प्रकाशको निर्देशनमा जिन्दगी बर्बाद सार्वजनिक
नेपालबहस संवाददाता
कात्तिक २, २०७७ आइतबार १७:९:५५
२ कात्तिक, काठमाडौं । नेपाली गीतसंगीतको संरक्षण र प्रवर्दनका लागि ‘समर्पण’ सांगेतिक समुह मार्फत स्तरिय संगीत सिर्जनाहरु सार्वजनिक गर्दै आएका युवा संगीतकर्मी लभ ध्वज केसी र चन्दन ध्वज केसीले आफ्नो नयाँ म्युजिक भिडियो ‘जिन्दगी बर्वाद’ सार्वजनिक गरेका छन्।
पहिला नै अडियो भर्सनमा सार्वजनिक भैसकेको यो गीत धेरै स्रोता माझ लोकप्रिय बनिसकेका छ। मुलत थारु भाषा र अंग्रेजी र्यापको फ्युजन यस गीतमा दुई दाजुभाई लब ध्वज केसी र चन्दन ध्वज केसीको स्वर सुन्न सकिन्छ। गीतमा शब्द ,संगीत लब धोज केसी र कुश ध्वज केसीको रहेको छ। यस गीतलाई किरण तुलाधरले संगीत संयोजन गरेका हुन्।
नवलपरासी घर भै हाल काठमाडाैंमा आफ्नो संगीत यात्रा अघि बढाइरहेका केसी दाजुभाईले स्थानिय पर्यटन प्रवर्दनको उदेश्य सहित म्युजिक भिडियोको छायांकन नवलपरासी वरपर नै गरेका हुन्। म्युजिक भिडियोमा गायक चन्दन ध्वज केसी र समिक्षा पोखरेल फिचर्ड छन्। बुद्ध थापाले छायांकन गरेको भिडियोलाई विकाश दहालले सम्पादन गरेका हुन्। प्रकाश धितालको निर्देशनमा भिडियो तयार पारिएको हो।
पछिल्लो समय कलासंस्कृति, रितिरिवाजसँगै मौलिकपना झल्किने नेपाली गीतसंगीत युवाहरुले भुल्न थालेकोले नयाँपन सहित आजको पुस्ता माझ परिचित गराउन र कलाकारलाई स्रोता दर्शक माझ चिनाउनका लागि यो म्यूजिक भिडियोसहितको गीत बजारमा ल्याएको गायक दाजुभाई केसीले बताएका छन्।
दशैँको शुभकामना सहित ुटिम समर्पणुको अफ़िसिएल च्यानल मार्फत सार्वजनिक यस भिडियोलाई साथ , सपोर्ट र माया गरिदिन निर्माण टिमले सम्पूर्ण दर्शक स्रोता तथा मिडिया हाउसलाई आग्रह गरेका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप'पुजार सार्की'को तेस्रो गीत 'जाऊँ माया' सार्वजनिक
जेठ १, २०८१ मंगलबार
नयाँ पुस्ता लक्षित शास्त्रीय संगीत उत्सव
बैशाख ३१, २०८१ सोमबार
सुष्मा विसी र प्रमोद भुसालको रोइला भजन सार्वजनिक
बैशाख २९, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार
सहकारी प्रकरणसम्बन्धी छानबिन समिति बनाउने सहमति, मोडालिटीबारे छलफल बाँकी
जेठ ५, २०८१ शनिबार
फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
जेठ ५, २०८१ शनिबार