किशोरीमाथि बसभित्र यसरी भयो दुई रात सामूहिक बलात्कार
नेपालबहस संवाददाता
असोज १८, २०७७ सोमबार १:२२:४०
१८ असोज, काठमाडौं । भक्तपुरमा १७ बर्षीया किशोरीमाथि दुई वटा बस प्रयोग गरेर दुई रात सामूहिक बलात्कार भएको खुलेको छ । रत्नपार्कबाट सुर्यविनायक कालाँचामा लगेर ती किशोरीमाथि शुक्रबार र शनिबार रातभर तीन जनाले सामूहिक बलात्कार गरेको खुलेको हो ।
बलात्कारीमध्ये दुई जना पक्राउ परेका छन् । एक जना अझै फरार छन् । किशोरीलाई बेहोस पार्ने औषधि खुवाएर रातभर बलात्कार भएको उनले बताएकी छिन् । शुक्रबार बेलुकी नै कालाँचा पुर्याएकी उनीमाथि त्यो रात र भोलिपल्ट पनि दिनरात गरी बलात्कार भएको थियो ।
स्थानीयले आइतबार बिहान खबर गरेपछि प्रहरी घटनास्थल पुगेर किशोरीको उद्धार गरेको थियो भने बलात्कार गरिररहेका गाडीका चालक र सहचालक रंगेहात पक्राउ परेका थिए ।
यसरी भयो बलात्कार
शुक्रबार आफ्नै कामले किशोरी रत्नपार्क आएकी थिइन् । खासगरी उनीसँग चिनेजानेकै एक युवक पनि सँगै थिए । उनै युवकले पानीमा बेहोस हुने औषधि हालेर खान दिएका थिए । बसमा भक्तपुर जाने भनि सीटमा बसेपछि उनले पानीमा औषधि मिलाएर खुवाएका थिए ।
त्यसपछि १७ बर्षीया किशोरी बेहोस भइन् । भक्तपुरको सूर्यविनायक कालाचाँमा पुगेर बस रोकियो । किशोरी बेहोसीमै थिइन् । सबै यात्रु सिटबाट झरे । तर ती युवाले गाडीभित्रे युवतीमाथि बलात्कार गर्न शुरु गरे ।
उनको बलात्कारपछि गाडीका चालक र सहचालकले पनि पालैपालो बलात्कार गरे । त्यसरात तीन जनाले बलात्कार गरेपछि बिहान झिसमिसेमै युवतीलाई अर्को बसमा सारियो । जुन बस खोला नजिक पार्किङ गरिएको थियो ।
नम्बर नभएको र नचल्ने बसभित्र लगेर युवतीलाई राखेपछि युवतीसँगै गएका युवक भने त्यहाँबाट बिदा भए । उनले ती युवती गाडी चालक र सहचालकको जिम्मा लगाएर आफू फरार भए । गाडी चालक र सहचालकले शनिबार दिउँसो र रातभर किशोरीमाथि बलात्कार गरे ।
सम्भवतः त्यो रात अरुले पनि ती किशोरीमाथि बलात्कार गरेको हुन सक्ने अनुमान गरिएको छ । रातभर बलात्कार गरेर सँगै सुतेका तीन जना बिहान पनि बलात्कारमै लिप्त थिए । तर बस पार्किङ गरीराखेको वरिपरीका स्थानीयले युवतीमाथि बलात्कार भइरहेको आशंका गरेर प्रहरीलाई खबर गरे ।
नभन्दै प्रहरी आईपुग्यो । युवतीमाथि बलात्कार गरिरहेका बेला प्रहरीले गाडीका चालक नीर कुमार खड्का र सुर्य श्रेष्ठलाई रंगेहात पक्राउ गरेको हो । बा ३ ख। २६१२ नम्बरको बसभित्र युवतीमाथि बलात्कार भइरहेपनि अहिलेसम्म तीन जनाले मात्रै बलात्कार गरेको उनीहरुको बयान छ ।
तर युवतीमाथि दुई वटा समूहले ‘ग्याङ रेप’ गरेको अनुमान छ । भक्तपुरको सुर्यविनायक ८ लिवालीमा रहेको ठाउँमा युवतीमाथि पटक पटक आधा दर्जनले बलात्कार गरेको हुन सक्ने अनुमान गरिएको छ । अहिले युवतीको होस खुलेपनि उनले राम्रोसँग बयान दिन सकेकी छैनन् ।
उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको प्रहरीको भनाई छ । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक केशवकुमार थेवेका अनुसार पक्राउ परेका दुई जनामाथि अनुसन्धान चलिरहेको छ ।
फरार रहेका अर्का युवाको खोजी पनि भइरहेको छ । पछिल्ला दिनमा दैनिक बलात्कार र हत्याका श्रृङ्खला चलिरहेका बेला भक्तपुरमा बसभित्रै किशोरीमाथि सामूहिक बलात्कार घटनाले फेरि बलात्कारीमाथि मृत्युदण्ड दिनुपर्छ भन्ने बहस चर्किएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपखुकुरी प्रहरी गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ
जेठ ४, २०८१ शुक्रबार
कुवेत पुर्याई मानव बेचबिखन तथा ओसार पसारमा संलग्न दुई जना पक्राउ
जेठ ३, २०८१ बिहिबार
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट चार जना पक्राउ
जेठ ३, २०८१ बिहिबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
नेपालबहस संवाददाता
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ४, २०८१ शुक्रबार
खुकुरी प्रहरी गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ
जेठ ४, २०८१ शुक्रबार
आयआर्जन वृद्धि गर्न अतिविपन्नलाई बाख्रा अनुदान
जेठ ४, २०८१ शुक्रबार
बस्दै नबसी प्रतिनिधिसभा स्थगित, अर्को बैठक जेठ ६ गते बस्ने
जेठ ४, २०८१ शुक्रबार
माथिल्लो तामाकोसी आयोजनाको बाँधस्थल
जेठ ४, २०८१ शुक्रबार
बालमन्दिर जग्गा हिनामिना आरोपीलाई पक्राउ नगर्न दबाब, अधिकांश भारततर्फ फरार
जेठ ४, २०८१ शुक्रबार
गृहमन्त्रीको विरोधमा संसद भवन अगाडि नेविसंघको प्रदर्शन, ११ जना पक्राउ
जेठ ४, २०८१ शुक्रबार