ड्रग्सको सहारामा जिउँछन बलिउडका नायक नायिका
नेपालबहस संवाददाता
असोज ८, २०७७ बिहिबार २०:१:११
८ असोज, एजेन्सी । नायक सुशान्त सिंह राजपुतको मृत्युमा ड्रग्स कनेक्सन देखिएपछि यतिबेला बलिउड नै धरापमा परेको छ । सुशान्तकी प्रेमिका रिया चक्रवर्ती ड्रग्सको मुद्दामा जेल परेपछि अरु नायिका पनि यसैगरी विवादमा तानिएका छन् । जसमध्ये धेरैजसोले ड्रग्स सेवन गर्ने गरेको आरोप छ ।
ड्रग्सको मुद्दामा छानबिन गरिरहेको नारकोटिक्स कन्ट्रोल ब्यूरोले नायिका दीपिका पादुकोण, श्रद्धा कपुर, सारा अली खान र रकुल प्रितलाई सोधपुछका लागि बोलाएको छ । उनीहरुसँग सुशान्तको मृत्यु ड्रग्सको कनेक्सन र संलग्नताबारे सोधपुछ हुनेछ । तर यी चार नायिकालाई ड्रग्स सेवन गर्ने गरेको आरोप लागिरहेको छ ।
एनसीबीले नायिका रकुलसँग आज सोधपुछ गर्दैछ । यस्तै, नायिका दीपिका पादुकोणलाई सेप्टेम्बर २५, सारा अली खान र श्रद्धा कपुरलाई सेप्टेम्बर २६ तारिखमा सोधपुछका लागि एनसीबीले बोलाएको छ । उसो त बलिउडमा धेरै नायक नायिका ड्रग्स खाने गर्छन् । खासगरी सफलताको शिखरमा पुगेर मात्तिएका बेला र असफलताले थलिएका बेला उनीहरु जिउनका लागि उनीहरु ड्रग्सको सहारा लिने गरेका छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविक्कीको जन्मदिनमा कट्रिनाको विशेष पोस्ट, सामाजिक सञ्जालमा भाइरल
जेठ ४, २०८१ शुक्रबार
कार्तिक आर्यन पहिलो पटक एलियनको अवतारमा
जेठ ४, २०८१ शुक्रबार
सुपरहिट हिन्दी वेब सिरिज ‘पञ्चायत’ को तेस्रो सिजनको ट्रेलर सार्वजनिक
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
देशभर गर्मी बढेको बढ्यै, अधिकतम तापक्रम ४० डिग्रीमाथि
जेठ ४, २०८१ शुक्रबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
भारतको राष्ट्रिय क्रिकेट टिमको नयाँ प्रशिक्षकमा गौतम गम्भीरको सम्भावना कति ?
जेठ ५, २०८१ शनिबार
प्रधानमन्त्रीले राष्ट्रिय राजनीतिमा तमासा देखाउनु भोः नेपाल
जेठ ५, २०८१ शनिबार
गर्मीमा खानुहोस् यी फलफूल, पेट र दिमाग दुवै चिसो हुनेछ
जेठ ५, २०८१ शनिबार
सुबोध आचार्य एक दक्ष सर्प उद्धारकर्ता ( फाेटाे फिचर )
जेठ ५, २०८१ शनिबार