घरका छत र वरण्डामा कौसी खेती फस्टाउँदै
नेपालबहस संवाददाता
भदौ २७, २०७७ शनिबार १६:२८:२९
२७ भदौ, काठमाडौं । घरका छत र वरण्डाको उपयोग गरी शहरी क्षेत्रमा कौसी खेती गर्ने चलन बढेको छ । कौसी खेती भन्नाले घरको छाना, कौसी र खुल्ला भाग जस्तै वरण्डा, बलेसीमा आलङ्कारिक वा पोषणयुक्त बिरुवा लगाउनु हो ।
“ घरको खाली ठाउँको सदुपयोग गरी अर्गानिक, ताजा, र आय आर्जनमा समेत सहयोगी कौसी खेती शहरी क्षेत्रमा बढ्दो छ”, कौसी खेती प्रवद्र्धनमा लाग्नुभएका नेपाल एग्रो लाइभप्रालिका प्रमुख कार्यकारी अधिकृत राजन गैरे भन्छन । शहरमा सीमित जग्गा हुने अग्ला र घनावस्तीका घरमा आधुनिक कृषिमा आधारित सरल र सुलभ प्रविधिको प्रयोग गरी कौसी खेती गरिन्छ ।
नेपाल एग्रोले कृषिको व्यवसायीकरणमा जोड दिँदै त्यसको विकासका लागि आवश्यक सामग्री, प्रविधि, औजार, तालीम र परामर्श दिन्छ । साना, थोपा र मिस्ट सिँचाइ, बेमौसमी तरकारी उत्पादन गर्न बाँस र फलामका आधुनिक प्लाष्टिक घर बनाउन यसले काम गर्दै आएको छ ।
अहिले कोरोनाले चिन्ता थपेको छ । लकडाउन, कफ्र्यूले घरमै बस्नुपर्दा फुर्सदको उपयोग, शारीरिक परिश्रम र मन बहलाउन यो खेती उपयोगी बनेको छ । यसमा धेरैजसो माटोको प्रयोग गरिएपनि अचेल माटोभन्दा नरिवलको जटालाई धूलो बनाई खदिलो रुपमा तयार पारिएको “कोकोपीट” प्लाष्टिकको झोला “ग्रो ब्याग” मा राखी बिरुवा रोपिन्छ ।
कोकोपीटमा अर्गानिक मलसहितका पौष्टिक तत्व मिसाइन्छ जसले बिरुवा छिटो हुर्कन सघाउँछ । रोगबाट बच्न निमको तेल छरिन्छ । रोग बढी लाग्ने, फोहर र छतमा असर पर्ने हुँदा माटोको तुलनामा कोकोपीटको प्रयोग बढेको छ । पाँच केजीको नौ वटा ब्लक भयो भने त्यसले ५० वटा ग्रो ब्यागमा तरकारी फलाउन सकिने कार्यकारी अधिकृत गैरे बताउछन । प्रदूषण र तापक्रम केही कम गर्न र घरको सुन्दरता बढाउन यो खेती गरेको पाइन्छ ।
नेपाल एग्रोले नुवाकोटको किम्ताङ र बुम्ताङका कृषकलाई आधुनिक तरकारी उत्पादनसम्बन्धी कार्यक्रम, काभ्रे तिमालका कृषकलाई आकाशे पानी सङ्कलन, दामनमा विविध सिँचाइ, काठमाडाैं टोखाको लक्ष्मिपुर कृषि फार्म, ललितपुर सुनाकोठीको गणपति यल कृषि फार्म र सुयोग आधुनिक कृषि फार्मको लागि व्यावसायिक खेती गर्न सर्वे डिजाइनलगायत प्राविधिक सेवाको काम गरिसकेको छ ।
संस्थाले नख्खीपोट, स्वयम्भू, कुसुन्ती, रामकोट, कोलोनीसहित सयजति घरमा पुगेर कौसी खेतीको तालीम दिएको छ । “५० ब्यागमा तरकारी लगाउँदा सानो परिवारलाई मासुबाहेक मौसम अनुसारका ताजा तरकारी खान पुग्छ”, गैरे भन्छन । यसमा करेला, घिरौला, सीमी, बोडी, खुर्सानी, क्याप्सीकम, गोलभेडा, धनियाँ, बर्खे साग, भेडीलगायत मौसम अनुसारका तरकारी लगाउन सकिन्छ ।
नेपाल एग्रोले बिरुवा, बीउ, मल, ब्याग, परामर्श र सामग्रीसहित प्याकेजमा करिब रु १५ हजारमा सेवा दिएको हिकास्टबाट कृषि विज्ञानमा स्नातक संंस्थाका कृषि अधिकृत सार्थक गैरेले बताए । “थोपा सिँचाइ लगाउन सकिन्छ, तर अहिले पानी हाल्ने हजारी दिएका छौँ”, अधिकृत सार्थक थप्छन । ब्यागमा बेलाबेलामा मल थप्छन ।
राजनले आइडिइ नेपालमा १० वर्ष तथा तथा युएसएआइडीको सहयोगमा ११ जिल्लामा सञ्चालित किसान परियोजनामा साना तथा थोपा सिँचाइ, कृषि प्रविधि, अनुसन्धान र विकाससम्बन्धी अनुभव बटुले ।
“यो खेतीमा अनुदान होइन निजी क्षेत्रले आधुनिक प्राविधिक परामर्श र व्यावहारिक ज्ञान दिनुपर्छ”, बीस वर्षको कृषि खेती र प्रविधिमा सक्रिय उनको भनाइ छ । संस्थाले गोर्खा र धादिङका एक हजार १०० घरमा स्वच्छ बगैँचा स्वच्छ घरको कार्यक्रम चलाएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमदिरा र सुर्तीजन्य वस्तुमा कर वृद्धि
जेठ १५, २०८१ मंगलबार
बजेटबारे नेताहरूको मिश्रित प्रतिक्रिया : कोही भन्छन्- राम्रो, कोही भन्छन् नराम्रो !
जेठ १५, २०८१ मंगलबार
सूचना प्रविधि आर्थिक विकासको रुपान्तरणकारी क्षेत्रमा समावेश
जेठ १५, २०८१ मंगलबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
भिर मौरीको मह सिकारबाट मनग्य आम्दानी
असार ३, २०८१ सोमबार
इन्धन ढुवानी चालक र सरकारबीच उद्योग मन्त्रालयमा वार्ता
असार ३, २०८१ सोमबार
लुम्बिनीमा बाल मृत्युदर घट्यो
असार ३, २०८१ सोमबार
सुनको मूल्य ६ सयले घट्यो, प्रतितोला कति ?
असार ३, २०८१ सोमबार
अल्लु अर्जुन र आमिर खान बक्स अफिसमा आमनेसामने हुने
असार ३, २०८१ सोमबार
मजदुर आन्दोलनका कारण प्राइभेट पेट्रोल पम्प बन्द, सरकारी पम्पमा थेगिनसक्नु लाइन
असार ३, २०८१ सोमबार