नेप्सेको सिस्टममा समस्या तर नाै वटा उपसुचकमा भने उत्साहजन बृद्धि
नेपालबहस संवाददाता
भदौ २८, २०७७ सोमबार १:२४:१०
२८ भदौ, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रणालीमा आज फेरि समस्या देखिएको छ । नेप्सेको सिस्टममा समस्या आएता पनि नाै वटा उपसुचकमा भने उत्साहजन बृद्धि भएकाे छ । पछिल्ला केही दिनदेखि देखिँदै आएको समस्या समाधान नहुँदा यसको प्रभाव आज पनि बजारमा देखियो । जसका कारण आज दिउँसो केही समय लगानीकर्ताले शेयर किन्न र बिक्री गर्नसमेत समस्या व्योहोरेका छन् । यद्यपी समस्या समाधान गरिएसँगै कारोबार भएको थियो । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि भयो । स्टकका अनुसार नेप्से १६.५६ बिन्दुले बढेर एक हजार ५३७.२५ मा पुग्यो । यस्तै सेन्सेटिभ परिसूभक २.५९ ले वृद्धि भई ३०३.९७ मा पुग्यो । आज कूल १९१ कम्पनीको ७१ लाख ७९ हजार ८ कित्ता शेयर रु तीन अर्व ३७ करोड ४१ लाख ४४ बराबरको कारोबार भयो ।
स्टकका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये तीन उपसमूहको शेयर भने ओरालो लागेको छ । व्यापार २९.२२, वित्त २.९४ र सामूहिक लगानी कोष ०.०८ बिन्दुले घटेको छ । यस्तै बैंकिङ ५.८२, होटल ५७.९६, विकास बैंक १.३६, जलविद्युत् ४०.१५, निर्जीवन बीमा ३२५.१५, उतपादन १७.०८, अन्य ०.८७, लघुवित्त ८.२ र जीवन बीमा २८३.८८ ले वृद्धि भएको छ ।
स्टकका अनुसार कारोबारका आधारमा आज पनि पुनरबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु २४ करोड २० लाख ३२ हजार ३८८ बराबरको कारोबार भई शीर्ष स्थानमा रह्यो । यस्तै नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु १९ करोड ३० लाख ७६ हजार ६७, नागरिक लगानी कोष रु १६ करोड ३९ लाख १८ हजार ५०९, शिवम् सिमेन्ट रु १० करोड ५६ लाख ९७ हजार ५२ र प्रिमियर इन्स्योरेन्स कम्पनी रु १० करोड २५ लाख ४६ हजार ३०३ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।
स्टकका अनुसार रिलायन्स इन्स्योरेन्स कम्पनी ९.९८, एनआरएन लघुवित्त वित्तीय संस्था ९.९५, एनआरएन इन्फ्रास्टकचर ९.७७, राधी विद्युत् कम्पनी ९.६३ र अरुण ध्याली हाइड्रोपावर कम्पनीका शेयररधनीले ९.२४ प्रतिशतले कमाए । यस्तै, नबिल ब्यालेन्स फण्ड दुई ९.२७, दिव्यश्वरी हाइड्रोपावर ५.१७, आँखु खोला जलविद्युत् कम्पनी ४.५५ र नागरिक लगानी कोषका लगानीकर्ताले ४.१२ प्रतिशतले गुमाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकारोबारको पहिलो दिन नेप्से आज १७ अङ्कले घट्यो
असार २, २०८१ आइतबार
खिम्ती–२ को शेयर व्यवस्थापन नागरिक लगानी कोषले गर्ने
जेठ ३१, २०८१ बिहिबार
नेप्सेमा आज सामान्य अङ्कको वृद्धि, कारोबार ५ अर्ब ८९ करोडमाथि
जेठ ३०, २०८१ बुधबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
सुतिरहेको अवस्थामा चट्याङ लागेर एक जनाको मृत्यु
असार ३, २०८१ सोमबार
म प्रहरी चलाउने पक्षमा छैन, आईजी फेरिन्नः प्रधानमन्त्री
असार ३, २०८१ सोमबार
शहरको सडकमाथि बनाइएको 'ओभरब्रिज'
असार ३, २०८१ सोमबार
ताप्लेजुङका २५ घर परिवार बाढी पहिरोबाट विस्थापित
असार ३, २०८१ सोमबार
जारी टी-२० विश्वकपको सुपर आठको समीकरण पुरा
असार ३, २०८१ सोमबार
भिर मौरीको मह सिकारबाट मनग्य आम्दानी
असार ३, २०८१ सोमबार