बैंकर तथा समाजसेवी पौड्याल नबिल बैंकको अध्यक्ष
नेपालबहस संवाददाता
असोज २०, २०७७ बुधबार ०:३४:१६
२० असोज, काठमाडौं । नबिल बैंक लिमिटेडको नयाँ अध्यक्षमा बैंकर तथा समाजसेवी उपेन्द्र पौड्याल नियुक्त भएका छन् । आज (मंगलबार) बसेको बैंक सञ्चालक समितिको बैठकले उनलाई अध्यक्षमा नियुक्त गरेको हो ।
सर्वसाधारण लगानीकर्ताको तर्फबाट सञ्चालकको जिम्मेवारीमा रहेका दुई जनाको ४ वर्षे कार्यकाल यही असोज १७ गते सकिएपछि पौड्याल अध्यक्षमा चयन भएका हुन् । संचालकद्धय शम्भुप्रसाद पौड्याल र दयाराम गोपाल अग्रवालको पदावधि सकिएको हो ।
अध्यक्षको पदावधि सकिएसँगै बैंकले गत २०७४ मंसिर १५ गतेदेखि सञ्चालकको रूपमा नबिल बैंकमा प्रवेश गरेका पौड्याललाई सञ्चालक समितिले करिब ३ वर्षपछि अध्यक्ष बनाएको हो । उनी पछिल्लो समय एसिया प्यासिफिकको ग्लोबल अलाइन्स फर बैंकिङ अन भ्यालुको नेपालस्थित क्षेत्रीय प्रतिनिधि समेत छन् ।
विश्वव्यापी रूपमा फैलिएको यो संस्थाले दिगो बैंकिङ विकास, सुशासन र समुदायको जीवनस्तर रूपान्तरण गर्ने खालका काम गर्दै आएको छ । नेशनल बैंकिङ इन्स्टिच्यूटको निर्देशक समेत रहेका उनी सफल बैंकरस“गै समाजसेवीका रूपमा समेत परिचित छन् ।
तीन दशकभन्दा बढी बैंकिङ क्षेत्रको अनुभव हासिल गरेका पौड्यालले यसअघि एनएमबी बैंक लिमिटेडको संस्थापक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा सम्हालेका थिए । जहाँ उनको संलग्नता स्थापनाकालदेखि नै थियो । सन् १९८६ मा ग्रिनल्यान्ड बैंकबाट उनले बैंकिङ करिअर सुरु गरेका थिए । त्यहा“ १४ वर्ष जिम्मेवारी सम्हालेपछि उनी एनएमबी फाइनान्समा स्थापना गरी १७ वर्ष अनवरत सेवा गरेका थिए ।
एउटा ग वर्गको फाइनान्सलाई क वर्गको बाणिज्य बैंकका रुपमा रुपान्तरण गरी पौड्यालले एनएमबी बैंकलाई नयाँ उचाईमा पुर्याएका थिए । १४ वर्ष ग्रिनल्यान्ड बैंक, १७ वर्ष एनएमबी र ३ वर्ष नबिल बैंकसहित उनीसग ३४ वर्षको बैंकिङ अनुभव छ । विगतमा आफूले काम गरेका हरेक क्षेत्र तथा बैंकमा आज पनि उनको योगदानको उच्च कदर हुने गर्छ ।
होटलबाट आफ्नाे व्यावसायिक करिअर सुरु गरेका पौड्यालले सोल्टी होटलमा करिब ६ वर्ष काम गरेका थिए । त्यही अनुभवका आधारमा उनी हालको स्टयान्डर्ड चार्टर्ड (तत्कालीन नेपाल ग्रिनल्यान्ड बैंक) मा प्रवेश गरे । त्यहाँ विभिन्न पदमा रहेर करिब १४ वर्ष काम गरेको उनमा अनुभव छ । समाज सेवाका विभिन्न क्षेत्रमा समेत संलग्न हुँदै आएका पौड्याल सन् २०१४ देखि २०१६ सम्म नेपाल बैंकर्स संघको अध्यक्ष समेत रहेका थिए । दशकौंको बैंकिङ अनुभव र दक्षताले उनलाई नबिल बैंकको अध्यक्षसम्म पुर्याएको छ । बैंकले उनको नेतृत्वमा नयाँ उचाई प्राप्त गर्ने अपेक्षा राखेको संस्थागत सञ्चार विभाग प्रमुख कृष्ण सुवेदीले बताएका छन् ।
२०७२ बैंशाख २० गते बैंकको अध्यक्षको जिम्मेवारीमा आएका शम्भुप्रसाद पौड्यालको पदावधि यही असोज १७ गते सकिएको हो । नेपाल राष्ट्र बैंकबाट आफ्नाे बैंकिङ करिअर सुरु गरेका पौड्याल सर्वसाधारण शेयरधनीका तर्फबाट २०४२ माघ २७ गते सञ्चालकको रूपमा नबिल बैंकमा प्रवेश गरेका थिए । अध्यक्ष तथा सञ्चालक रहेर पौड्यालले बैंकको क्षेत्र विकासमा पुर्याएको योगदान सम्मानयोग्य भएको बैंकले जनाएको छ ।उनको नेतृत्वमा बैंकले हासिल गरेको प्रगति उल्लेखनीय रहेको छ । यसले उनी एक सक्षम बैंकर रहेको पनि पुष्टि गर्छ ।
यसैगरी, दयाराम गोपाल अग्रवाल करिब २६ वर्षभन्दा बढी बैंकको सञ्चालक रहेका थिए । उनी पहिलो पटक २०५१ भदौ १५ गते सर्वसाधारण शेयरधनीका तर्फबाट सञ्चालक नियुक्त भएका थिए । त्यसपछि उनी सन् २०१६ सम्म निरन्तर सञ्चालकमा नियुक्त हुँदै आएको थिए । बैंकलाई आजको अवस्थामा ल्याइपुर्याउन उनको पनि महत्वपूर्ण भूमिका रहेको बैंकले जनाएको छ ।
आफ्नाे कार्यकाल सफलताका साथ पूरा गरी बैंकलाई नयाँ उचाईमा पुर्याउन सफल भएकोमा अध्यक्ष पौड्याल र सञ्चालक अग्रवालप्रति बैंकले आभार प्रकट गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुमारी बैंकका ग्राहकलाई फिट लाईफ क्लबबाट प्रदान गरिने सेवाहरुमा १५% छुट
जेठ २, २०८१ बुधबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै
जेठ ४, २०८१ शुक्रबार
५ लाख धरौटीमा छुटे गायक रवि ओड
जेठ ४, २०८१ शुक्रबार
जेठ ७ गते प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिने
जेठ ४, २०८१ शुक्रबार