सशस्त्र प्रहरी भारतसँगको सीमा नाकामा सुरक्षा पोष्ट बढाउँदै
नेपालबहस संवाददाता
भदौ २१, २०७७ आइतबार १३:३१:३१
२१ भदौ, महोत्तरी । कोभिड–१९ सङ्क्रमण बढ्दै जाँदा प्रदेश–२ मा सशस्त्र प्रहरीले सीमा सुरक्षा पोष्ट दोब्बरभन्दा बढी बढाउने भएको छ । भारतीय सीमा क्षेत्रमा सशस्त्र प्रहरी सीमा सुरक्षा पोष्ट ‘बिओपी’ को अहिलेको सङ्ख्या ५० मा ७३ थपेर १२३ पुर्याउन लागिएको सशस्त्र प्रहरी बल प्रदेश–२ छिन्नमस्ता बाहिनी कार्यालय बर्दिवास ‘महोत्तरी’ ले जनाएको हो ।
सीमा क्षेत्रमा हुने अवाञ्छित क्रियाकलापको निगरानीमा थप जनशक्ति बढाउन आवश्यक भएपछि सशस्त्र प्रहरी सीमा सुरक्षा पोष्ट ‘बिओपी’ थपिन लागेको हो । प्रदेश –२ को भारतसँग सीमा जोडिएको ४६४ किलोमिटर दूरीभित्र बिओपी थप्न थालिएको बाहिनी कार्यालयले जनाएको छ ।
प्रदेशका आठ जिल्लाका सीमाक्षेत्रमा तीन चरणमा ७३ बिओपी थप्ने योजनाअन्तर्गत अहिले तत्काल पहिलो चरणमा १२ वटा सञ्चालनमा ल्याइहालिने सशस्त्र प्रहरी बलका प्रदेश–२ प्रमुख ‘बाहिनीपति’ तथा सशस्त्र प्रहरी नायब महानिरीक्षक कृष्णभक्त ब्रह्मचार्यले स्पष्ट पारे । यसक्रममा केही नयाँ पोष्ट सञ्चालनमा आइसकेका छन् । त्यसपछि क्रमशः दोस्रो चरणमा २४ र तेस्रो चरणमा ३७ बिओपी स्थापना गरिने छ । सशस्त्र प्रहरी सीमा पोष्टमा अहिले प्रदेशभरिमा तीनहजार ५०० जनशक्ति परिचालित छन् ।
अहिले कोभिड–१९ सङ्क्रमणको सन्त्रास छाएका बेला सीमाक्षेत्रमा हुने दोहोरो आवागमन रोक्न, सीमाक्षेत्रमा हुँदै आएका अवाञ्छित क्रियाकलाप निरुत्साहित गर्न र सीमा सुरक्षामा थप जनशक्ति बढाउन बिओपी थपिन लागेको बाहिनी कार्यालयले स्पष्ट पारेको छ ।
कोभिड–१९ सङ्क्रमण शुरु भएदेखि सशस्त्र प्रहरीले प्रदेश–२ का नाकाहरुमा ५९ वटा ‘फरवार्ड अपरेटिङ बेस’ ‘एफओबी’ समेत स्थापना गरेको छ । अवैधरूपमा भारतबाट भित्रिने व्यक्तिलाई रोक्ने र क्वारेन्टाइन केन्द्रमा पठाउने काम एफओबीले गर्दै आएको बाहिनीपति ब्रह्मचार्यको भनाइ छ ।
कोभिड–१९ संक्रमण रोकथामका लागि प्रदेशभित्र सशस्त्र प्रहरीले २० ठाउँमा ५५१ शय्याका क्वारेन्टाइन केन्द्र सञ्चालनमा ल्याएको छ । प्रदेशभित्र सञ्चालनका लागि आठवटा ‘ड्रोन’ तयार अवस्थामा राखिएका छन् । सशस्त्र प्रहरीले प्रदेशका आठ जिल्लाका भारतसँग सीमा जोडिएका स्थानीयतहका १३३ वडामा सम्बन्धित वडाअध्यक्षको नेतृत्वमा गठित सीमा निगरानी समितिसँग समन्वय गरेर ‘सीमा सुरक्षामा जनता र सशस्त्र प्रहरी साथसाथ छन्’ भन्ने सन्देश प्रवाह गरेको बाहिनीपति ब्रह्मचार्यको भनाइ छ ।
सशस्त्र प्रहरीका सीमा प्रहरी पोष्टले आर्थिक वर्ष २०७७/०७८ शुरु भएयताका साउनदेखि हालसम्मको अवधिमा अवैध तरिकाले सीमा वारपार गरिन लागिएका करिब छ करोड मूल्यका समान बरामद गरी सम्बन्धित भन्सार कार्यालयहरुलाई बुझाएको छ । यसैगरी आपराधिक क्रियाकलापमा भेटिएका २४ जनालाई नियन्त्रणमा लिई कारवाहीका लागि सम्बन्धित नेपाल प्रहरीका कार्यालयमा बुझाइएको बाहिनी कार्यालयले जनाएको छ ।
यस अवधिमै स्रोत नखुलेको रु २७ लाख ९५ हजार ७३० नगद र वनक्षेत्रमा हुने अवैध चोरी कटानका नौ लाख मूल्यका काठ बरामद गरी सम्बन्धित वन कार्यालयलाई बुझाइएको बाहिनी कार्यालयले जनाएको छ । सशस्त्र प्रहरी बलले थप पोष्ट र जनशक्ति बढाएसँगै सीमाक्षेत्रबाट हुने आपराधिक क्रियाकलाप नियन्त्रणमा सुधार हुने सीमाक्षेत्रका सर्वसाधारणले आस सङालेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसशस्त्रका डीआईजी न्यौपानेलाई प्रवक्ताको जिम्मेवारी
जेठ ४, २०८१ शुक्रबार
सशस्त्र प्रहरी बलका १६ डीआईजी र १८ एसएसपीको सरुवा, मधेश प्रदेशमा धौबजी र कोशीमा सुवेदी
बैशाख १९, २०८१ बुधबार
फेवातालमा सशस्त्रकाे विपद् उद्धारसम्बन्धी कृतिम घटना अभ्यास
बैशाख १८, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार
सहकारी प्रकरणसम्बन्धी छानबिन समिति बनाउने सहमति, मोडालिटीबारे छलफल बाँकी
जेठ ५, २०८१ शनिबार
फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
जेठ ५, २०८१ शनिबार