माछी भुल्योमा पल र रियासाको अभिनय
नेपालबहस संवाददाता
कात्तिक ४, २०७७ मंगलबार १७:५२:५४
४ कात्तिक, काठमाडौं । नायक पल शाह र रियाशा दाहालको अभिनय रहेको ‘माछी भुल्यो’ लोक दोहोरी गीत सार्वजनिक भएको छ । गीतमा गायक तथा सर्जक प्रवान जे र भारतिय गायिका दीपशिखाको स्वर रहेको छ ।
नायक पल शाहको काँठे गीतमा अभिनय गरेको यो पहिलो पटक हो भने भारतीय गायिका दीपशिखाले पनि लोकदोहोरी गीतमा आफ्नो आवाज दिएकी हुन् । नेपालको ईतिहाँसमै भारतीय गायिकाले लोकदोहोरी गाएको यो नै पहिलो पटक हो ।
क्लासिकल विधामा अब्बल रहेकी दीपशिखाले ७० भन्दा बढी गीत गाईसकेकी छन् । भारतको लखनउमा जन्मेकी उनी मुम्बईमा बस्दै आएकी छन् । उनले हालसम्म १० भन्दा बढि नेपाली गीत गाईसकेकी छन् । उनले रेडियो नेपालमा समेत गीत रेकर्ड गराईसकेकी छन् ।
भिडियोको निर्देशन प्रभावन जे, छायाँकन ज्ञानेन्द्र शर्मा हुँमागाई, कास्टिङ निर्देशन राजाराम गौतम, करियोग्राफ सन्तोष राजवाहक, सम्पादन डिन्शन शाह, श्रृगार सरिता प्रजापति, निर्माण व्यवस्थापक विवेक चौलागाई, निर्माण नियन्त्रक श्याम धितालको रहेको छ ।
प्रभावन जे को शब्द रहेको गीतमा एरेन्ज जीवन वडुको रहेको छ । गीतको भिडियो डीएआर मुभिज एण्ड फिल्म ईन्डस्ट्रिको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप'पुजार सार्की'को तेस्रो गीत 'जाऊँ माया' सार्वजनिक
जेठ १, २०८१ मंगलबार
नयाँ पुस्ता लक्षित शास्त्रीय संगीत उत्सव
बैशाख ३१, २०८१ सोमबार
सुष्मा विसी र प्रमोद भुसालको रोइला भजन सार्वजनिक
बैशाख २९, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार
सहकारी प्रकरणसम्बन्धी छानबिन समिति बनाउने सहमति, मोडालिटीबारे छलफल बाँकी
जेठ ५, २०८१ शनिबार
फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
जेठ ५, २०८१ शनिबार