पेआइसोलेशन’ सञ्चालन गर्न दुई होटल तयार
नेपालबहस संवाददाता
भदौ १२, २०७७ शुक्रबार २१:३४:२८
१२ भदौ, पोखरा । कोभिड– १९ का सङ्क्रमित बढ्न थालेपछि पोखरा महानगरको आग्रहमा यहाँका दुई होटल ‘पे आइसोलेशन’ सञ्चालन गर्न तयार भएका छन् । महानगरद्वारा जारी तीनदिने सूचनाको आधारमा यहाँस्थित रोयल पाम होटल र होटल स्टेले आइसोलेशन सेन्टर बनाउन आवेदन दिएको महानगरका सूचना अधिकारी भरत पौडेलले जानकारी दिए ।
यहाँ सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि होटललाई पनि पे आइसोलेशनको रुपमा प्रयोगका लागि आह्वान गरिएको महानगर प्रमुख मानबहादुर जिसीले बताए । उनले भने, “कोभड –१९ को जोखिम बढिरहेको छ ।महानगरले कृषि तालिम केन्द्र मालेपाटनमा ४० श्य्याको आइसोलेशन तयार गरेको छ । यो मात्र पर्याप्त हुँदैन यसैले पे आइसोलेशनका लागि होटलहरुलाई आह्वान गरेका हौ ।” उहाँले पहिलो चरणमा दुई होटल इच्छुक देखिएको तथा उनीहरुले उपलब्ध गराउने सेवा सुविधा शुल्कको बारेमा छफफल भइरहेको जानकारी दिए ।
यसअघि महानगरको सहकार्यमा ‘पे क्वारेन्टाइन’ सञ्चालन गरिएको थियो । ती क्वारेन्टाइनबाट करिब चारसय जनाले सुविधा लिएको बताइएको छ । ‘पे क्वारेन्टाइनमा बस्नेहरुका लागि एक दिनको एक हजारदेखि दुई हजारसम्म मूल्य तोकिएको छ । महानगरले विदेशबाट आएर स्वेच्छाले आफ्नै खर्चमा सुविधासम्पन्न होटलमा बस्न चाहानेका लागि यो सुविधा उपलब्ध गराएको जनाएको छ ।महानगरको सूचनाको आधारमा आइसोलेशन सेन्टरको रुपमा होटल सञ्चालनको लागि इच्छुक देखिएको पोख– १४ चाउथे स्थित होटल रोयल पामका व्यवस्थापक राज श्रेष्ठले बताए ।
उनले भने, “ गतचैत पहिलो साताबाट होटल बन्द छ, कोरोनाको जोखिम बढिरहेको छ । यो अहिलेको कठिन अवस्थामा स्वास्थ्य सतर्कताका सम्पूर्ण मापदण्ड पूरा गरेर होटल आइसोलेशनका सेन्टरको रुपमा दिएर सामाजिक उत्तरदायित्व निर्वाह गर्नु हाम्रो पनि दायित्व हो ।” होटलमा ३० कोठामा ६० श्य्या रहेको र ३५ कर्मचारी कार्यरत रहेका छन् । आइसोलेशनको रुपमा दिने सेवा सुबिधा र शुल्कको बारेमा महानगरसँग समन्वय गरेर अघि बढ्ने उनले जानकारी दिए।
पोखरा–१७ ड्यामसाइड स्थित होटल स्टेमा सञ्चालक लिलाबल्लभ पोखरेलले २३ कोठालाई आइशोलेशनको रुपमा दिन तयार भएको बताए । “कोरोना सङ्क्रमितलाई हेर्ने दृष्टिकोण निकै नकारात्मक छ, सुरक्षा बिधि अपनाएर अब जनजीवनलाई सामान्य बनाउनु पर्छ, सङ्क्रमित प्रति सकारात्मक दृष्टिकोणको सन्देश दिन पनि होटललाई आइसोलेशन सेन्टरको रुपमा दिन तयार भएको हुँ । ” उनले भने । उनले सबैले आ–आफ्नो क्षेत्रबाट उत्तरदायित्व बहन गर्दै जान सकिएमा महामारी जित्न सकिने र स्थिति सामान्य हुँदै जाने विश्वास व्यक्त गरे ।
पोखरा –६ स्थित होटल कुटीका सञ्चालक देवेन्द्र केसीले अहिले क्वारेन्टाइनको रुपमा होटल सञ्चालन भएको र आवश्यक परे आउने दिनमा आइसोलेशनको लागि होटल दिएर राज्यलाई सहयोग गर्न तयार रहेको जानकारी दिए ।
पश्चिमाञ्चल होटल सङ्घका अध्यक्ष विकल तुलाचनले पोखरा महानगरपालिकाको आइसोलेशनका लागि आह्वान गरेपनि यहाँका अधिकांश होटल बन्द हुनुका साथै पर्याप्त पार्किङ्ग लगायतका मापदण्ड भित्र नपरेकाले आवेदन नदिएको बताए । उनले पोखरामा सात सय होटल रहेको र हाल क्वारेन्टिनमा सूचिकृत भएका २४ मध्ये ८ होटल मात्र सञ्चालनमा आएको जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबहुप्राविधिक शिक्षालयको शैक्षिक गुणस्तर खस्किँदै
बैशाख ३१, २०८१ सोमबार
दमक बहुमुखी क्याम्पसमा ई–लाइब्रेरी सञ्चालनमा
बैशाख ३०, २०८१ आइतबार
वीरगञ्जमा गर्मी बढेसँगै बिहानी कक्षा सञ्चालन
बैशाख २६, २०८१ बुधबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा
बैशाख ३१, २०८१ सोमबार
आइपिएलमा आज दिल्ली र लखनउ खेल्दै
जेठ १, २०८१ मंगलबार
म्याग्दीलाई पूूर्णखोप सुनिश्चितता दिगोपना घोषणा
जेठ १, २०८१ मंगलबार
वर्षाले खेल रद्द भएसँगै गुजरात प्लेअफबाट बाहिरियो
जेठ १, २०८१ मंगलबार
'कान्स फिल्म फेस्टिभल'मा सहभागी हुन बालेन फ्रान्स प्रस्थान
जेठ १, २०८१ मंगलबार
संसदको गतिरोध हटाउन प्रधानमन्त्री र कांग्रेस नेताहरुबीच छलफल
जेठ १, २०८१ मंगलबार
एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठक आजदेखि
जेठ १, २०८१ मंगलबार