ग्लोबल आइएमई बैंकद्वारा ३ नयाँ शाखारहित बैंकिङ्ग सेवाको शुरुवात
नेपालबहस संवाददाता
असोज १९, २०७७ सोमबार २१:३८:३४
१९ असोज, काठमाडौं । ग्लोबल आइएमई बैंकले पाल्पाको सत्यवती र रौतहटको कटहरीया तथा गुल्मीको अर्जेमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यी ३ शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २२५ पुगेको छ ।
पाल्पा जिल्लाको रैनादवी छहरा गाउँपालिका वडा नं. ८, सत्यवतीमा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा स्थानिय छविसरा सिंजाली, रौतहटको जिल्लाको कटहरीया नगरपालिका वडा नं. ५, कटहरीयामा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा स्थानिय महमद जलालुदीन हक र गुल्मी जिल्लाको मालिका गाउँपालिका वडा नं. ६, अर्जेमा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा स्थानिय भरत पराजुलीलाई नियुक्त गरिएको बैंकले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधिमार्फत बैंकिङ्ग सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, म्क्ष्क्ज् ज्इःभ्रऋम्ःब्रग्त्ीरल्त्ऋ को महशुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सकिने बैंकले जनाएको छ ।
कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि ग्लोबल आइएमई बैंकले ती स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको बताएको छ ।
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले ७१ वटा जिल्लामा फैलिएको २५९ शाखा सञ्जालसहित २३४ एटीएम, ४३ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २२५ शाखारहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि-सम्पर्क कार्यालयमार्फत आफ्ना २० लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुमारी बैंकका ग्राहकलाई फिट लाईफ क्लबबाट प्रदान गरिने सेवाहरुमा १५% छुट
जेठ २, २०८१ बुधबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
वैवाहिक बलात्कार आरोपी गायक रवि ओड धरौटीमा रिहा
जेठ ४, २०८१ शुक्रबार
जेठ ७ गते प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिने
जेठ ४, २०८१ शुक्रबार
मधेसमा नयाँ सरकार गठन चुनौतीपूर्ण, सत्ताको नेतृत्व गर्न दलहरुबीच हानथाप !
जेठ ४, २०८१ शुक्रबार
आइपिएल : सनराइजर्स हैदरावाद प्लेअफमा
जेठ ४, २०८१ शुक्रबार
प्रतिनिधिसभाको बैठक आज बस्दै
जेठ ४, २०८१ शुक्रबार
कांग्रेस संसदीय दलको बैठक बस्दै, सदनमा प्रस्तुत हुन रणनीति बनाइने
जेठ ४, २०८१ शुक्रबार