मनमोहन विश्वविद्यालयलाई विराट क्याम्पसबाट ४० करोडको सम्पत्ति हस्तान्तरण
नेपालबहस संवाददाता
भदौ ४, २०७७ शुक्रबार १:२५:५२
४ भदौ, विराटनगर । मनमोहन प्राविधिक विशवविद्यालयलाई विराटनगर –१४ स्थित विराट क्याम्पसको शैक्षिक कार्यक्रम, सम्पत्ति र दायित्व आज हस्तान्तरण गरिएको छ । प्रदेश नं १ सामाजिक विकास मन्त्रालयमा आज आयोजित कार्यक्रममा क्याम्पसका अध्यक्ष भूराज राईले करीब रु ४० करोडको सम्पत्ति तथा दायित्व विश्वविद्यालयका प्रमुख सुवास पोखरेललाई हस्तान्तरण गरे ।
सो अवसरमा विश्वविद्यालयका सहकुलपति तथा सामाजिक विकासमन्त्री जीवन घिमिरेले क्याम्पसको विगतको शैक्षिक उचाइलाई कायम राखी विश्वविद्यालयले कार्यक्रम सञ्चालन गर्ने बताउँदै पाठ्यक्रम तयारीमा रहेको र शैक्षिक कार्यक्रम सञ्चालन गर्न एकदेखि डेढ वर्ष लाग्ने भएकाले तत्कालका लागि प्रदेश सरकार र विश्वविद्यालयले सीप प्रशिक्षण केन्द्र शुरु गर्ने जानकारी दिए।
विश्वविद्यालयका प्रमुख पोखरेलले विराट क्याम्पसको लक्ष्य पूरा गर्न यस क्षेत्रमा शैक्षिक विकासका कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । विराट क्याम्पसका अध्यक्ष भूराज राईले शिक्षामा योगदान दिन नाफारहित उद्देश्यले विसं २०४८ मा स्थापित क्यापसको भावनानुरुप विश्वविद्यालयलाई योगदान पु¥याउन आग्रह गरे । विराटनगर–१४ स्थित क्याम्पसका नाममा १५ कठ्ठा १० धुर जग्गामा दुईतले भवन छ ।
पीसीआर परीक्षणको दायरा वृद्धि गरिने
सामाजिक विकासमन्त्री घिमिरेले पीसीआर टेष्टको दायरा विराटनगरमा वृद्धि गरिने बताए । मन्त्रालयद्वारा आज यहाँ आयोजित कोशी अस्पताल ‘कोभिड–१९’ उपचार केन्द्र सेवा विस्तारसम्बन्धी पत्रकार सम्मेलनमा उनले यस क्षेत्रमा सङ्क्रमण वृद्धि भएकाले कन्टयाक ट्रेसिङका आधारमा परीक्षण वृद्धि गरिने जानकारी दिए ।
उनका अनुसार कोशी अस्पताल ‘कोभिड–१९’ उपचार केन्द्र विराटनगरलाई लेवल –२ रुपमा विस्तार शुरु गरिएको छ । केन्द्रमा १० सघन उपचार कक्ष, दुई फिक्स्ड र तीन पोर्टेबलसहित पाँच भेन्टिलेर तयारी अवस्थामा छ ।
उनले लक्षण देखिएका बिरामीलाई उपचार केन्द्र र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धरानमा राखिने बताउँदै झापा, मोरङ र सुनसरीमा स्थानीयस्तरमा आइसोलेशन सङ्ख्या वृद्धि गरी लक्षण नदेखिएका बिरामीलाई सोही स्थानमा व्यवस्था गरिने जानकारी दिए ।
एक प्रश्नका जवाफमा उनले कानूनी विधि अपनाई अस्पतालको सेवासुविधा व्यवस्थित गर्न मुद्दा दर्ता हुनु राम्रो हो भन्दै चिकित्सक र स्वास्थ्यकर्मीलाई कुटपिट गर्ने कार्यलाई तत्काल नियन्त्रण गरिने आश्वासन दिए ।
मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले स्वास्थ्यकर्मीलाई असारसम्मको जोखिम भत्ता उपलब्ध गराइएको र साउनको चाँडै निकासा गरिने जानकारी दिए। कोशी अस्पतालका मेडिकल सुपरेडेण्टेन्ट डा चुमनलाल दास र कोशी अस्पताल ‘कोभिड–१९’ उपचार केन्द्रका मुख्य चिकित्सक डा दीपक सिग्देलले बिरामीको प्रकृतिका आधारमा उपचार सेवा उपलब्ध गराइएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपथपलिया पूर्वाञ्चल र गौतम मध्यपश्चिको उपकुलपति
बैशाख १८, २०८१ मंगलबार
त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिममा २० जना सहभागी
बैशाख १३, २०८१ बिहिबार
मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा, खड्का, गौतम र सिंहको नाम सिफारिस
बैशाख ७, २०८१ शुक्रबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
जेठ १, २०८१ मंगलबार
सरकारको प्राथमिताः गोलीगठ्ठा उत्पादनमा स्वदेशमै आत्मनिर्भर
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा भोलि सुनुवाइ हुने
जेठ १, २०८१ मंगलबार
कतारले भन्यो -'इजराइलको रफाह आक्रमणले हमास वार्तालाई ‘पछाडि’ धकेल्यो '
जेठ १, २०८१ मंगलबार
प्रदेश सरकारको आगामी विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता स्वीकृत
जेठ १, २०८१ मंगलबार
सरकारको भनाइ एकातिर छ, गराइ अर्काेतिर : कांग्रेस
जेठ १, २०८१ मंगलबार
नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह
जेठ १, २०८१ मंगलबार