शर्माको सम्झनामा शोक सभा सम्पन्न
नेपालबहस संवाददाता
मंसिर ४, २०७७ बिहिबार १६:१७:४३
४ मंसिर, काठमाडौं । नेपाल रेडक्रस सोसाइटीका संस्थापक सदस्य तथा पूर्व अध्यक्ष रमेशकुमार शर्माको सम्झनामा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयमा श्रद्धाञ्जली सभा सम्पन्न भएकोछ । शर्माको ८९ वर्षको उमेरमा मंसीर दुई गते मंगलबार निधन भएको थियो । उनले चार कार्यकाल नेपाल रेडक्रसको अध्यक्ष भई कार्य गरेका थिए । सो अवधिमा रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको अन्तर्राष्ट्रिय महासंघको गर्भनिङ बोर्डमा रही सेवा गरेका थिए ।
नेपाल रेडक्रस सोसाइटीका कार्यवाहक अध्यक्ष शर्मीला कार्कीले श्रद्धान्जली सभाको अध्यक्षता गर्दै स्व. शर्माको निरन्तर सम्झना हुने गरी नेपाल रेडक्रसले कार्य गर्ने बताइन् । कार्कीले भनिन् : “उहाँको भावनाअनुसार पारदर्शी र स्वच्छ संस्थाको रुपमा नेपाल रेडक्रस सोसाइटीको पहिचान कायम गरिने छ ।”
नेपाल रेडक्रस सोसाइटीका महामन्त्री पिताम्बर अर्यालले सरल स्वभावका धनी पूर्वअध्यक्ष शर्मा नेपाल रेडक्रसको मात्र नभएर विश्व रेडक्रसकै एक हस्ती गुमाउनु परेकोमा दुःख व्यक्त गर्दै स्वर्गीय शर्माले देखाएको स्वयंसेवी र निष्ठाको बाटोमा संस्थालाई अगाडि बढाउने बताए ।
नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशका महासचिव कृष्ण पंगेनीले स्वर्गीय शर्माले इमान्दार स्वयंसेवी कार्यकर्ताको रुपमा दिएको प्रेरणा सबैका लागि स्मरणीय रहने बताए । रेडक्रसको अन्तर्राष्ट्रिय महासंघका अध्यक्ष र महासचिव क्रमशः फ्रान्सेस्को रोक्का तथा जगन चापागाईँ लगायत नेपालका विभिन्न समाजसेवीहरुबाट शोक सन्देश प्राप्त भएको जानकारी सञ्चार निर्देशक दिव्यराज पौडेलले कार्यक्रममा जानकारी गराएका थिए ।
श्रद्धाञ्जली सभामा नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य द्वय दिपेन्द्र ढकाल र अरुण खनाल, कार्यकारी निर्देशक उमेशप्रसाद ढकाल, उपकार्यकारी निर्देशक सुर्दशन अधिकारी, रेडक्रसको अन्तराष्ट्रिय समिति आइसीआरसीका नेपाल नियोग प्रमुख जेरोम इम्सटेफ, रेडक्रसको अन्तराष्ट्रिय महासंघ आइएफआरसीका नेपाल प्रमुख हार्भे गजेउ, नेरेसोका पूर्वउपकार्यकारी निर्देशक इन्द्र वहादुर केसी, मुकेश सिंह लगायतले शर्माको व्यक्तित्वमाथि प्रकाश पारेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपत्रकार महासंघको २७ औँ महाअधिवेशन काठमाडौंमा जारी
बैशाख २१, २०८१ शुक्रबार
फोर एच नोपलको एक बर्षे नेपाल मन्थन अभियान शुरु
बैशाख २०, २०८१ बिहिबार
प्रेस स्वतन्त्रता कुण्ठित गर्ने अदालतको आशय स्वीकार्य छैनः अध्यक्ष लम्साल
बैशाख १८, २०८१ मंगलबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार
एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
बैशाख २४, २०८१ सोमबार
डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी : विज्ञ
बैशाख २४, २०८१ सोमबार
ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबीच कर्जा सहजीकरण सम्झौता
बैशाख २४, २०८१ सोमबार
ललितपुर आगलागीमा घाइते भएका दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर
बैशाख २४, २०८१ सोमबार
डिभोर्स गर्न अदालत पुगेका श्रीमानद्वारा श्रीमती कुटिए
बैशाख २४, २०८१ सोमबार