राष्ट्रिय सङ्गीतकर्मी संघ कास्कीमा जिम्मेवारी हेरफेर
नेपालबहस संवाददाता
कात्तिक १७, २०७७ सोमबार १७:२६:४८
१७ कार्तिक, गण्डकी । राष्ट्रिय सङ्गीतकर्मी संघ नेपाल जिल्ला शाखा कास्कीको प्रथम वार्षिक साधारणसभाले विभिन्न पदमा जिम्मेवारी हेरफेर गरेको छ । साधारणसभाले संघको उपाध्यक्षमा सागर कार्की, सहसचिवमा राजन सुवेदी र सहकोषाध्यक्षमा रिजन बस्ताकोटीलाई चयन गरेको छ ।
त्यस्तै सङ्गठन विभाग प्रमुखमा ईश्वरराज भण्डारी, अतिरिक्त क्रियाकलाप तथा सांस्कृतिक विभाग प्रमुखमा प्रकाश सापकोटा र प्रचारप्रसार एवं संघसंस्था समन्वय प्रमुखमा ऋषिराम बाँस्तोला ‘बाबुराम’ लाई चयन गरेको संघले जनाएको छ । साधारणसभामा राष्ट्रिय सङ्गीतकर्मी संघ नेपालका केन्द्रीय सदस्य सन्तोष अधिकारीले कलाकारको पेशागत हकहितका लागि क्रियाशील बन्नुपर्नेमा जोड दिए ।
राष्ट्रिय सङ्गीतकर्मी संघ गण्डकी प्रदेशका महासचिव कृष्णप्रसाद गौतम, कास्की जिल्ला सल्लाहकार कृष्ण रानाभाट, स्याङ्जा जिल्ला अध्यक्ष पूर्ण वाग्ले, वरिष्ठ उपाध्यक्ष कपिल श्रेष्ठ, सदस्य सागर कार्कीलगायतले सङ्गीतकर्मीको एकताबद्ध प्रयासले सङ्गीतका क्षेत्रको संस्थागत विकास सम्भव हुने धारणा राखे।
कास्की जिल्ला अध्यक्ष ऋषिराम दाहालद्वारा प्रस्तुत संघको आर्थिक एवं साङ्ठनिक प्रगति तथा भावी योजनालाई साधारणसभाले सर्वसम्मत पारित गरेको छ । त्यस्तै आगामी शनिबार पोखराको चिप्लेढुङ्गास्थित मानवअधिकार चोकमा आकस्मिक रक्तदान कार्यक्रम गर्न प्रकाश सापकोटाको संयोजकत्वमा ईश्वरराज भण्डारी, कपिल श्रेष्ठ, सपना सुनार, रिजन बस्ताकोटी सदस्य रहेकाे समिति गठन गरेको प्रचारप्रसार विभाग प्रमुख ऋषिराम बाँस्तोलाले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप'पुजार सार्की'को तेस्रो गीत 'जाऊँ माया' सार्वजनिक
जेठ १, २०८१ मंगलबार
नयाँ पुस्ता लक्षित शास्त्रीय संगीत उत्सव
बैशाख ३१, २०८१ सोमबार
सुष्मा विसी र प्रमोद भुसालको रोइला भजन सार्वजनिक
बैशाख २९, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार
सहकारी प्रकरणसम्बन्धी छानबिन समिति बनाउने सहमति, मोडालिटीबारे छलफल बाँकी
जेठ ५, २०८१ शनिबार
फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
जेठ ५, २०८१ शनिबार