त्रिविका उपप्राध्यापक चलाउनेको उपचार खर्च व्यहोर्ने उपकूलपतिको आश्वासन
नेपालबहस संवाददाता
असोज २२, २०७७ शुक्रबार ०:१२:८
२२ असोज, काठमाडौं । त्रिभुवन विश्वविद्यालय, समाजशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक प्रेमबहादुर चलाउनेमाथि आक्रमण गर्नेलाई कानूनी कारबाही गर्न प्राध्यापक सङ्गठनले आज उपकुलपति प्रा डा धर्मकान्त बाँस्कोटालाई ध्यानाकर्षण गराएका छन् ।
दोषीलाई कानूनको कठघरामा यथाशीघ्र ल्याउन, घाइतेलाई उपचार खर्च दिन र विश्वविद्यालयमा शान्तिपूर्ण शैक्षिक वातावरण कायम गर्न माग गर्दै उपकुलपति कार्यालय अगाडि केहीबेर विरोध कार्यक्रम गरी नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठन प्रा डा रमेशप्रसाद भट्टराई र नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनका कल्याणी मिश्रले सो ध्यानाकर्षण गराएका हो ।
कार्यक्रममा ऐक्यबद्धता जनाउन पुग्नुभएका नरेन्द्र शिवाकोटीले उक्त मागमा उपकुलपति बाँस्कोटा गम्भीर देखिएको र आजै कार्यकारीको बैठक राखेर उपचार खर्चको निर्णय गराइने अवगत गराएको बताएका हुन् ।
गत मङ्गलबार त्रिवि परिसर कीर्तिपुरमै चलाउनेमाथि आक्रमण भएको थियो । प्राध्यापकले दोषी जो भए पनि कारबाही हुनुपर्ने र प्राज्ञिक मर्यादालाई कायम गर्नुपर्ने माग राखी धर्ना दिएका हुन् । घाइते चलाउनेको मेडिसिटी अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपथपलिया पूर्वाञ्चल र गौतम मध्यपश्चिको उपकुलपति
बैशाख १८, २०८१ मंगलबार
त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिममा २० जना सहभागी
बैशाख १३, २०८१ बिहिबार
मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा, खड्का, गौतम र सिंहको नाम सिफारिस
बैशाख ७, २०८१ शुक्रबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
जेठ १, २०८१ मंगलबार
सरकारको प्राथमिताः गोलीगठ्ठा उत्पादनमा स्वदेशमै आत्मनिर्भर
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा भोलि सुनुवाइ हुने
जेठ १, २०८१ मंगलबार
कतारले भन्यो -'इजराइलको रफाह आक्रमणले हमास वार्तालाई ‘पछाडि’ धकेल्यो '
जेठ १, २०८१ मंगलबार
प्रदेश सरकारको आगामी विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता स्वीकृत
जेठ १, २०८१ मंगलबार
सरकारको भनाइ एकातिर छ, गराइ अर्काेतिर : कांग्रेस
जेठ १, २०८१ मंगलबार
नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह
जेठ १, २०८१ मंगलबार