अब अर्काे सत्याग्रह गर्नु नपरोस्
नेपालबहस संवाददाता
असोज २५, २०७७ आइतबार २१:३८:३८
सम्पादकीय
२५ असोज, काठमाडौं । चिकित्सा क्षेत्र सुधारका लागि लामो समयदेखि आन्दोलनको अगुवाई गर्ने प्रा. डा. गोविन्द केसीले हिजो मध्यरात फेरि नयाँ चरणको सम्झौता गरे । केपी ओली नेतृत्वको सरकारसँग पटकपटक सम्झौता गर्दै उल्लघंनको श्रृँखला दोहरिंदै आएको पृष्ठभूमिमा अहिलेपनि आशंका गर्न सकिन्छ । विगत लामो समयदेखि चिकित्सा क्षेत्रको आमूल सुधार गर्ने अभियन्ताका रुपमा रहेका डा. केसीले अहिले १९ औं पटक अनशन टुटाएका छन् ।
नेपालको चिकित्सा क्षेत्र माफियाहरुको चंगुलमा रहेको धेरैको बुझाई छ । करोडौं, अर्बाैं रुपैयाँको चलखेल यो क्षेत्रमा हुने गरेको छ । पैसा नहुनेका छोराछोरीले चिकित्सा क्षेत्रमा पढ्न नसोचेपनि हुन्छ । यस्तै, जतिपनि चिकित्सा शास्त्र अध्ययन अध्यापन गर्ने कलेज छन्, ती सबै सुविधासम्पन्न क्षेत्रमा सीमित छन् । यी सबै कमी कमजोरीलाई हटाउने अभियानको नेतृत्व डा. केसीले गर्दै आएका छन् ।
यसैक्रममा हिजो मध्यराति सरकारी पक्षले डा. केसीसँग ८ बुँदे नयाँ सम्झौता गरेको छ । तीमध्ये अधिकांश यसअघि नै उठाइएका र सहमति भएका विषय रहेका छन् । त्यसैले फेरिपनि सरकारले सम्झौता गर्ने तर कार्यान्वयन चाहिं नगर्ने नीति नै अख्तियार गर्ने सम्भावना त्यतिकै बलियो छ ।
पछिल्लो पटकको सत्याग्रह डा. केसीले कर्णालीको जुम्लाबाट थाले । कर्णाली प्रदेशमा चिकित्सा शास्त्र अध्ययन गर्ने विश्वविद्यालय खोल्नुपर्ने उनको पहिलो माग थियो । सरकार त्यसका लागि लिखित रुपमा राजी भएको देखिएको छ । तर विगतको इतिहास हेर्दा सहमति गर्ने तर कार्यान्वयन चाहिं नगर्ने प्रवृत्ति ओली सरकारको रहेको देखिन्छ ।
त्यसैले यसपाला चाहिं विगत भन्दा फरक परिस्थिति निर्माण होला भन्ने विश्वास गर्ने आधार अहिलेसम्म खडा भइसकेको छैन । यसअघि ०७५ साल साउनमा पनि ओली सरकारसँग डा. केसीको यस्तै सत्याग्रहको बलमा सम्झौता भएको थियो । तर दुखको कुरा सरकारले माघ महिना पुग्दानपुग्दै सम्झौता उल्लघंन गरिदियो । त्यसैले अबपनि पुरानो नजिर फेरि नदोहरिएला भन्न सकिन्न ।
सम्झौता गर्न नै सरकारले धेरै समय आनाकानी गरेको थियो । २८ दिनसम्म सत्याग्राहीको जीवन धरापमा प¥यो । ओली सरकारले पूरै नजरअन्दाज गरेको थियो । तर चौतर्फी दबाब परेपछि वाध्य भएर सम्झौता गरेको छ । तर उदात्त मन र छाती देखाएन ।
त्यसैले फेरिपनि डा. केसी २० औं पटक उही पुरानै माग राखेर सत्याग्रहमा उत्रनु नपरोस्, सत्तामा भएकाहरुको चेत खुलोस् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनयाँ वर्षमा सबैको कामना, हाम्रा नेतामा सद्बुद्धि पलाओस् !
बैशाख १, २०८१ शनिबार
शान्ति, सम्बृद्धि, सुशासन र सहमतिको वर्ष बनोस् २०८० !
बैशाख १, २०८० शुक्रबार
इतिहास र बाह्य आलोकमा राष्ट्रिय मेलमिलाप तथा एकता दिवस
पुष १८, २०७८ आइतबार
एसपीको ड्राइभर कि घुमुवा ?
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नगरकोटमा पुल डिजाइन र प्रोजेक्ट म्यानेजमेन्ट सम्बन्धी तालिम सम्पन्न
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंक वीरगञ्ज शाखाबाट रकम चोरी गरेको आरोपमा चार जना पक्राउ
बैशाख १८, २०८१ मंगलबार
सूर्यविनायकमा लागेको आगो चार दिनपछि नियन्त्रणमा
बैशाख १९, २०८१ बुधबार
नारायणगढ–बुटवल सडकमा पचास प्रतिशत काम पूरा, ‘बेस’ र ‘सबबेस’ बनाउने काम जारी
बैशाख १९, २०८१ बुधबार
चार दिनपछि सूर्यविनायकमा लागेको आगो नियन्त्रणमा
बैशाख १९, २०८१ बुधबार
आईपीएल टिम कोलकोताका बलर हर्षितलाई एक खेलको प्रतिबन्ध
बैशाख १९, २०८१ बुधबार
बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह
बैशाख १९, २०८१ बुधबार
क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने
बैशाख १९, २०८१ बुधबार