त्रिवि प्रशासनले प्रहरीको दुरुपयोग गर्दै बिद्यार्थीमाथि झुटा मुद्धा लगाएको नेबिसंघको दावी
नेपालबहस संवाददाता
कात्तिक २८, २०७७ शनिबार १:२:३२
२८ कार्तिक, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि भएको कुटपिटको घटनामा नेपाल विद्यार्थी संघले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । चलाउनेमाथि कुटपिट भएपनि केही मिडियामा एकपक्षीय समाचार आएको भन्दै नेविसंघले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।
चलाउनेमाथि कुटपिटको घटनाले दुःखी तुल्याएपनि विश्वविद्यालयमा भएका अनियमितताबारे निरन्तरत सोधखोज गरेर भण्डाफोर गर्ने आफ्ना विद्यार्थी नेतामाथि प्रतिशोध साधिएको पनि नेविसंघको ठहर छ । नेविसंघका अध्यक्ष राजीव ढुंगानाले विज्ञप्ती निकालेर घटनाको वास्तविकता बुझेर मात्रै समाचार सम्प्रेषण गर्न आग्रह समेत गरेका छन् ।
साे विज्ञप्तिमा भनिएकाे छ, पछिल्लो समय त्रिभुवन विश्वविद्यालय, समाजशास्त्र केन्द्रीय विभागका उपप्राध्यापकमाथि भएको दुःखद घटनापछि यस विषयमा जे जस्ता समाचार बाहिर आए ती वास्तविक पृष्ठभूमिमा आधारित भन्दा पनि घटनाको सतहमा देखिएका कुराहरुलाई वङ्गाएर र नियोजित रुपमा एकपक्षीय समाचार मात्र बााहिर आइरहेका सन्दर्भमा नेपाल विद्यार्थी संघको गम्भिर ध्यानाकर्षण भएको छ ।
घटनाको वास्तविकतातर्फ केन्द्रित नभई यस्ता घटना घटाउन उद्धत विश्वविद्यालय पदाधिकारी स्वयम राजनीतिक सत्ता र शक्तिको आडमा विश्वविद्यालयमा भइरहेको चरम कम्युनिष्टकरण, अराजकता र अपराधीकरणको ढाकछोपमा लागि परिरहेकै छन् । उक्त घटनामा त्रिवि प्रशासन र सरकार पक्ष नै सत्ता र शक्तिको चरम दुरुपयोग गर्दै विद्यार्थीहरुलाई झुठा मुद्धा लगाउने र प्रहरी प्रशासनको बलमा विद्यार्थी उपर मुद्धा दर्ता गरिनुले त्रिवि प्रशासन र प्रहरी प्रशासनले राजनीतिक आडमा नियोजित रुपमा ने.वि. संघका नेताहरुलाई फसाइ राजनीतिक प्रतिशोध लिन उद्यत छ भन्ने स्पष्ट भएको छ ।
वर्तमान सरकार र सत्ताका मुखपत्र मानिने केही अनलाइन समाचार माध्यम र प्रिन्ट मिडियाबाट समेत यस घटनासँग सम्वन्धित समाचारहरु गलत नियत र कुप्रचारका निम्ति नियोजित रुपमा प्रचार प्रसारमा ल्याइनुले सत्ताको तावेदारी स्पष्ट झल्किएको छ । त्रि.वि.वि. का ने.वि.संघ सम्वद्ध विद्यार्थी नेताहरुलाई उक्त घटनासँग अनावश्यक रुपमा जोडेर प्रचार प्रसार गर्ने, ति विद्यार्थी नेताहरुको फोटो समेत छापी प्रहरीले भन्दा पहिला नियोजित रुपमा केही मिडियाले नै ति विद्यार्थी नेताहरुलाई दोषी करार गर्नु व्यावसायिक पत्रकारिताको विरुद्ध हो ।
नेपाल विद्यार्थी संघ सदैव स्वतन्त्र पत्रकारिता, स्वतन्त्र न्यायपालिका र लोकतन्त्रका लागि सङघर्ष गरेको र यसका रक्षाका लागि जस्तोसुकै कदम उठाउन पनि सधैव तयार छ । तथापि सत्ताका तावेदारिका लागि एकपक्षीय र नियोजित रुपमा गरिएका सुचना सम्प्रेषणले समाजमा गलत सुचना प्रवाह गरिरहेको र यसैको आडमा प्रहरी प्रशासन र राज्य संयमत्रले ने.वि. संघ समर्थित विद्यार्थीमाथि गरेको ज्यादति र झुठा मुद्धाको ढाकछोप गरिरहेको प्रति सचेत रहन ने.वि. संघ अनुरोध गर्दछ ।
