अब अनलाइनबाट तुरुन्तै खाेल्नुस् सनराइज ‘स्मार्ट’ बचत खाता
नेपालबहस संवाददाता
मंसिर ११, २०७७ बिहिबार २२:५९:२१
११ मंसिर, काठमाडौं । “स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौं” अभियान अगाडी बढाउदै आएको सनराइज बैंकले आफ्ना ग्राहकहरुलाई पृथक र प्रविधिमैत्री सेवाहरु प्रदान गर्दै आएको छ । यसै अनुरुप बैंकले ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै विश्वको कुनै पनि ठाउँबाट सनराइज बैंकमा तुरुन्तै बचत खाता खोल्न सकिने गरी “सनराइज स्माट बचत खाता” ल्याएको छ ।
याे सुविधा अन्तर्गत ग्राहकहरुले अनलाइनमार्फत नयाँ खाता खोली तुरुन्तै खाता नम्बर प्राप्त गर्न सक्ने भएका छन् । उक्त खाता सक्रिय भएपछि ग्राहकहरुले रकम जम्मा गर्न सक्नुका साथै Digital Transaction समेत गर्न सक्नेछन् । उक्त खाताका ग्राहकहरुले मोबाइल बैंकिङ प्रयोग गरी आफैले मुद्रती खाता पनि खोल्न सक्ने बैंकले जनाएको छ ।
यस सुविधा अन्तर्गत ग्राहकहरुले बैंकको आधिकारिक वेभसाइट http://onlineservices.sunrisebank.com.np/account/default मा गई कुनै पनि बचत खाता छनोट गरी आफ्नो विवरण भने पेश गर्नुपर्ने बैंकले जनाएकाे छ । यसरी अनलाइनबाट खोलिएका “सनराइज स्माट बचत खाता” शुन्य मौज्दातमा खोल्न सकिने र उक्त बचत खातामा आकर्षक ब्याज समेत दिने बैंकले जनाएको छ ।
खाता खोल्न र माथि उल्लेखित कारोबार गर्न ग्राहकहरुलाई बैंक आउन पर्ने जरुरी छैन तर ग्राहकहरुले आफ्नो अनुकुलता अनुसार खाता खोलेको १ वर्ष भित्र भने बैंकमा उपस्थित भइ आफ्नो खाता अद्यावधिक गर्नुपर्नेछ ।
कोभिडको कारण ग्राहकहरु बैंक आउन र कारोबार गर्न असहज भैरहेको वर्तमान परिप्रेक्षमा सनराइज बैंकको यस सुविधाले देश र विदेशमा रहेका नेपालीहरुले सजिलै खाता खोल्न सक्ने र मोबाइल बैंकिङ्गमार्फत नेपालमा बत्ति, पानी, इन्टरनेट, विद्यालय शुल्क आदिको सजिलै भुक्तानी गर्न सक्ने बैंकको विश्वास छ । बिस्तृत जानकारीको लागी पैसा नलाग्ने नम्बर फाेन. १६६००१२२४४४ मा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुमारी बैंकका ग्राहकलाई फिट लाईफ क्लबबाट प्रदान गरिने सेवाहरुमा १५% छुट
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
ताप्लेजुङमा टपरी गाँस्ने प्रतियोगिता
जेठ ४, २०८१ शुक्रबार
काठमाडौँमा ‘न्यूयोर्क राइटर्स वर्कसप’ र ‘हिमालयन लिटरेचर फेस्टिभल’ हुँदै
जेठ ४, २०८१ शुक्रबार
गोरखामा पौडी खेल्ने क्रममा डुबेर दुईजनाको मुत्यु
जेठ ४, २०८१ शुक्रबार
बागमती प्रदेशसभाका चारवटा समिति सभापतिमा मनोनयन दर्ता
जेठ ४, २०८१ शुक्रबार
‘विद्युतीय सवारीसाधनको प्रयोग बढाउन आवश्यक’
जेठ ४, २०८१ शुक्रबार
लागुऔषधको कुलतबाट विद्यार्थी जोगाउन अभियान
जेठ ४, २०८१ शुक्रबार