बामदेवकै वरिपरी घुमेको सत्ता राजनीति
नेपालबहस संवाददाता
असोज ९, २०७७ शुक्रबार २१:४९:३२
सम्पादकीय
९ असोज, काठमाडौं । लोकतन्त्रमा व्यक्ति भन्दा विधि र पद्धतिलाई महत्व दिईने गर्छ । त्यसको अभ्यास विद्यमान नियम कानून, परम्परा र स्थापित मूल्य मान्यताबाट हुने गर्छ । राजनीति गर्नेका लागि जनता जनार्दन हुन् खासगरी लोकतन्त्रमा । जनमत नै शासन पद्धतिको आधार हो ।
विगत तीन दशकदेखि नेपालले पनि लोकतान्त्रिक शासनपद्धतिलाई शासकीय आधार बनाएको छ । जनता नै सर्वेसर्वा हुन् ।
जनताको अभिमतको कदर गर्नुपर्छ लोकतन्त्रमा । तर पछिल्लो समय राजनीतिक क्षितिजमा यो पक्ष कमजोर बन्न थालेको छ । झण्डै दुईतिहाई नजिकको बहुमतका साथ सत्तामा पुगेको नेपाल कम्युनिष्ट पार्टी उल्टो दिशामा लम्किरहेको छ । बलियो सरकारले नै पद्धति र नियम कार्यान्वयन गर्न सक्छ । तर नेकपा भने विपरित बाटोतिर अग्रसर छ ।
प्रसंग बामदेव गौतम प्रकरणसँग जोडिन्छ । गएको प्रतिनिधिसभा निर्वाचनमा उनी बर्दियाबाट पराजित भए । तर उनलाई संसदमा छिराउने चोर बाटो रोज्यो नेकपाले । सरकारले मनोनयन गर्ने कोटाबाट उनी राष्ट्रियसभामा प्रवेश गरेका छन् । साथै, उनी अब शक्तिशाली मन्त्रालयका साथ सरकारमा उपस्थिति जनाउन आतुर छन् । त्यसका लागि सचिवालय बैठकबाटै निर्णय गराउने पक्षमा उनी थिए । तारतम्य मिल्दै थियो । तर अकस्मात सर्वाेच्च अदालतले बामदेवको सांसद पदकै वैधानिकताबारे संवैधानिक व्याख्या गर्ने निर्णय सुनाएको छ ।
त्यसको हिसाबकिताब जनताले अर्काे चुनावमा अवश्य पनि खोज्ने छ । प्रतिनिधिसभामा पराजित व्यक्तिलाई चोर बाटोको प्रयोग गरी संसदमा छिराउने नेकपाको यो तिकडमबाजीले जनमतको धज्जी उडाएको छ, उपहास गरेको छ । यो भनेको जनतालाई रैती ठानेको हो ।
यस प्रयोजनका लागि आउने असोज १४ गते दुबै पक्षलाई बोलाएको छ । त्यतिञ्जेल अन्य कुनै संवैधानिक जिम्मेवारी नथप्नसमेत आदेश भएको छ । यसको अर्थ तत्काल बामदेव मन्त्री बन्न पाउँदैनन् । जनताले पराजित गरेको मानिसलाई सांसद बनाएर मन्त्री नै दिनुपर्ने नेकपाको तयारी कानूनी र संवैधानिक रुपले मात्र त्रुटिपूर्ण भएन । नैतिकताको कसीमा त अझै फितलो र कमजोर देखियो ।
एक माघले मात्रै जाडो जाँदैन, राजनीतिमा नेता र पार्टीले जनताबाट हरहमेशा परीक्षित भइरहनुपर्छ । पार्टी र नेताको हैसियत निर्धारण गर्ने काम जनताको हो । त्यसैले हिजो प्रचण्ड बुहमत प्राप्त नेपाली कांग्रेस आज संसदमा खुम्चिएर बस्नु परेको छ । यस्तै आज भीमकाय नेकपा भोलि कांग्रेसको अवस्थामा नपुग्ला भन्न सकिन्न । यो सबै निर्धारण गर्ने काम जनताले गर्छ । त्यसैले लोकतन्त्रमा जनता सर्वेसर्वा मान्निछन् ,जनता जनार्दन ।
