रुपन्देहीमा कपिलवस्तुका दुई संक्रमितको मृत्यु
नेपालबहस संवाददाता
भदौ २९, २०७७ सोमबार १५:२०:५०
२९ भदौ, बुटवल । रुपन्देहीमा कविलवस्तुका दुई जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पताल बुटवल र भीम अस्पताल भैरहवामा उपचाररत् कपिलवस्तु शिवराज नगरपालिका वडा नम्बर ५ का २ जनाको मृत्यु भएको हो।
भीम अस्पतालमा उपचाररत शिवराज ५ का ५८ वर्षीय पुरुष र वडा नम्बर ५ कै ४७ वर्षीय महिलाको बुटवलमा मृत्यु भएको हो । यही भदौ २३ गते स्वास्थ्यमा समस्या देखिएपछि भीम अस्पतालको आइसोलेशनमा उपचारका लागि भर्ना भएका पुरुषको स्वास्थ्य गम्भीर बन्दै गएपछि ३ दिनअघि आइसीयूमा राखेर उपचार गरिदैं आइएको थियो।
आइतबार राती साढे १० बजे उनको उपचारकै क्रममा मृत्यु भएको हो । यस्तै कपिलवस्तु शिवराज नगरपालिका वडा नं ५ कै ४७ वर्षीया महिलाको उपचारका क्रममा सोमबार बिहान साढे ४ बजे मृत्यु भएको हो ।
भदौ २१ गते कोरोना संक्रमण पुष्टि भएपछि उनी अस्पताल भर्ना भएकी थिइन्। मिर्गौलाको समेत समस्या रहेकी उनले नियमित डायलाईसिस् गराउँदै आएकी थिइन्। पछिल्लो समय बुटवलमा कोरोना मृत्तकको संख्या दैनिक बढ्दै गएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसीरम इन्स्टिच्युटले भन्यो: डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ
बैशाख २७, २०८१ बिहिबार
एस्ट्राजेनेकाले विश्वभरबाट कोरोना भाइरसको खोप फिर्ता लिँदै
बैशाख २६, २०८१ बुधबार
बढ्यो कोरोना संक्रमण, एक हप्तामा २८ जना संक्रमित
चैत २०, २०८० मंगलबार
सामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
जेठ ९, २०८१ बुधबार
विश्वकप खेल्न आवेदन दिएका सन्दीपलाई अमेरिकाले दिएन भिसा
जेठ ९, २०८१ बुधबार
रौतहट ट्राफिकद्वारा २२ दिनमा ३३ लाख बढी राजश्व संकलन
जेठ १०, २०८१ बिहिबार
ललितपुरको हात्तिवनमा उभौली पर्वको रौनक [ फोटोफिचर ]
जेठ १०, २०८१ बिहिबार
सिन्थेसिस: इतिहासको पुर्नव्याख्या, हिन्दु गणतन्त्र अपरिहार्य
जेठ १०, २०८१ बिहिबार
स्वयम्भू महाचैत्यमा दर्शनार्थीको भीड
जेठ १०, २०८१ बिहिबार
छामघाट खोला र चुप्रा खोलाको सङ्गमस्थल
जेठ १०, २०८१ बिहिबार
खेतबारीमा लहलह झुलिरहेका अन्न
जेठ १०, २०८१ बिहिबार