सिटिजन्स बैंकका ६ लाख ग्राहकले मिठाई किन्दा १० प्रतिशत छुट पाउने
नेपालबहस संवाददाता
कात्तिक २४, २०७७ सोमबार २३:१०:५२
२४ कार्तिक, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका ग्राहकहरुले संगम स्वीटसमा मिठाई किन्दा १० प्रतिशत छुट पाउने भएका छन् । बैंकका ग्राहकहरुले संगम स्वीटसकाे काठमाडौं उपत्यका भित्रका कुनैपनि शाखाबाट मिठाई लगायतका सामाग्री खरिद गर्दा १० प्रतिशत छुट पाउने भएका हुन् । नजिकिंदै गरेको तिहारलाई लक्षित गरि ल्याइएको यो योजनाबाट बैंकका करिब साढे ६ लाख ग्राहकहरुले लाभ उठाउन सक्ने छन् ।
हाल सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको देशैभरी १११ वटा शाखा, ९९ वटा एटीएम र १०४ वटा शाखारहित बैंकिङ्ग एकाईहरु रहेका छन् । कोरोना भाइरसको महामारीका बीच बैंकले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै ग्राहकको वित्तीय आवश्यकताहरु पुरा गर्दै आएको जनाएको छ ।
बैंकले चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ्ग एपमा लग–ईन गरेर काउन्टरमा भएको क्यू आर कोड स्क्यान गरी खाताबाट रकम झिक्न सेवा, मोबाइल बैंकिङ्गको पीन नं बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झटबाट मुक्त हुन घरबाटै पीन रिसेट गर्न सकिने जस्ता सेवाहरुको थालनी गरेको छ ।
साथै कोभिड १९ को त्रास अझै पनि कायम रहेको अवस्थालाई मध्यनजर गर्दै बैंकमा बचत खाता संचालन गरिरहेका ग्राहकहरुलाई बैंकको मोबाईल बैकिङ्ग, इन्टरनेट बैकिङ्ग, कार्ड लगायतका डिजिटल भुक्तानीका माध्यमहरुमा पहिलो बर्षको शुल्क मिनाहा हुने व्यवस्था गरेको छ ।
यस प्रकारको सेवाबाट बैंकका ग्राहकहरुले सहज रुपमा सेवा प्राप्त गरि लाभान्वित हुने, डिजिटल बैंकिङ्ग सभ्यताको विकास हुने कोभिड रोग नियन्त्रणमा सहयोग पुग्ने विश्वास बैंकले लिएको प्रवक्ता उमंगा शर्माले बताइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुमारी बैंकका ग्राहकलाई फिट लाईफ क्लबबाट प्रदान गरिने सेवाहरुमा १५% छुट
जेठ २, २०८१ बुधबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ३, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ४, २०८१ शुक्रबार
यी ठाउँमा हावाहुरीसहित हल्का वर्षाको सम्भावना
जेठ ४, २०८१ शुक्रबार
भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने
जेठ ३, २०८१ बिहिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’
जेठ ३, २०८१ बिहिबार
अब संसदीय छानबिन समिति नबनेसम्म सदन अघि बढ्दैन : कांग्रेस
जेठ ३, २०८१ बिहिबार