प्रचण्डका घरबेटी कालोसूचीमा !
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_SAbEGEXgEk.jpeg
)
नेपालबहस संवाददाता
भदौ २१, २०७७ आइतबार १७:२९:१७
![](https://nepalbahas.prixacdn.net/media/albums/sarada-prasad-adhakari_iPzcQxkXHB.jpg)
२० भदौ, काठमाडाैं । मलको ठेक्का लिएर भदौसम्म पनि मल नल्याउने नेकपाका अध्यक्ष प्रचण्डका घरबेटी शारदाप्रसाद अधिकारीको कम्पनी शैलुङ कस्ट्रक्सन कम्पनी कालोसूचीमा पर्ने भएको छ ।
मल ल्याउने सहमति गरेर किसानसमक्ष नपुर्याउने दुईवटा ठेकदार कम्पनीको ५/५ करोड रुपैयाँ धरौटी सरकारले जफत गरेसँगै दुवै कम्पनी कालोसूचीमा पर्ने भएका हुन् । यी दुवै कम्पनीलाई कालोसूचीमा राख्नका लागि कृषि मन्त्रालयले सिफारिस गरेको छ ।
आइतबार कृषि सामग्री संस्थानको बैठक बसेर दुबै ठेकदारको धरौटी जफत गर्न लागिएको हो । संस्थानले गत पुसमा वर्षायामको मल आपूर्तिका लागि शारदाप्रसाद अधिकारीको शैलुङ कस्ट्रक्सन कम्पनी र होमनाथ कोइरालाको होविको मल्टीपल कम्पनीलाई मल आपूर्तिको ठेक्का दिने निर्णय गरेको थियो ।
अधिकारी प्रचण्डका घरबेटी भएपनि होमनाथ कोइराला नेपाली कांग्रेस निकट ठेकदार हुन् । उनीहरुले मल आपूर्ति गर्नुपर्ने अन्तिम ‘डेटलाइन’ सकिइसकेको तर अहिलेसम्म आपूर्ति गर्न नसकेका कारण दुबै कम्पनीलाई कारवाही गर्न लागिएको हो ।
मलको आपूर्ति र वितरण दुबैमा गडबडी हुने गरेको निश्कर्ष निकाल्दै कृषि मन्त्रालयले दुबै ठेकदारलाई कारवाही गरी धरौटी जफत गर्ने र कालो सूचीमा राख्ने निर्णय गर्न लागेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमदिरा र सुर्तीजन्य वस्तुमा कर वृद्धि
जेठ १५, २०८१ मंगलबार
बजेटबारे नेताहरूको मिश्रित प्रतिक्रिया : कोही भन्छन्- राम्रो, कोही भन्छन् नराम्रो !
जेठ १५, २०८१ मंगलबार
सूचना प्रविधि आर्थिक विकासको रुपान्तरणकारी क्षेत्रमा समावेश
जेठ १५, २०८१ मंगलबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
५१ प्रहरी कर्मचारीहरुलाई ट्राफिक प्रशासन तालिम प्रदान
असार २, २०८१ आइतबार
नक्कली लाइसेन्स प्रकरणमा यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ५ जना पक्राउ
असार २, २०८१ आइतबार
कोशी प्रदेशमा दश वर्षमा चट्याङ लागेर दुई सय ५४ जनाले ज्यान गुमाए
असार ३, २०८१ सोमबार
साउदी अरबमा अत्यधिक गर्मीका कारण १४ हजयात्रीको मृत्यु
असार ३, २०८१ सोमबार
'माया बस्यो' भन्दै आए सुरेश र डा.एलिया
असार ३, २०८१ सोमबार
ग्लोबल आइएमई बैंकका ग्राहकलाई होटेल आइकावाका विभिन्न सेवामा विशेष छुट
असार ३, २०८१ सोमबार
भारतमा रेल दुर्घटनामा परी पाँच जनाको मृत्यु
असार ३, २०८१ सोमबार