आर्ट्माण्डुको सांस्कृतिक विविधता झल्काउने ‘याक्थुङ्मा कान्छी’ सार्वजनिक
नेपालबहस संवाददाता
कात्तिक ७, २०७७ शनिबार ५:४१:१८
७ कार्तिक, काठमाडौं । सर्वाधिक लोकप्रीय ‘के माया लाग्छ र ? र तीनपाते ‘देखेर तिमीलाई’ गीतको सफलता पछि आर्ट्माण्डुले विजया दशमीको अवसर पारेर ‘याक्थुङ्मा कान्छी’ बोलको गीत सार्वजनिक गरेको छ। कार्तिक ५ गते सार्वजनिक भएको उक्त गीतमा स्वर अंकित बाबु अधिकारी र सुनिता थेगिमको रहेको छ। गीतको रचना नवीन चौहानले गरेका हुन् भने संगीत अंकित बाबुकै रहेको छ।
याक्थुङ्मा कान्छी, अर्थात लिम्बु कान्छी, गीतले नेपालको जातीय तथा सांस्कृतिक अन्तरघुलनको कथा बोलेको छ। गीतको शब्दले भने जसरि यो एउटा लिम्बु युवती र ब्राह्मण युवकको रमाइलो प्रेम संवाद हो। एकातर्फ ब्राह्मण युवाले लगातार आफ्नो प्रेम झल्काउने गरि लिम्बु युवतीको चिम्सो आँखाको बल्छीमा परि लिम्बु संस्कृतिलाई पुर्ण रुपमा आत्मसात गरेको प्रसङ्ग छ भने अर्को तर्फ लिम्बु युवतीले प्रेम(भावानामै अनेक तर्क गर्दै ब्राह्मण युवासंग जिस्किरहेको प्रसङ्ग गीतमा पाउन सकिन्छ।
गीतमा लिम्बु र ब्राह्मण पात्र भएता पनि यो समग्रमा नेपाली समाजको जातीय तथा सांस्कृतिक विविधताको प्रतिनिधित्व गर्ने गीत हो। गीतका रचनाकार नवीन चौहानले बताए। सह-अस्तित्वको भावना विस्तारै विलिन हुँदै गएको अवस्थामा यो गीतमा मैले सह-अस्तित्व र स्वीकारोक्तिको भावना पस्किने कोसिस गरेको छु। आर्ट्माण्डुका अघिल्ला प्रस्तुतीहरुमा भिडियो निर्देशकका रुपमा उदाएका चौहानको यो पहिलो रचना हो।
त्यस्तै गीतका संगीतकार तथा गाएक अंकित बाबु अधिकारीले गीतको शब्दले भने जस्तै संगीत रचनामा समेत अन्तरघुलनको आभास दिन खोजेको बताए। गीतका शब्दहरु एकदमै सरल भए पनि यसको सामाजिक पक्ष निकै अर्थपुर्ण छ। गीतमा भरिने संगीत तथा मेलोडीलाई पनि उत्तिकै अर्थपुर्ण बनाउने ठुलो चुनौती र जिम्मेवारी मा माथि थियो। अधिकारी भन्छन। त्यहि भएर यो पालि मैले गीतमा सामान्य प्रेम-युक्त मेलोडीका साथसाथै लिम्बु संस्कृतीको हाक्पारे तथा पालम गायनलाई समेत समेट्ने प्रयास गरेको छु।
अधिकारीले संगीत भरेको ‘के माया लाग्छ र ? बोलको गीत हालसालै नेपालमा सार्वजनिक गरिएका मध्ये सबै भन्दा लोकप्रीय गीतहरुमा पर्छ। उनका अन्य गीतहरुमा ‘राम नाम’ ‘सम्झनालाई बार लाएर रोक्न नखोज न’, ‘नौ फुटे भुत’ आदि छन्।
ुयाक्थुङ्मा कान्छीु गीतको संगीत संयोजन शार्दुल श्रेष्ठ र कुशल सिंहले आर्ट्माण्डुको स्टुडियोमा गरेका हुन्। गीतको अन्त्य तिर बाल(गायकहरुलाई पनि प्रयोग गरिएको छ। बाल(गायकहरुमा निशु शर्मा, सन्झना सोरी, आरोन श्रेष्ठ र अधिश्री कस्पाल छन्।
गीतको भिडियो निर्देशन विवेक रसाईलीले गरेका हुन् भने भिडियोमा लोकप्रीय नायिका प्रिया लिम्बु र तीनपाते(फ़ेम्ड मिलन खत्रीको जीवन्त अभिनय देख्न सकिन्छ। भिडियो उज्ज्वल जोशीले छायांकन गरेका हुन् भने सम्पादन टाकटुक छिरिंग भोटेले गरेका हुन्।
भिडियो
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप'पुजार सार्की'को तेस्रो गीत 'जाऊँ माया' सार्वजनिक
जेठ १, २०८१ मंगलबार
नयाँ पुस्ता लक्षित शास्त्रीय संगीत उत्सव
बैशाख ३१, २०८१ सोमबार
सुष्मा विसी र प्रमोद भुसालको रोइला भजन सार्वजनिक
बैशाख २९, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार