डोटीमा निषेधाज्ञा खुकुलो
नेपालबहस संवाददाता
भदौ २९, २०७७ सोमबार १५:५३:२४
२९ भदौ, डोटी । डोटीमा गएरातीदेखि निषेधाज्ञा खुकुलो पारिएको छ । भदौ १४ गते राति १२ बजेदेखि लागु गरिएको निषेधाज्ञालाई आइतबार बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले खुकुलो बनाउने निर्णय गरेको हो ।
जिल्लामा कोरोना संक्रमितहरुको संख्या बढ्दै गएपछि समुदायमा कोरोना फैलिने डर बढेको भन्दै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको थियो । भदौ १४ गते एक साताका लागि लगाइएको निषेधाज्ञा एक साता पुनः थप गरिएको थियो । जिल्ला प्रशासन कार्यालय डोटीले आइतबार एक विज्ञप्ति जारी गर्दै निषेधाज्ञा पारेको जानकारी दिएको छ ।
सोमबारदेखि जिल्लामा हुने व्यापार व्यवसाय स्वास्थ्य साबधानी अपनाएर बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म गर्ने, सिट क्षमता भन्दा ५० प्रतिशत कम यात्रु राखेर र चालक सहचालकले मास्क प्रयोग गरेर मात्र जिल्लाभित्र सवारी साधन चलाउन पाइने छ ।
यस्तै सरकारी कार्यालय, शिक्षण संस्थाका कार्यालयहरु, निजी तथा गैरसरकारी संस्थाका कार्यालयहरु, बैंक र वित्तीय संस्थाहरुले स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी सञ्चालन गर्न पाउने बताइएको छ । होटेल, रेष्टुरेन्ट तथा खाजा घर भिडभाड नहुने गरी चलाउनु पर्ने व्यवस्था गरिएको छ ।
अर्को व्यवस्था नभएसम्म शैक्षिक संस्था, भाषा कक्षा, ट्युसन सेन्टर, प्रशिक्षण केन्द्र सञ्चालन नगर्ने, धार्मिक कार्य, मेला महोत्सव नगर्ने र मनोरञ्जनात्मक कार्य नपाइने बिज्ञप्तीमा उल्लेख छ । यस्तै सैलुन पसल, जिमखाना, समूहमा खेलिने खेल, ब्युटिपार्लर, पुस्तकालय सञ्चालन गर्ने, धार्मिक स्थलहरुमा नित्य पूजाबाहेक मेला पर्व लगाउन नपाइने, सामूहिक भोजभतेर गर्न नपाइने स्थानीय प्रशासनको विप्तिमा उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसीरम इन्स्टिच्युटले भन्यो: डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ
बैशाख २७, २०८१ बिहिबार
एस्ट्राजेनेकाले विश्वभरबाट कोरोना भाइरसको खोप फिर्ता लिँदै
बैशाख २६, २०८१ बुधबार
बढ्यो कोरोना संक्रमण, एक हप्तामा २८ जना संक्रमित
चैत २०, २०८० मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तनहुँको म्याग्दे गाउँपालिका–२ जामुने क्षेत्रमा सडक कालोपत्र
जेठ ५, २०८१ शनिबार
गाजाको जबलियामा ७० भन्दा बढी ठाउमा इजरायलको बमबारी
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
प्रधानमन्त्री निवास बालुवाटार प्रमुख दलका शिर्ष नेताहरु छलफलमा जुटे
जेठ ५, २०८१ शनिबार
'कोपिलाका सुगन्ध’ बजारमा
जेठ ५, २०८१ शनिबार
तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु
जेठ ५, २०८१ शनिबार