जनभावना विपरीत गएकाले नै नेपालबाट राणाशासन, पञ्चायती व्यवस्था र शाहीकालिन सत्ताले घुँडा टेकेको हो । जनताले पराजित गरेका बामदेव र नारायणकाजी श्रेष्ठहरुलाई फेरि सांसद नै बनाएर मन्त्रीका रुपमा बिराजमान गराउनुपर्ने कारण के हो ? त्यसको हिसाबकिताब जनताले अर्काे चुनावमा अवश्य पनि खोज्ने छ । प्रतिनिधिसभामा पराजित व्यक्तिलाई चोर बाटोको प्रयोग गरी संसदमा छिराउने नेकपाको यो तिकडमबाजीले जनमतको धज्जी उडाएको छ, उपहास गरेको छ । यो भनेको जनतालाई रैती ठानेको हो ।
उनले पार्टी र सरकार बनाउने र भत्काउने नाममा शेरबहादुर देउवालाई नै माथ गर्ने गरी हरु मच्चाएका थिए । त्यसैले फेरि पनि बामदेवकै कारण नेकपामा नयाँ भूकम्प आउने अवस्था छ । कदाचित सर्वाेच्चले उनको पद खारेज गरिदियो भने ओली सरकारले अर्काे लफडा व्यहोर्नु पर्नेछ ।
नेकपाले जनतालाई बेवकुफ बनाउने खेल खेलिरहेको छ । आजको विजय अजय अजर हैन । कालजयी पनि हैन । त्यसको जवाफ दिने बेला टाढा पनि छैन । कानूनको छिद्र प्रयोग गरेर नेताहरुको व्यवस्थापन गरेको होला । तर जनताको अपमान हुने काम गरिएको छ । प्रधानमन्त्री केपी ओलीलाई कमजोर बनाउने नाममा यदि नेताहरुले यस्तो खेल खेलेको हो भने कोही पनि बच्नेवाला छैन । स्वयं ओलीले यसको जवाफ दिनुपर्छ । के श्रेष्ठ र गौतमलाई सांसद नबनाए नेकपा नै विघटन हुन्छ त ? वा उनीहरु भन्दा योग्य कोही छैनन् नेकपामा ? आफू सुरक्षित हुने नाममा फेरि जनता उल्लु बनाउने काम भइरहेको छ ।
बामदेवको सन्दर्भमा मदन भण्डारीले कुनै बेला भनेका थिए– बामदेव बिनाको पार्टी लुलो हुन्छ, तर उनी नेतृत्वको अवस्थामा पार्टी नै धुलो हुन्छ । नभन्दै बामदेवलाई पार्टीमा सक्रिय बनाउन नेताहरु लागिपरेका छन् । तर उनलाई नेतृत्वमा पु¥याएपछि नेकपा धुलो हुने छ । यो यथार्थ विगतमा नेपाली जनताले भोगिसकेको हो ।
पहिलो पटक नेकपा एमाले सत्तामा पुग्दा बामदेवलाई विधानमै नभएको पद सिर्जना गरी उपमहासचिव बनाइएको थियो । त्यसपछि उनले पार्टी र सरकार बनाउने र भत्काउने नाममा शेरबहादुर देउवालाई नै माथ गर्ने गरी काण्डहरु मच्चाएका थिए । त्यसैले फेरि पनि बामदेवकै कारण नेकपामा नयाँ भूकम्प आउने अवस्था छ । कदाचित सर्वाेच्चले उनको पद खारेज गरिदियो भने ओली सरकारले अर्काे लफडा व्यहोर्नु पर्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनयाँ वर्षमा सबैको कामना, हाम्रा नेतामा सद्बुद्धि पलाओस् !
बैशाख १, २०८१ शनिबार
शान्ति, सम्बृद्धि, सुशासन र सहमतिको वर्ष बनोस् २०८० !
बैशाख १, २०८० शुक्रबार
इतिहास र बाह्य आलोकमा राष्ट्रिय मेलमिलाप तथा एकता दिवस
पुष १८, २०७८ आइतबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार
सेक्युरिटी प्रिन्टिङ खरिदमा भ्रष्टाचार : विकललाई २ वर्ष कैद, २५ करोड जरिवाना
जेठ ८, २०८१ मंगलबार
राहुघाटको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’
जेठ ८, २०८१ मंगलबार
तरकारी खेतीबाट वार्षिक रु आठ लाखको बचत
जेठ ८, २०८१ मंगलबार
सानिमा बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदै, वितरण योग्य नाफामा पहिरो
जेठ ८, २०८१ मंगलबार