पालमुनि बसेर सीमा सुरक्षा गर्दै सशस्त्र प्रहरी
नेपालबहस संवाददाता
भदौ २३, २०७७ बुधबार ३:५:१७
२३ भदौ, बर्दिया । सीमा सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरीलाई बस्न बर्दियामा विभिन्न स्थानमा पोस्ट निर्माण गर्न थालिएको छ । बर्दियामा आठवटै नगरपालिकाले सशस्त्र प्रहरी पोस्टहरु एक÷एकवटा निर्माण गर्ने जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले निर्णय गरेअनुसार हाल दुई पालिकाले पोष्ट निर्माणमा सहयोग गरेका छन् भने अन्य छ पालिकामा भने अझै सशस्त्र प्रहरी बस्ने क्याम्प निर्माण हुन बाँकी रहेको बताइएको छ ।
बर्दियामा रहेका २५ ठाउँमा स्थायी पोष्ट नहुँदा त्रिपालमुनि बसेर सशस्त्र प्रहरीले सीमा सुरक्षा गरिरहेको सशस्त्र प्रहरी बल ३१ नम्बर गणका प्रहरी उपरीक्षक नवराज राउतले जानकारी दिए । अहोरात्र रातदिन कोरोनासँगै जुझ्दै सीमा नाका सुरक्षामा खटिंदा समस्या भएको उहाँको भनाइ छ ।
बारबर्दिया नगरपालिकाले रु १० लाखको आर्थिक सहयोगमा गुलरिया नगरपालिका—९ मा सशस्त्रको पोस्ट निर्माण कार्य अघि बढिरहेको छ । बाँसगढी नगरपालिकाको आर्थिक सहयोगमा बढैयाताल गाउँपालिका—८ को कण्ठपुर चोकमा पोष्ट निर्माण हुन लागेकाले यतिबेला त्रिपालमुनि बसेर सुरक्षा दिइरहेको उनले बताए ।
यसैबीच सशस्त्र प्रहरीले एक सातामा रु ३० लाखबराबरको सामान पक्राउ गरी बर्दियाको गुलरियामा रहेको छोटी भन्सार कार्यालयमा बुझाएको छ । बर्दियामा चोरी तस्करी नियन्त्रण अभियानमा सशस्त्र प्रहरी बल ३१ नम्बर गण सक्रियरुपमा लागेको छ ।
यस आवमा भदौ १७ गतेसम्ममा सशस्त्र प्रहरी बल नेपालको टोलीले चोरी पैठारी गरी नेपालतर्फ ल्याउँदै गरेको सूर्तीजन्य सामग्रीहरु किराना समान, कपडा, मल, विद्युतीय सामानहरु गरी रु २९ लाख ६२ हजार ३४ बराबरको समाना पक्राउ गुलरिया छोटी भन्सार कार्यालयमा बुझाएको जानकारी राउतले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसशस्त्रका डीआईजी न्यौपानेलाई प्रवक्ताको जिम्मेवारी
जेठ ४, २०८१ शुक्रबार
सशस्त्र प्रहरी बलका १६ डीआईजी र १८ एसएसपीको सरुवा, मधेश प्रदेशमा धौबजी र कोशीमा सुवेदी
बैशाख १९, २०८१ बुधबार
फेवातालमा सशस्त्रकाे विपद् उद्धारसम्बन्धी कृतिम घटना अभ्यास
बैशाख १८, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार
सहकारी प्रकरणसम्बन्धी छानबिन समिति बनाउने सहमति, मोडालिटीबारे छलफल बाँकी
जेठ ५, २०८१ शनिबार
फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
जेठ ५, २०८१ शनिबार