बलिउडका आयुष्मान विश्वकै शक्तिशाली अभिनेता
नेपालबहस संवाददाता
असोज ८, २०७७ बिहिबार १९:२९:४१
८ असोज, एजेन्सी । बलिउड अभिनेता आयुष्मान खुराना टाइम्स म्यागजिनको प्रभावशाली व्यक्तिको सूचीमा समावेश भएका छन् । टाइम म्यागजिनको विश्वका शक्तिशाली १०० जनाको सूचीमा पर्ने उनी सबैभन्दा युवा भारतीय अभिनेता हुन् । उनले इन्स्टाग्राममा एक पोस्ट गर्दै आफ्ना प्रशंसकसँग खुसी साटेका छन् । उनले टाइम्सको सूचीमा आफू पर्नुलाई गर्वको कुरा रहेको बताएका छन् । उनलाई अहिले बलिउडकर्मीहरुले बधाई दिइरहेका छन् ।
‘टाइम्सले जुन पहिचान मलाई दिलाएको छ, त्यसप्रति कृतज्ञ छु । एक कलाकारको रुपमा मैले फिल्मको माध्यमबाट केही सकारात्मक पतिवर्तन ल्याउने प्रयास गरेको छु । यो पल मेरो जीवनका लागि निकै महत्त्वपूर्ण छ,’ आयुष्मानले इन्स्टामा अगाडि लेखेका छन्, ‘मलाई लाग्छ कि सिनेमा त्यो तागत हो, जसले कुनै पनि मुद्धालाई उठाएर सही विषयमा बहस पैदा गर्न सक्दछ ।’
त्यस्तै, अभिनेत्री दीपिका पादुकोणले आयुष्मानको तारिफ गर्दै टाइम्स म्यागजिनका लागि लेखेकी छन्, ‘फिल्म ‘विक्की डोनर’ बाट आयुष्मानले आफ्नो अलग पहिचान बनाएका छन् । उनले यादगार फिल्म र अनौठा किसिमका चरित्रबाट अलग छाप छाडेका छन् ।’ आयुष्मानले ‘विक्की डोनर’बाट बलिउडमा डेब्यु गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘पुजार सार्की’मा आर्यन : विगतभन्दा 'टफ' भूमिका, लुक्समा आफ्नै पिताको नक्कल
जेठ ४, २०८१ शुक्रबार
सिनेमाघर एपमा रिलिज भयो ‘चपली हाइट ३’, विश्वभरबाट हेर्न सकिने
जेठ २, २०८१ बुधबार
चलचित्र ‘मोदीबेनी’ श्रावण १८ गते रिलिज हुने
जेठ १, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
देशभर गर्मी बढेको बढ्यै, अधिकतम तापक्रम ४० डिग्रीमाथि
जेठ ४, २०८१ शुक्रबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
भारतको राष्ट्रिय क्रिकेट टिमको नयाँ प्रशिक्षकमा गौतम गम्भीरको सम्भावना कति ?
जेठ ५, २०८१ शनिबार
प्रधानमन्त्रीले राष्ट्रिय राजनीतिमा तमासा देखाउनुभोः नेपाल
जेठ ५, २०८१ शनिबार
गर्मीमा खानुहोस् यी फलफूल, पेट र दिमाग दुवै चिसो हुनेछ
जेठ ५, २०८१ शनिबार
सुबोध आचार्य एक दक्ष सर्प उद्धारकर्ता ( फाेटाे फिचर )
जेठ ५, २०८१ शनिबार