सांग्रिला डेभलपमेन्ट बैंकका ऋणीहरूलाई ब्याज रकममा १२% प्रतिशत छुट
नेपालबहस संवाददाता
असोज ८, २०७७ शुक्रबार ०:१३:५८
८ असोज, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले कोभिड १९ को महामारीबाट बैंकका ऋणी ग्राहकहरूलाई परेको असरको मूल्यांकन गर्दै आश्विन मसान्तसम्मको ब्याज रकममा १२% आकर्षक छुटको आर्कषक योजना ल्याएको छ ।
बैंकका ऋणीहरूले २०७७ आश्विन मसान्तसम्ममा चुक्ता भुक्तान गर्न बाँकी रहेको सम्पूर्ण साँवा र ब्याज रकम आश्विन मसान्तसम्म भुक्तानी गरेमा भुक्तानी गरिएको ब्याज रकममा १२ प्रतिशत सहुलियत स्वरुप छुट दिने भएको हो । यसरी ग्राहकहरुलाई व्याज रकममा छुट दिदाँ २०७७ असार मसान्तसम्मको सो बैंकको आधारदर (Base rate) भन्दा कम नहुने गरी छुट दिईने बताइएको छ ।
उल्लेखित व्याज रकममा दिइएको छुट शेयर कर्जा, मुद्दती निक्षेप धितोमा दिइएको कर्जा, तथा लघुवित्त बित्तीय संस्था लिमिटेडको नाममा दिइएको थोक कर्जामा भने लागु नहुने बैंकले जनाएको छ ।
बैंकले ब्याज रकममा प्रदान गर्ने यस छुटले आफ्ना ऋणी ग्राहकहरुलाई हालको यस्तो विषम परिस्थितिमा केही हदसम्म भनेपनि सहयोग पुग्नेमा बैंक विश्वस्त रहेको दावी प्रमुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशीले व्यक्त गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविनिमय दर: डलर स्थिर रहँदा युराे र पाउण्ड घट्याे
बैशाख २०, २०८१ बिहिबार
विदेशी मुद्राको विनिमय दर : आज कतिमा हुँदैछ कारोबार ?
बैशाख १७, २०८१ सोमबार
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
बैशाख १३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार