छांगरुमा सशस्त्र प्रहरीको भवन निर्माण शुरु
नेपालबहस संवाददाता
असोज २५, २०७७ सोमबार ०:८:४
२५ असोज, दार्चुला । व्यासको छांगरुस्थित गागामा सशस्त्र प्रहरीको भवन निर्माण कार्य शुरु भएको छ । गृहमन्त्री रामबहादुर थापाले यही असोज ९ गते भवनको शिलन्यास गरेसँगै निर्माण व्यवसायीले भवन निर्माणको कार्य शुरु गरेको हो ।
छांगरुमा सशस्त्र प्रहरीलाई बाह्रै महिना बस्न मिल्ने गरी भवन निर्माण शुरु गरिएको छ । गागामा सशस्त्र प्रहरीको अत्याधुनिक सुविधासहितको ४० कोठे भवनको निर्माण कार्य शुरु भएको निर्माण व्यवसायी सुरेश चन्दले बताए । भारतले अतिक्रमण गरेको कालापानी भन्दा झण्डै १४ किलोमिटर तल छाङरुमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्मको अत्याधुनिक भवन निर्माण हुन लागेको हो ।
एक वर्षभित्रै निर्माण सक्ने गरी कुल रु १० करोड लागतमा भवन निर्माणको काम शुरु गरिएको निर्माण व्यवसायी चन्दले जानकारी दिए । उनले यो दुई महिनाको अवधीमा भुईतलामा २० कोठा निर्माण गरि सक्ने लक्ष्य रहेको जनाए । ठेकेदारले सिम्रीक हेलिकप्टरमार्फत जेनरेटरलगायत सामाग्री छांगरु पु¥याएको छ । “यसै हप्ता निर्माणमा प्रयोग हुने सामग्री ढुवानी भइसकेको छ”, चन्दले भने, “मौसमले साथ दियो भने मंसिरसम्म तल्लो तलामा सशस्त्र प्रहरी बस्ने मिल्ने गरी काम हुन्छ ।”
व्यासको कौवा र तिंकरमा पनि सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट राख्ने सरकारको तयारी छ । तिंकरमा सशस्त्र प्रहरीको भवन निर्माणका लागि रु एक करोड बजेट विनियोजन भइसकेको छ । अहिले निर्माण व्यवसायीले भवनका लागि जग खन्ने काम शुरु गरेको छ । भवन निर्माणमा ४०÷४५ मजदूर परिचालन गरिएको छ । भवनको जगका लागि चाहिने ढुङ्गा सङ्कलनको काम पनि सँगसँगै भइरहेको छ ।
मंसिरदेखि हिमपात शुरु हुने मौसम भएका कारण निर्माण व्यवसायीले काममा तिव्रता दिने गरी तयारी थालेको छ । यो क्षेत्रमा पाँचदेखि १० फिटसम्म हिउँ जम्ने गर्छ । यहाँका स्थानीयवासी मंसिर पहिलो साता सदरमुकाम खलंगा बसाइ सर्छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसशस्त्रका डीआईजी न्यौपानेलाई प्रवक्ताको जिम्मेवारी
जेठ ४, २०८१ शुक्रबार
सशस्त्र प्रहरी बलका १६ डीआईजी र १८ एसएसपीको सरुवा, मधेश प्रदेशमा धौबजी र कोशीमा सुवेदी
बैशाख १९, २०८१ बुधबार
फेवातालमा सशस्त्रकाे विपद् उद्धारसम्बन्धी कृतिम घटना अभ्यास
बैशाख १८, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ढाका बुनेर आत्मनिर्भर बन्दै तनहुँका उद्यमी
जेठ ५, २०८१ शनिबार
तनहुँको म्याग्दे गाउँपालिका–२ जामुने क्षेत्रमा सडक कालोपत्र
जेठ ५, २०८१ शनिबार
गाजाको जबलियामा ७० भन्दा बढी ठाउमा इजरायलको बमबारी
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार