संगीतकार रुद्र श्रेष्ठको सुमधुर संगीतमा नयाँ गीत काबेली खोला
नेपालबहस संवाददाता
कात्तिक १५, २०७७ शनिबार २०:१६:४
१५ कार्तिक, काठमाडौं । नेपालमा चाडपर्वकै अभिन्न अङग जस्तै बनेका छन् ‘गीत संगीत’ । आफ्नै भाषा, आफ्नै मौलिकता र आफ्नै लवजमा विभिन्न चाडपर्वमा गुन्जीन थालेका छन् गीत संगीत । बडा दशैँलाई विदाई गरेर अब हामी अर्को महानपर्व दीपावली मनाउने तयारीमा छौ । दशैँ र दिपावलीलाई लक्षित गरी विभिन्न खालका गीत संगीत बजारमा आईरहेका छन् ।
आफ्नै मौलिकतामा ढालेर गाउने गीत संगीतहरु पछिल्लो समयमा पनि युवा पुस्ताहरुले निकै रुचिका साथ गाउने गरेको पाईन्छ । विभिन्न खालका अधिकारका कुरा गर्दा नेपाली गित संगीत र चाडपर्वले सिङगो नेपालीहरुलाई एक ठाउमा उभ्याएको मात्र छैन् एकताको सूत्रमा बाधेको पनि छ ।
चाडपर्वले एक आपसमा भाईचाराको सम्बन्ध गास्दै तालमा ताल मिलाउदै अघि बढ्न पनि पछि पर्दैनन् नेपाली समुदायहरु । दशैँ, दीपावली जस्ता चाडपर्वमा अहिले विभिन्न युवापुस्ताले आफ्नो ठाँउ विशेषका भाकाहरुलाई दशै, तिहारका पर्वसंग मिल्ने गरी गाउने र नाच्ने गर्दछन् ।
पछिल्लो समय संगीतकार रुद्र श्रेष्ठको एरेन्जमा तथा सुमधुर संगीतमा रहेको ‘काबेली खोला’बोलको नयाँ पूर्वेली गीत दर्शक–स्रोतामाँझ लिएर आएका छन् । उत्त गीत पूर्वाञ्चल म्युजिक अफिसियल यूट्यूव च्यानलबाट सार्वजनिक गरिएको छ ।
गीतमा गीतकार गायत्री लम्सालको शब्द रहेको छ भने संगीतकार रुद्र श्रेष्ठको संगीत तथा एरेन्ज रहेको छ । सरल र मिठासपूर्ण शब्दहरु र संगीत रहेको यो गीतमा गायक कुशल थालाङ्ग र गायिका अप्सरा बिस्टको आवाज सुन्न सकिन्छ । प्राकृतिक समेटिएर बनाएको गीतको भिडियो सुन्दर र शालिन छ ।
संगीतकार रुद्र श्रेष्ठको निर्माणमा तयार भएको ‘काबेली खोलाे’गीतको, छायांकन र सम्पादन रीकेश बज्राचार्यले गरेका हुन् । दशैं र तिहारको रमाइलो माहोललाई संगीतमय बनाउनका निम्ति यो गीत अहिले सार्वजनिक गरेको रुद्र श्रेष्ठले बताए । आफूले संगीत गर्दै आएको गीतहरुको प्याट्रनमा भए पनि यो गीतले सबै खाले गीत संगीतका पारखीहरुको मन छुन सक्ने उनको विश्वास छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप'पुजार सार्की'को तेस्रो गीत 'जाऊँ माया' सार्वजनिक
जेठ १, २०८१ मंगलबार
नयाँ पुस्ता लक्षित शास्त्रीय संगीत उत्सव
बैशाख ३१, २०८१ सोमबार
सुष्मा विसी र प्रमोद भुसालको रोइला भजन सार्वजनिक
बैशाख २९, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
मालिक रिसाउनुमा यी ग्रहको भूमिका, जान्नुहोस् हाकिमको स्वभाव
जेठ ४, २०८१ शुक्रबार
कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद
जेठ ४, २०८१ शुक्रबार
आजदेखि संसद भवन वरिपरीका पेटीबाट हिँड्न नपाइने
जेठ ४, २०८१ शुक्रबार
भलिबल खेलाडीलाई सेनाको सहयोग
जेठ ४, २०८१ शुक्रबार
उच्च रक्तचाप नियन्त्रणमा राख्नसके दीर्घकालीन असरबाट बच्न सकिन्छ
जेठ ४, २०८१ शुक्रबार
अवैध सुन नदिने उद्देश्यले लुटिएको नाटक गर्ने व्यक्ति पक्राउ
जेठ ४, २०८१ शुक्रबार