ऊर्जा बचत गर्नेलाई राष्ट्रिय वाणिज्य बैंकको अनुदान
नेपालबहस संवाददाता
मंसिर ९, २०७७ बुधबार ४:११:१७
९ मंसिर, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ऊर्जा बचत कार्यमा योगदान गरेकामा विभिन्न कम्पनीलाई सम्मानस्वरुप अनुदान सहयोग प्रदान गरेको छ । आज आयोजित कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले विभिन्न कम्पनीलाई अनुदान रकम हस्तान्तरण गरे । बैंकले जर्मन सरकारबाट प्राप्त अनुदान सहयोगमा सञ्चालित इनर्जी इफिसेन्सी प्रोग्राम अन्तर्गत अनुदान सहयोग उपलब्ध गराइएको हो ।
अनुदान सहयोग कार्यक्रमअन्तर्गत प्रिमियर अर्गानिक्स प्रालिलाई रु ५३ लाख ५१ हजार ५८४, हुलास स्टील इन्डस्ट्रिजलाई रु ३३ लाख १५ हजार र प्रिमियर स्टिललाई रु १७ लाख आठ हजार ४५६ रकम हस्तान्तरण गरिएको छ । मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत हुने गरी कम्पनीहरुले यन्त्र उपकरण जडान गरेको हुँदा स्वीकृत अनुदान कार्यविधिअनुसार अनुदान सहयोग सम्झौता आदानप्रदान तथा अनुदान रकमको चेक आज बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले हस्तान्तरण गरे ।
उनले अन्य उद्योगलाई ऊर्जा बचत गर्ने कार्यमा लगानी गरी यस कार्यक्रममा सहभागी हुन आह्वान गर्दै यस्तो अनुदानले ऊर्जाको बचत गरी राष्ट्रकै लागि योगदान पुग्ने बताए ।नेपाल सरकार र जर्मन सरकारबीच सन् २०१० मा नेपालको औद्योगिक तथा व्यापारिक क्षेत्रमा मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत गर्ने सम्झौता बमोजिम राष्ट्रिय वाणिज्य बैंकले सो आयोजना कार्यान्वयन गरेको हो ।
सो आयोजनाअन्तर्गत नेपालमा सञ्चालित ठूला, साना तथा मझौला उद्योग र फर्महरुलाई मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत हुने गरी यन्त्र उपकरण जडान गर्दा जर्मन सहायताबाट प्राप्त हुने रकमबाट लागतको १५ देखि ३९ प्रतिशतसम्म अनुदान रकम राष्ट्रिय वाणिज्य बैंकमार्फत उपलब्ध गराइने छ ।
उक्त आयोजनाअन्तर्गत कुनै एक एकाइले मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत हुने गरी यन्त्र उपकरणमा लगानी गरेमा स्वीकृत अनुदान कार्यविधि भित्र रही अधिकतम रु एक करोडसम्मको सहायता रकमका लागि दरखास्त दिन सकिने बैंकका उपकार्यकारी अधिकृत देवेशप्रसाद लोहनीले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुमारी बैंकका ग्राहकलाई फिट लाईफ क्लबबाट प्रदान गरिने सेवाहरुमा १५% छुट
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
दाङमा बस दुर्घटना हुँदा १० यात्रु घाइते
जेठ ४, २०८१ शुक्रबार
मुग्लिन–पोखरा सडकः पूर्वी खण्डमा एक सय ५५ दिन म्याद थप
जेठ ४, २०८१ शुक्रबार
हिलो पटक टिपताला पुगे नेपालतर्फका स्काभेटर र ट्याक्टर
जेठ ४, २०८१ शुक्रबार
कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा बालेन
जेठ ४, २०८१ शुक्रबार
पार्टी छोडेर गएका नेता कार्यकर्तालाई फर्किन उपेन्द्र यादवको आव्हान
जेठ ४, २०८१ शुक्रबार
प्रधानमन्त्री प्रचण्ड र कांग्रेसका नेताहरूबीचको बैठक स्थगित
जेठ ४, २०८१ शुक्रबार