बैरेनी ब्यारेकका २७ सहित ३१ जनामा संक्रमण
नेपालबहस संवाददाता
भदौ २८, २०७७ सोमबार २:११:३३
२८ भदौ, धादिङ । जिल्लामा आज ३१ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । त्रिपुरासुन्दरी गाउँपलिकामा तीन र गल्छी गाउँपलिकामा २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
गल्छीका २१ वर्षका तीन, २० वर्षका चार, ३० वर्षका तीन, ३५ वर्षका चार, १९ वर्षका दुई, ३४ वर्षका दुई, २७ वर्षका दुई, ३३ वर्षका दुई, ३६ वर्षका दुई, २६, ३८, ३७ र २२ वर्षका पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको गाउँपालिका स्वास्थ्य संयोजक रामप्रसाद ज्ञवालीले जानकारी दिए ।
गल्छीका २८ जना कोरोना सङ्क्रमण भएकामध्ये बैरेनीमा रहेको श्री नं ६ बाहिनी अड्डा ९सेनाको ब्यारेक०मा कार्यरत २७ र एकजना गल्छी–६ निवासी रहेको ज्ञवालीले बताए । सेनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि ब्यारेकबाट बाहिर जान रोकिएको छ । यसअघि सो ब्यारेकका ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
उनीहरुको कन्ट्याक टे«सिङको आधारमा गरिएको परीक्षणमा धेरै जनामा सङ्क्रमण पुष्टि भएको हो । यसैगरी त्रिपुरासुन्दरी–२ का ४६ र ३६ वर्षीय पुरुष र २५ वर्षीया महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको त्रिपुरासुन्दरी गाउँपालिका स्वास्थ्य संयोजक यमबहादुर श्रेष्ठले जानकारी दिए ।
त्रिपुरासुन्दरीबाट ४३ जनाको स्वाब कोरोना परीक्षणका लागि पठाइएकामा आठ जनाको रिपोर्ट पोजिटिभ आएको थियो । आठमध्ये तीनजना नयाँ व्यक्तिमा कोरोना सङ्क्रमण देखिएको हो भने पाँचजना यसअघि नै कोरोना परीक्षण गर्दा पोजिटिभ आएका र १४ दिनपछि पुनः परीक्षणका लागि पठाउँदा पोजिटिभ आएको स्वास्थ्य संयोजक श्रेष्ठले बताए ।
त्रिपुरासुन्दरी गाउँपालिका तीनजना नयाँसहित २१ जना कोरोना सङ्क्रमित आइसोलेसनमा राखेर उपचार गरिरहेको गाउँपालिकाले जनाएको छ । कोरोना सङ्क्रमण पुष्टि भएकाहरु कसैलाई पनि लक्षण नदेखिएको र सबैलाई आइसोलेसनमा राखिएको धादिङ स्वास्थ्य कार्यालयले जनाकारी दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसीरम इन्स्टिच्युटले भन्यो: डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ
बैशाख २७, २०८१ बिहिबार
एस्ट्राजेनेकाले विश्वभरबाट कोरोना भाइरसको खोप फिर्ता लिँदै
बैशाख २६, २०८१ बुधबार
बढ्यो कोरोना संक्रमण, एक हप्तामा २८ जना संक्रमित
चैत २०, २०८० मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
झापाबाट १० महिनामा ३ सय ७२ लागुऔषध कारोबारी पक्राउ
जेठ ५, २०८१ शनिबार
मूर्तिकला व्यवसायबाट मनग्य आम्दानी
जेठ ५, २०८१ शनिबार
बालिकालाई करणी गरेको अभियोगमा ६१ वर्षीय वृद्ध पक्राउ
जेठ ५, २०८१ शनिबार
अमेरिकाले समुद्री मार्गबाट सहायताको पहिलो खेप पुर्याएको पुष्टि
जेठ ५, २०८१ शनिबार