एनएलजीको १४ औ वार्षिक साधारणसभा सम्पन्न, बोनस शेयर र लाभांश पारित
नेपालबहस संवाददाता
मंसिर ५, २०७७ शुक्रबार १९:५६:५५
५ मंसिर, काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले आज १४ औंं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । कोरोनाभाइरसका बीच वेवइनार मार्फत कम्पनीको केन्द्रिय कार्यालय काठमाडौंमा सभा सम्पन्न भएको हो ।
सभाले संचालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७५/०७६ को लेखापरीक्षकको प्रतिवेदन सहितको लेखापरीक्षण गरीएको २०७६ साल आषाढ मसान्तको वासलात, २०७ं५/०४/०१ देखि २०७६/०३/३१ सम्मको नाफा—नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सो संग सम्बन्धित अनुसूचीहरु लगायत अन्य विषयसूचीहरु उपर छलफल भई पारित गर्ने निर्णय गरेको छ ।
कम्पनीका अध्यक्ष विमलप्रसाद वाग्लेले आ.व. २०७५/०७६ सम्मको संचित मुनाफाबाट ६० प्रतिशत हकप्रद शेयर जारी पश्चात कायम भएको चुक्ता पूँजी रु.१,०२,४६,५०,०००/–(अक्षरेपी एक अरब दुई करोड छ्यालिस लाख पचास हजार रुपैयाँ) को ७ प्रतिशका दरले हुन आउने रकम रु.७,१७,२५,५००/–(अक्षरेपी सात करोड सत्र लाख पचिस हजार पाँच सय रुपैया) बोनस शेयर वितरण गर्ने र सो मा लाग्ने कर प्रयोजनका लागि माथि उल्लेखित चुक्ता पूँजीको ०.३७ प्रतिशतका दरले हुन आउने रकम रु.३७,७५,०२६/–(अक्षरेपी सेतिस लाख पचहत्तर हजार छबिस रुपैयाँ) नगद लाभांश प्रदान गर्ने जानकारी दिए ।
समूह “ख” को शेयर सहज बिक्री वितरण गर्ने प्रयोजनका लागि सो समूहलाई आवश्यक समायोजन गर्न संस्थापक शेयरधनी समूहकाे न्युनतम ५१ प्रतिशत हुनु पर्ने वर्तमान प्रावधानलाई दृष्टिगत गरि शेयरधनी समूह “ख” मा रहेको शेयर संख्याको ५ प्रतिशत समानुपातिक हिसाबले संस्थापक समूह “क” मा र बाँकी ९५ प्रतिशत सर्वसाधारण समूहमा समायोजन गरि मिलान गर्न नियामक निकायको आवश्यक स्वीकति लिई गरिने जानकारी गराए ।
कम्पनीको आ.व. २०७५/०७६ को वित्तीय विवरण अनुसार कुल बीमा शुल्क आम्दानी रु. १६६ करोड ६० लाख, खुद बीमा शुल्क आम्दानी रु. ७० करोड १७ लाख, खुद नाफा रु. २० करोड २४ लाख रहेको छ । कम्पनीको कूल लगानीमा गत आर्थिक वर्षको तुलनामा ८.७६ प्रतिशतले बृद्धि भई २०७६ साल आषाढ मसान्तमा रु. २१३ करोड ४८ लाख पुगेको छ ।
आ.व. २०७५/०७६ मा कम्पनीको कूल कारोबार गत आ.व. २०७४/०७५ कोे तुलनामा १०.७१ प्रतिशतले बृद्धि भई, रु.१६६.६० करोड बीमा शुल्क आर्जन गरेको छ र यसका सबै पोर्टफोलियोहरु निरन्तर बृद्धिमा छन् । कम्पनीले आफ्नो कारोबारको पूनर्बीमा विश्व प्रसिद्ध हेनोभर री को अगुवाईमा गर्दै आइरहेको र बीमालाई बढि भन्दा बढि ग्राहकहरुसम्म पु¥याउन शाखा बिस्तारलाई निरन्तरता दिंदै आइरहेको छ ।
यस कम्पनीले संस्थागत नागरीकको हैसियतले बिभिन्न सामाजिक कार्यहरुका लागि सहयोग गर्दैआइरहेको छ । आ.व. २०७५/०७६ मा कम्पनीले नेपाली कला साहित्य उत्थानका लागि कार्यरत कलासाहित्य डट कम प्रतिष्ठानलाई साहित्यिक पुस्तक प्रकाशन, श्रष्टा सम्मान पुरस्कार प्रदान गरेको कम्पनी सचिव मनोज श्रेष्ठले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआइजीआई प्रुडेन्सियल इन्स्योेरेन्समा ६ सञ्चालक निर्वाचित
फागुन २०, २०८० आइतबार
कृषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ताको तालिम सम्पन्न
कात्तिक २३, २०८० बिहिबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
जेठ २, २०८१ बुधबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार
हृदयाघातबाट दैनिक १० हजार युरोपेलीको मृत्यु
जेठ २, २०८१ बुधबार
लाङटाङ हिमाल पदमार्गमा सरसफाइ गरिने
जेठ २, २०८१ बुधबार
टेबल टेनिस खेलाडी स्यान्टु पेरिस ओलम्पिकमा छनोट
जेठ २, २०८१ बुधबार
दुबई र कुवेतमा कार्यालय खोलेर नेपालबाट मानव तस्करी
जेठ २, २०८१ बुधबार
ट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार