शुक्रबारदेखि सुप विश्वविद्यालयद्वारा अनलाइन परीक्षा शुरु
नेपालबहस संवाददाता
असोज १०, २०७७ शनिबार २२:२६:३
१० असोज, महेन्द्रनगर । कोरोना कहरका बीच सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले शुक्रबारदेखि अनलाइन प्रणालीबाट परीक्षा सञ्चालन गरेको छ । मुलुककै शैक्षिक गतिविधि कोरोनाका कारण प्रभावित भइरहेका बेला विश्वविद्यालयले भने यहाँ व्यापक तयारीका बीच अनलाइन परीक्षा सञ्चालन गरिरहेको विश्वविद्यालयले जनाएको छ ।
सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा अम्मराज जोशीले पहिलो चरणमा शुक्रबार सिभिल इञ्जिनियरिङ र कृषि विज्ञानका पहिलो र तेस्रो सेमेस्टरको परीक्षा शुरु भएको बताए । उपकुलपति प्राडा जोशीले भने, “हामीले परीक्षा शुरु गर्नुअघि यहाँका प्राध्यापक र विद्यार्थीलाई यसको पद्धतिका विषयमा प्रशिक्षणसमेत दिएका छौँ ।”
पहिलो दिनको परीक्षामा इञ्जिनियरिङका र कृषि विज्ञानतर्फ गरी १८३ विद्यार्थीले अनलाइनबाटै परीक्षा दिएको विश्वविद्यालयले जनाएको छ । परीक्षाका लागि बिहान ९ देखि २ बजेसम्म समय तोकिएको छ । उनले पठनपाठन सकिएका विषयको अनलाइन परीक्षा गर्न ठूलो चुनौती रहेपनि विश्वविद्यालयको प्राविधिक जनशक्ति अहोरात्र खटिएको बताए । विद्यार्थीहरु अनलाइनको पहुँच बाहिर हुने अवस्था रहेकाले विश्वविद्यालयले अनलाइन परीक्षा सञ्चालनका सुदूरपश्चिमका ८८ वटै स्थानीय तहलाई पहल गरिएको छ ।
त्यसैगरी सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका परीक्षा नियन्त्रक देवसिंह नाथले प्रविधि र अनेकन हिसाबले पछि रहेको सुदूरपश्चिममा अनलाइन परीक्षा गर्नु चुनौतीपूर्ण रहेको बताए । “मुलुकका अन्य क्षेत्रमा रहेका पुराना र सुविधा सम्पन्न विश्वविद्यालयले नसकिरहेका बेला त्यो हामीबाट सम्भव हुनु यहाँका लागि गर्वको विषय पनि हो”, उनले भने, “अब विश्वविद्यालय प्रविधिसित पनि नजिक रहेर अगाडि बढ्दै छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपथपलिया पूर्वाञ्चल र गौतम मध्यपश्चिको उपकुलपति
बैशाख १८, २०८१ मंगलबार
त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिममा २० जना सहभागी
बैशाख १३, २०८१ बिहिबार
मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा, खड्का, गौतम र सिंहको नाम सिफारिस
बैशाख ७, २०८१ शुक्रबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा
बैशाख ३१, २०८१ सोमबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पेशी, होला त सुनुवाइ ?
जेठ १, २०८१ मंगलबार
कांग्रेस संसदीय दलको बैठक बस्दै
जेठ १, २०८१ मंगलबार
सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै
जेठ १, २०८१ मंगलबार
आजको मौसम : यी ठाउँमा चट्याङ्गसहित वर्षाको सम्भावना
जेठ १, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १, २०८१ मंगलबार
राजनीति देश र जनताका लागि हुनुपर्छ : उपसभापति गुरुङ
बैशाख ३१, २०८१ सोमबार