दशैंमा नबिल बैंकको भावुक भिडियो, कोरोना संक्रमितलाई हेला होइन, माया र हौसला दिऔं (भिडियोसहित)
नेपालबहस संवाददाता
कात्तिक २, २०७७ आइतबार २३:५१:४५
२ कार्तिक, काठमाडौं । पछिल्लो समय ग्राहकको भरपर्दो रोजाईमा रहेको नबिल बैंकले कोरोना महामारीमा दशैं विशेष खुशीको उपहार ल्याएको छ । सीईओ अनिलकेशरी शाह आफै संक्रमित भएको नबिल बैंकले कोरोना संक्रमितलाई हेला होइन, माया र सम्मानका साथ दशैँं मनाउन आग्रह गरेको छ ।
बैंकका सीईओदेखि प्रमुख दायित्व व्यवस्थापन तथा सञ्चार विभाग प्रमुख कृष्ण सुवेदी लगायतका कर्मचारीहरू कोरोना संक्रमित भएपनि यस्तो बेला सर्वसाधारणलाई सहज रुपमा सेवा लिन नबिल बैंकले नयाँ योजना ल्याएको हो । घरमा कोही संक्रमित भैहालेमा मोबाइल बैंकिङमार्फत पनि दशैँमा लुगा कपडा किनेर घरमा खुशियाली मनाउन सकिने आधार पनि नबिल बैंकले दिएको छ ।
घरमा संक्रमित रहेका परिवारका सदस्यलाई माया दिएर, उनीहरुलाई हौसला दिएर, अनलाईनमार्फत पनि शपिङ गरेर दशैँ मनाउन सकिने भन्दै नबिल बैंकले उदाहरणीय भिडियो समेत सार्वजनिक गरेको छ ।
नबिल बैंकले सामाजिक सञ्जाल फेसबुक र युटुबमा सार्वजनिक गरेको सन्देशमुलक भिडियोलाई धेरैले मन पराउनुका साथै संक्रमितलाई माया र हौसला दिएर कोरोना जित्नुका साथै दशैँ पनि खुशीका साथ मनाउन सकिने सन्देश उक्त भिडियाेले दिएको छ ।
शुक्रबार सार्वजनिक गरिएको सो भिडियो हेर्नेको संख्या २ दिनमै ३ लाख भन्दा बढी पुगेको छ । उक्त भिडियो हेर्दा जोकसैको पनि आँखा रसाउन पुग्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुमारी बैंकका ग्राहकलाई फिट लाईफ क्लबबाट प्रदान गरिने सेवाहरुमा १५% छुट
जेठ २, २०८१ बुधबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै
जेठ ४, २०८१ शुक्रबार
५ लाख धरौटीमा छुटे गायक रवि ओड
जेठ ४, २०८१ शुक्रबार
जेठ ७ गते प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिने
जेठ ४, २०८१ शुक्रबार