सशस्त्रको गुल्म शिलान्यास गर्न गृहमन्त्री छाङरुमा !
नेपालबहस संवाददाता
असोज ९, २०७७ शुक्रबार १९:५८:४६
९ असोज, दार्चुला । गृहमन्त्री रामबहादुर थापा सेनाको हेलिकोप्टर चढेर व्यास गाउँपालिकाको छाङरु पुगेका छन् । सशस्त्र प्रहरीको गुल्म शिलान्यास गर्न सेनाको हेलिकप्टरमार्फत शुक्रबार दिउँसो गृहमन्त्री छाङरु पुगेका हुन् ।
सशस्त्र प्रहरी बल गुल्म नम्बर ५० को भवन शिलान्यास गर्न गृहमन्त्री थापा छाङरु गएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । गृहमन्त्रीसँगै त्रिदेशीय सीमा क्षेत्र छाङरु जानेमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, गृहसचिव महेश्वर न्यौपाने, गृह मन्त्रालयका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत छन् । दिउँसो साढे १२ बजे दार्चुला पुगेको गृहमन्त्रीको टोली १० मिनेटपछि छाङरु प्रस्थान गरेको हो ।
असार २९ गते बसेको मन्त्रिपरिषद् बैठकले सदरमुकाम खलंगामा रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्मलाई व्यास गाउँपालिका–१ छाङरुमा सार्ने निर्णय गरेको थियो । पछिल्लो भारतले अतिक्रमण गरेको सो क्षेत्रको सुरक्षाका लागि सरकारले सशस्त्रको गुल्म नै स्थापना गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसशस्त्रका डीआईजी न्यौपानेलाई प्रवक्ताको जिम्मेवारी
जेठ ४, २०८१ शुक्रबार
सशस्त्र प्रहरी बलका १६ डीआईजी र १८ एसएसपीको सरुवा, मधेश प्रदेशमा धौबजी र कोशीमा सुवेदी
बैशाख १९, २०८१ बुधबार
फेवातालमा सशस्त्रकाे विपद् उद्धारसम्बन्धी कृतिम घटना अभ्यास
बैशाख १८, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
सहकारी प्रकरणसम्बन्धी छानबिन समिति बनाउने सहमति, मोडालिटीबारे छलफल बाँकी
जेठ ५, २०८१ शनिबार
फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
जेठ ५, २०८१ शनिबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ढाका बुनेर आत्मनिर्भर बन्दै तनहुँका उद्यमी
जेठ ५, २०८१ शनिबार
तनहुँको म्याग्दे गाउँपालिका–२ जामुने क्षेत्रमा सडक कालोपत्र
जेठ ५, २०८१ शनिबार