम्दानी अनुपात अलिकता महँगो नै हो ।
✍ संचित मुनाफा र जगेडा कोष बढ्यो :
बैंकको संचित मुनाफा र जगेडा कोष भने वृद्धि भएको छ । बैंकको संचित मुनाफा १५ प्रतिशतले वृद्धि भएर २ अर्ब ५० करोड पुगेको छ भने जगेडा कोष ७ प्रतिशतले वृद्धि हुँदै ५ अर्ब ६६ करोड पुगेको छ । शेयर प्रिमियम शिर्षकमा भने कुनै रकम छैन।
✍ निक्षेप संकलन र कर्जा प्रवाह राम्रै :
निक्षेप संकलन १५ प्रतिशतले वृद्धि हुँदै १ खर्ब २५ अर्ब पुगेको छ भने कर्जा प्रवाह १० प्रतिशतले नै वृद्धि हुँदै १ खर्ब १ अर्ब पुगेको छ ।
✍ खराब कर्जा घट्यो :
खराब कर्जा १० प्रतिशतले कम हुँदै १ दशमलव ०१ प्रतिशत पुगेको छ । आर्थिक वर्ष ०७५/७६को चौथो त्रैमासमा खराब कर्जा १ दशमलव १२ प्रतिशत थियो ।
✍ स्प्रेडदर घटाउन सफल :
नेपाल राष्ट्र बैंकले व्याजदर अन्तर अर्थात स्प्रेडदरमा असार मसान्तसम्म ४ दशमलव ४० प्रतिशत कायम गर्नुपर्ने सीमा कायम गरेपछि बैंकको स्प्रेडदर घटेर ३ दशमलव ७७ प्रतिशतमा सिमित छ ।
कम्पनीको सीसीडी अनुपात भने ६६ दशमलव ८५ प्रतिशत रहेको छ । बैंकले आधार व्याजदर भने कम गराउन सफल भएको छ । आधार व्याजदर थोरै घटेर ८ दशमलव ३८ प्रतिशत पुगेको छ ।
✍ वितरण योग्य मुनाफा निकै कम :
बैंकले २ अर्ब ५४ करोड खुद मुनाफा गरेपनि बैंकले विभिन्न जगेडामा रकम व्यवस्थापन, कर्मचारीलाई तालिम खर्च, रेगुलेटरी रिजर्व र सामाजिक उत्तरदायित्यवको लागि रकम राखेर जम्मा १ अर्ब ३० करोड बाँकी रहन्छ । यही वितरण योग्य मुनाफालाई आधार मान्दा बैंकको लाभांश दिने क्षमता जम्मा १४ प्रतिशत मात्र रहेको छ । शेयर प्रिमियम शिर्षकमा रकम छैन।
निस्कर्ष:
यसरी बैंकको नाफा घटेसँगै प्रतिशेयर आम्दानीमा पनि गिरावट आएको छ । कम्पनीको प्रतिशेयर आम्दानीको तुलनामा बजार मूल्य धेरै हुँदा मूल्य आम्दानी अनुपात २० गुणा माथि रहेको छ । यसले कम्पनीको बजार मूल्य आम्दानीको तुलनामा निकै धेरै रहेको देखिएको छ ।
प्रमुख आम्दानीको श्रोतका रुपमा व्याज आम्दानी पनि वृद्धि हुन सकेको छैन भने संचालन मुनाफा पनि घटेको छ । वितरण योग्य मुनाफा निकै कम हुँदा लगानीकर्ताले निकै कम प्रतिफल पाउने सम्भावना छ ।
नोट : वित्तीय विवरणको आधारमा गरिएको विश्लेषण हेरे पश्चात पुन: अध्ययन गरेर लगानीको निर्णय लिनु होला । यो विश्लेषण पूर्ण नहुन पनि सक्छ। लगानी गर्ने वा नगर्ने बारेमा नेपालबहसले कुनै निर्णय दिएको हाेइन।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबालमन्दिर जग्गा हिनामिना आरोपीलाई पक्राउ नगर्न दबाब, अधिकांश भारततर्फ फरार
जेठ ४, २०८१ शुक्रबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
ताप्लेजुङमा टपरी गाँस्ने प्रतियोगिता
जेठ ४, २०८१ शुक्रबार
काठमाडौँमा ‘न्यूयोर्क राइटर्स वर्कसप’ र ‘हिमालयन लिटरेचर फेस्टिभल’ हुँदै
जेठ ४, २०८१ शुक्रबार
गोरखामा पौडी खेल्ने क्रममा डुबेर दुईजनाको मुत्यु
जेठ ४, २०८१ शुक्रबार
बागमती प्रदेशसभाका चारवटा समिति सभापतिमा मनोनयन दर्ता
जेठ ४, २०८१ शुक्रबार
‘विद्युतीय सवारीसाधनको प्रयोग बढाउन आवश्यक’
जेठ ४, २०८१ शुक्रबार
लागुऔषधको कुलतबाट विद्यार्थी जोगाउन अभियान
जेठ ४, २०८१ शुक्रबार