प्रहरीकोमा जाहेरी पर्दैमा र प्रहरीले अनुसन्धान गर्दैमा कोही दोषी करार हुँदैन । यसको अन्तिम फैसला गर्ने भनेकै अदालतले हो । स्वतन्त्र न्यायपालिकाको मर्म बमोजिम सम्मानित अदालतले गरेको निर्णयप्रति नेवि.संघ सधैव प्रतिवद्ध छ । तथापि व्यावसायिक पत्रकारिताकाे गरिमालाई ख्याल नगरि राज्य सत्ताको गलत नियतमा मिडियामा प्रयोग हुनु लोकतन्त्र र सामाजिक न्यायका लागि पनि दुर्भाग्य हो । सम्पुर्ण राज्यसत्ताको प्रयोग गरि विद्यार्थी उपर गरिएको ज्यादति विरुद्ध नेवि संघ सदैव सङघर्षरत रहने छ ।
साथै त्रिचन्द्र क्याम्पसका तत्कालीन क्याम्पस प्रमुखमाथि मरणासन्न हुनेगरी अनेरास्वबियु सम्बद्ध कार्यकर्ताहरुद्वारा कार्यकक्षमा नै निर्घात कुटपिट हुँदा तत्कालीन सत्ताको बलमा घटनासंग सम्बन्धित मुद्दालाई नै कमजोर रुपमा प्रस्तुत गराइ आक्रमणका दोषीलाई उन्मुक्ति दिएको तथ्य जगजाहेर छ। सम्मान्य कुटपिटको घटनालाई सत्ता र राज्यशक्तिको आडमा ज्यान मार्ने उद्योग जस्तो गम्भिर मुद्दाका रुपमा अभियोजन गरि फसाउन खोजिएको षडयन्त्रका बिरुद्ध हाम्रो संघर्ष जारी रहने छ भने यस सम्बन्धी यातना क्षतिपूर्ति,धरौटी फिर्ता लगाएत थप कानुनी उपचारका निम्ति हामी कृयाशिल रहने छौं ।
यस घटनामा प्रहरी प्रशासनले मुद्धा अदालतमा दर्ता गरिसकेपछि पनि मिडियाले नियोजित रुपमा ने.वि. संघका नेताहरु र नेपाली कांग्रेसका विभिन्न शीर्ष नेताहरुको नाम समेत उल्लेख गरि समाचारहरु सम्प्रेसण गर्नु, न्यायिक प्रकृयामै रहेको घटना उपर सुनियोजित दुसप्रचार गर्ने र यसकै आडमा न्यायलयलाई समेत प्रभावमा पारी आफु अनुकुलको निर्णय गराउने र जसरी पनि नेवि संघका विद्यार्थीहरुलाई झुठा मुद्धामा फसाउने र राजनीतिक प्रतिशोध साध्ने काममा उद्दत भएको प्रति नेवि संघ केन्द्रिय समितिको गम्भिर ध्यानाकर्षण भएको जनाएकाे छ ।
केही समयअघि उपप्रध्यापक चलाउनेमाथि कुटपिट भएपछि नेविसंघका दुईजना नेतालाई प्रहरीले पक्राउ गरेको छ । उपप्राध्यापक चलाउनेको भने शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपथपलिया पूर्वाञ्चल र गौतम मध्यपश्चिको उपकुलपति
बैशाख १८, २०८१ मंगलबार
त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिममा २० जना सहभागी
बैशाख १३, २०८१ बिहिबार
मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा, खड्का, गौतम र सिंहको नाम सिफारिस
बैशाख ७, २०८१ शुक्रबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा
बैशाख ३१, २०८१ सोमबार
झापामा सम्बन्धविच्छेदका मुद्दा बढे
जेठ १, २०८१ मंगलबार
सभामुखले बोलाए दलका सचेतक र कार्यव्यवस्था परामर्श समितिको बैठक
जेठ १, २०८१ मंगलबार
मुम्बईमा आँधीले होर्डिङ बोर्ड ढल्दा १४ जनाको मृत्यु
जेठ १, २०८१ मंगलबार
१ सय दुई वर्षीय वृद्धसहित एक सय ४३ जनाको शल्यक्रिया
जेठ १, २०८१ मंगलबार
नीति तथा कार्यक्रमलाई अवरोध नगर्न कांग्रेसलाई प्रधानमन्त्रीको आग्रह
जेठ १, २०८१ मंगलबार
आइपिएलमा आज दिल्ली र लखनउ खेल्दै
जेठ १, २०८१ मंगलबार